नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा भवानी पन्त निर्वाचित

-


     जनहित न्युज    
     मंसिर २७ गते २०७८


नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन आईतबार जापानको टोकियोमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।
अधिवेशनले बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरी पाण्डे, श्रवण सत्याल, जनक सुबेदी, आर एच गौतम,र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी दिए । मंचको महासचिब बाबुराम पौडेल, उपमहासचिबमा दावा शेर्पा, शिबु थापा र रामकृष्ण भण्डारी चयन भएका छन भने सचिवमा खगराज गौतम, अर्जुन अंगाई, बेनुका खड्का, गौरी शंकर गैरे’राम’ र मुना सुनार निर्वाचित भएको निर्वाचन समन्वय समितिका सदस्य तिलक मल्लले बताए । त्यसैगरि मञ्चको कोषाध्यक्षमा भुवन हुमागाई र सह कोषाध्यक्षमा धुर्व अधिकारी र गौरी सापकोटा चयन भएका छन ।

सर्वसम्मतरूपमा सम्पन्न भएको निर्वाचनबाट सदस्य पदमा राजन पन्त, शिशिर न्यौपाने, मदन थापा,डिलाराम निउरे, बुद्धिमान मोक्त्तान सागर, बिनोद राई, रामबहादुर खत्री, बलराम थिंङ, पेमा लामा, केशव भट्टराई, श्याम गिरी, ममिता मोक्त्तान र गिरबहादुर तामाङ निर्वाचित भएका छन ।
त्यसै निर्वाचित हुने सदस्यहरूमा भरत अर्याल, राजन गौतम, पवन अधिकारी, प्रमिला राई, राजु भण्डारी, सचिन केसी, प्रकाश सापकोटा, बच्चुराम अर्याल, कर्साङ तामाङ, ज्ञानम रुम्बा, बालबिक्रम तिगेला, जीवन पोखरेल र राज पुरी रहेका छन ।

अधिवेशनले लेखा, अनुशासन तथा अनुगमन आयोगको अध्यक्षमा कालिका थापा र सदस्यमा जिपी लामिछाने, अर्जुन ढकाल र सन्देश पोखरेल निर्वाचित भएका छन । अधिवेशनले सल्लाकार समितीको अध्यक्षमा मञ्चका निवर्तमान अध्यक्ष हवल चन्द्र लामालाई चयन गरेको छ भने रामहरी पुडाशैनी इन्चार्जमा चुनिएका छन् ।
सो अधिवेशनलाई भर्चुवलको माध्यमबाट संबोधन गर्दै नेकपा माओबादी केन्द्रका उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ र प्रवास समन्वय समितीका अध्यक्षले ओम शर्मा टिवि पाठक र पूर्वी एशियाका रमेश तिवारी लागाएतका नेताहरुले शुभकामना साथै प्रवासमा रहेका नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै जापानमा संगठन हाक्न सक्ने नेत्तृत्व चयन गर्न सुझाव दिएका थिए ।

गुटबाद,ब्यक्तिवाद, भ्रष्टवादलाई अन्त्य गर्दै समाजवादको यात्रा तयार पार्दै पुजींवादलाई बिस्थापित गरेर समाजबादको यात्रामा अगाडी बढ्न र अब आउने चुनाबमा माओबादी पाटीलाई पहिलो बनाउन सम्पुर्ण नेता कार्यकर्तालाई आ-आफ्नो क्षेत्रबाट खटिन निर्देशन दिएका थिए ।
प्रवास समन्वय समिती पूर्वी एसियाका संयोजक हर्क थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवास समन्वय समितिका सदस्य डा. भुपालमान श्रेष्ठ,एसिया प्यसिफिकका नेताहरु भवानी पन्त, रामहरी पुडासैनी, एनआरएनएका एसिया प्यासिफ़िक संयोजक रवीन्द श्रेष्ठ गोविन्द, पूर्व अध्यक्ष मोहन खत्री, अरुण श्रेष्ठ लगायतले आफ़नो मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रम मञ्चका अध्यक्ष हवल चन्द्र लामाको अध्यक्षता र सचिव सालीकराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?