“स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मान्यताका साथ ल स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानको चौथो अधिबेशन हुने भएको छ।
जापानमा रहेरका नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्याउने उद्देश्यले सन २०१५ मा स्थापना भएको क्लबको चौथो अधिवेशन यहि डिसेम्बर २१ तारिकका दिन टोकियोको ओमोरी स्थित सारंगी नेपाली रेष्टुरेण्टमा हुने क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए ।
जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको राष्ट्रिय खेल भलिबलप्रति चासो र क्रियाशील बनाई राख्न आफ्नो स्थापनाकालदेखि हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।
जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्वर्धन र योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आइरहेको क्लबका महासचिव दुर्गबहादुर खत्रीले बताए ।
विभिन्न प्रतियोगिता संचालनपश्चात भएको आम्दानीबाट नेपालमा खेलकुदसंग सम्बन्धित क्रियाकलापको लागि पनि सहयोग गर्दै आइरहेकोसदस्य दिनेश थापाले बताए।
क्लवले कोरोनाका कारण गत बर्ष मैत्रिपूर्ण भलिबल प्रतियोगिता गर्न नसकेता पनि यस बर्ष भने प्रतियोगिता सम्पन्न गरि सकेको छ।
विशेषतः बागलुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा रहेर बिभिन्न पेशा ब्यबसाय तथा रोजगारीमा संलग्न युवाहरुलाई खेलकुद मार्फत राष्ट्रियता, अनुशासन र लगनशील बनाउन साझा संस्थाका रुपमा आफ्नो पहिचान बनाउन क्लवले छोटो समयमा नै महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी अध्यक्ष कार्कीको रहेको छ ।
क्लवले जापानमा रहेका सल्लाहकार,पदाधिकारी, साधारण सदस्य, शुभचिन्तक एवम् खेलप्रेमी नेपालीहरूलाई अधिबेशनमा उपस्थितिको लागि अनुरोध गरेको छ।