जापानमा फेरि चार जनामा ओमिक्रोन संक्रमित भेटियो, हालसम्म १७ जना पुगे

-


     जनहित न्युज    
     मंसिर २७ गते २०७८


यसै महिनाको ६ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिका र अन्य देशबाट जापान प्रवेश गरेका चारजना पुरुष र महिलामा नयाँ कोरोना भाईरसको म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ बाट संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन स्ट्रेनबाट संक्रमण पुष्टि भएको हो
यहि महिनाको ६ तारिखमा नाइजेरियामबाट नारिता एयरपोर्ट हुदै जापान आएका ४० वर्षीय पुरुष सहित ८ तारिक कान्साइ एयरपोर्टमा आएका २० वर्षीय अमेरिकी नागरिक, सोहि दिन नारिता एयरपोर्टमा केन्याका ३० वर्षीय अर्कों नागरिक त्यस्तै संयुक्त राज्य अमेरिकाबाट ९ तारिक हानेडा विमानस्थलमा आइपुगेका २० वर्षीय नागरिकमा ओमिक्रोन संक्रमित पुष्टि भएको छ ।
यो संगै जापानमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १७ पुगेको छ । संक्रमित सबैको विभिन्न स्वस्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

चार मध्ये तीन जनालाई पाइज़र खोपको दुई लगाइएका थिए । उनीहरूमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन।बाँकीको भने पुष्टि भइसकेको छ। मन्त्रालयले एउटै विमानमा रहेका सबै ३५० यात्रुहरूलाई क्लोज़ कंट्रयाकको लिइ उनीहरूलाई जापान प्रवेश गरेपछि १४ दिनसम्म आफनै निवासमा क्वारेनटीन बस्नुपर्ने भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?