‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यताका साथ नेपाल भलिबल संघ जापानको आयोजनामा भोलि अर्थात् बुधबार साइतामाको तोड़ा स्पोर्टस सेण्टरमा हुने तेस्रो रनिङ कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन टोकियोमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेलको टाइसिट सावर्जानिक समेत गरिएको छ । सार्वजनिक गरिएको टाईसीट अनुसार नौ समूहको सहभागिता रहने मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी गराए ।
प्रतियोगितामा गलकोट स्पोर्ट क्लब र एनबिए जापान, सुजिओका स्पोर्ट क्लब र बोहोराफाँट समाज जापानका बिचमा ए पोलमा पहिलो चरणको खेल हुनेछ भने बि पोलमा गलकोट समाज जापान र नारिता डिसि, गुल्मी समाज जापान र गलकोट समाज जापान ओसाकाको बिचमा प्रतियोगिता खेल हुनेछ । त्यसैगरि एनवाईएससीलाई वाई पारेको सार्वजनिक गरिएको टाइसिटमा उल्लेख गरिएको छ ।
प्रतियोगिता एक दिवसीय रहेको र बिहान नौ बजेबाट सुरू हुने बताईएको छ । प्रथम हुने समूहलाई ३ लाख येन नगद प्रमाण पत्र मेडल, ट्रफ़ी र रनिङ कप, द्वितीय हुने समूहलाई २ लाख येन नगद प्रमाण पत्र,मेडल ट्रफी र सेमी पाइनलिष्ट हुने दुवै समूहलाई जनहि ५० हजार र प्रमाण पत्र पुरस्कार स्वरूप प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यसैगरि प्रतिस्पर्धामा व्यक्तिगत उपाधि तर्फ वेस्ट डिफेन्स, किपिगं, वेस्ट सुटर, वेस्ट भलि र बेस्ट कोच गरि विभिन्न विधामा पुरस्कार पाउने छन। भने उत्कृष्ठ एक जना खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले विशेष पुरस्कार प्रदान गर्ने जनाईएको छ।
प्रतियोगिताको मुख्य आकर्षणको रूपमा एनवाईएससी र आयोजक संस्थाका महिला भलिबल खेलाडीद्वारा प्रस्तुत गरिने मैत्रीपूर्ण खेल रहने संयोजक बस्नेतले जानकारी गराए । प्रतियोगिता संचालनका लागि २१ वटा विभिन्न संघ संस्थाले संस्थागत रूपमा सहयोग गरेको बताईएको छ । प्रतियोगिताको ट्राभलस पार्टनरस सुमेघ टुर एण्ड ट्राभलस र मीडिया पार्टनरमा जनहित न्यूज डटकम रहेको छ ।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी श्री गुरूङ, प्रतियोगिताका विभिन्न व्यवस्थापन कमिटिका संयोजकहरूको समेत प्रतियोगिताको हालसम्मको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन भिक्टर ठाडा मगरले गरेका थिए ।
पत्रकार सम्मेलनको भिडियो