डिसेम्बर १८ मा एनआरएनए जापान र अर्थमन्त्रालयको आयोजनामा ‘वित्तिय जानकारीमूलक’ कार्यक्रम हुने

-


     जनहित न्युज    
     मंसिर २९ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकार अर्थमन्त्रालय संगको सहकार्यमा एक वित्तिय जानकारी कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि डिसेम्बर १८ तारिख साँझ ६ः१५ बजे(जापानको समय)आयोजना हुने कार्यक्रममा, गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर , युरो , पाउण्ड स्टर्लिङ , अष्ट्रेलियन डलर , जापनी येन , र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने , बिदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्युनतम ५००० अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्थाका बारेमा जानकारी गराईने छ ।

आयोजक संस्थाका अनुसार,अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा, विदेशी मुद्रामा खाता खोल्ने प्रकृया, सम्पत्तिको स्थानान्तरण सम्बन्धमा भएका खाता खोल्नका लागि आवश्यक कागजात एवं प्रावधानहरुका बारेमा विस्तृत जानकारी गराईने छ ।

अनलाईन प्लेटफर्म जुममा आयोजना हुने कार्यक्रम,गैरआवासीय नेपाली संघ जापानको अफिसियल फेसबुक पेजका साथै अन्य विभिन्न संचार माध्यमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?