जापान राम्रो रेकर्ड भएका चालकहरूलाई इजाजतपत्र नवीकरण गर्दा अनलाइनद्वारा प्रशिक्षित गरिने

-


     जनहित न्युज    
     मंसिर २७ गते २०७८


जापानको नेशनल पुलिस एजेन्सी (NPA) ले प्रशासनिक डिजिटलाइजेसनलाई व्यवस्थित गर्ने उद्देश्यले होक्काइडो, चिबा, क्योटो र यामागुची प्रान्तहरूमा आगामी वर्षको फेब्रुअरी १ तारिकदेखि राम्रो रेकर्ड भएका चालकहरूलाई इजाजतपत्र नवीकरण गर्दा अनलाइनद्वारा प्रशिक्षित परीक्षण गर्ने तयारी गरेको छ।
यस परीक्षणले ६९ वर्षभन्दा माथि उमेर समूहका चालकहरूलाई मुख्य प्रभाव पार्ने एनपीएले बताएको छ । उसका अनुसार माई नम्बर कार्ड जारी गरिएको आधारमा प्रति महिना करिब ३५ हजार जनालाई अनलाइनमार्फत लेक्चरहरूको लिनका लागि योग्य हुने र परिक्षणको राम्रो नतिजा प्राप्त भएपछि आर्थिक वर्ष २०२४ को अन्त्यबाट देशभरमा यो सेवा लागू गर्ने योजना रहेको एनपीएले बताएको छ।
सरकारले जारी गरेको “माई नम्बर” तथा व्यक्तिगत परिचयपत्र भएका व्यक्तिहरूले विगत पाँच वर्षमा ट्राफिक नियम उल्लङ्घन र दुर्घटना गराउनबाट मुक्त भएका चालकहरूलाई लाइसेन्स नवीकरण गर्दा “गोल्ड” नामक सम्बोधन उपलब्ध समेत गराउने बताईएको छ।

करिब ३० मिनेटसम्म हुने उक्त लेक्चर भिडियो प्रयोगकर्ताका स्मार्टफोन र पर्सनल कम्प्युटरहरूमा वितरण गरिनेछ र चौबीसै घण्टा पहुँचयोग्य हुनेछ। यो सेवा लिनको लागि प्रयोगकर्ताहरूले व्यक्तिगत पहिचानको लागि आफ्नो माई नम्बर कार्डमा स्मार्टफोन मार्फत दर्ता जानकारी स्क्यान गर्न कोड उपलब्ध गर्नु अघि प्रत्येक प्रान्तको प्रहरी बिभागका सम्बन्धित वेबसाइटहरूमार्फत जानकारी लिनुपर्ने एनपीएले बताएको छ।
त्यसपछि प्रयोगकर्ताहरूलाई तीन चरणमा भिडियोको तीन भागहरूमा आउने र प्रत्येकको लागि एउटा परीक्षा दिनुपर्नेछ।प्रयोगकर्ताहरूले परीक्षामा असफल भए पनि भिडियो हेर्न सकिने छ। एन्टि-स्पूफिंग उपायको लागि हेडशटको फोटो खिच्न र प्रत्येक पटक लेक्चरको परीक्षण समाप्त भएपछि पठाउन समेत भनिएको छ।

अनलाइन रूपमा लेक्चर उपलब्ध हुँदा सवारी साधन इजाजतपत्र वाहकहरूले वास्तविक रूपमा आफ्नो इजाजतपत्र अद्यावधिक गर्न आवेदन दिनको लागि ड्राइभर इजाजतपत्र केन्द्रहरू र अन्य ठाउँहरूमा प्रत्यक्ष रूपमा उपस्थिति भने हुनु पर्नेछ। प्रहरी अधिकारीहरूले सिस्टममा समावेश गरिएका आवेदकहरूको नयाँ ड्राइभिङ लाइसेन्स जारी गर्नु अघि आँखाको ज्योति र अन्य जाँचहरूको निश्चित गर्ने र सम्पूर्ण पुष्टि हुने जानकारी पठाउन समेत भनिएको छ ।
७० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाहरूमध्ये दुर्घटनामुक्त सवारी चालक अनुमतिपत्र वाहकहरू भएमा उनीहरूले लाइसेन्स अद्यावधिक गर्दा सो लेक्चरको प्रशिक्षणमा बस्नु पर्ने भएकाले उनीहरूलाई परीक्षणको दायरामा ल्याइने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?