जापान विशेष

‘जि एण्ड के कम्पनी’ले मासिक ३०० ‘जिबि हाईस्पिड ईन्टरनेट’ सहितको वाईफाइ ‘डिभाइस’ मासिक ३५०० येनमा दिने

मोबाईलमा युट्युव, टिकटक वा फेसबुकमै पनि भिडियो धेरै हेर्ने व्यक्तिलाई मोबाईलमा उपलब्ध औषत २० 'जिबि डाटा' अपर्याप्त हुन्छ । तोकिएको 'डाटा' सकिएपछि थप चलाउँदा चर्को शुल्क पर्न जाँदा जापानमा मासिक १ 'मान' वा त्यो भन्दा बढि रकम तिर्ने धेरै नेपाली हुनुहुन्छ । यदि तपाईंपनि यस्तै समस्यामा हुनुहुन्छ भने एकसाथ ७ जनासम्मले चलाउन मिल्ने 'पकेट वाईफाई' कर बाहेक मासिक ३,५०० येनमा उपलब्ध भएको छ । मध्य टोकियोको शिनओकुबोमा रहेको 'जि एण्ड के कम्पनी'ले मासिक ३०० 'जिबि हाईस्पिड ईन्टरनेट' सहितको 'डिभाइस' उपलब्ध… पुरा पढौ

नेपाल भलिबल संघ जापानको आयोजनामा भएको खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचाल्यो ।

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा स्पोर्टस हलमा भएको जापानव्यापी तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले हात पारेको छ । गलकोट समाज जापान गलकोट स्पोर्टस क्लब टोकियोका बिचमा भएको फाइनल खेलमा गलकोट समाज जापानले २५-२३ र २५-१६ को सोझो सेटमा स्पोर्टस क्लब टोकियोलाई हराउदै तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा खेल भएपनि समाजका खेलाडीको उत्कृष्ट खेल प्रदर्शनबाट स्पोर्टसलाई १६ मा नै रोकेर… पुरा पढौ

जापानमा बुधबार थप १५ जनामा ओमिक्रोन संक्रमित रहेको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

यस महिनाको ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस "ओमिक्रोन स्ट्रेन" को संक्रमण पुष्टि भएसंगै अब ओमिक्रोन स्ट्रेनबाट संक्रमितको संख्या जापानमा ३२ पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुष आगन्तुकमा ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएको एनएचकेको समाचारमा जनाएको छ । जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइन… पुरा पढौ

डिसेम्बर १८ मा एनआरएनए जापान र अर्थमन्त्रालयको आयोजनामा ‘वित्तिय जानकारीमूलक’ कार्यक्रम हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकार अर्थमन्त्रालय संगको सहकार्यमा एक वित्तिय जानकारी कार्यक्रम आयोजना गर्ने भएको छ । यहि डिसेम्बर १८ तारिख साँझ ६ः१५ बजे(जापानको समय)आयोजना हुने कार्यक्रममा, गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर , युरो , पाउण्ड स्टर्लिङ , अष्ट्रेलियन डलर , जापनी येन , र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने , बिदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्युनतम ५००० अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्थाका बारेमा… पुरा पढौ

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार हुने तेस्रो रनिङ कप भलिबल प्रतियोगिताको टाइसिट सार्वजनिक

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यताका साथ नेपाल भलिबल संघ जापानको आयोजनामा भोलि अर्थात् बुधबार साइतामाको तोड़ा स्पोर्टस सेण्टरमा हुने तेस्रो रनिङ कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन टोकियोमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेलको टाइसिट सावर्जानिक समेत गरिएको छ । सार्वजनिक गरिएको टाईसीट अनुसार नौ समूहको सहभागिता रहने मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी गराए । प्रतियोगितामा गलकोट स्पोर्ट क्लब र एनबिए जापान, सुजिओका स्पोर्ट क्लब र… पुरा पढौ

जापानको मुशासिनो सिटीले विदेशीहरूलाई जनमत संग्रहमा मतदान गर्ने अनुमति दिने

पश्चिमी टोकियोको मुसाशिनो सिटी सभाको एक समितिले विदेशी बासिन्दाहरूलाई स्थानीय जनमत संग्रहमा मतदान गर्न अनुमति दिने गरि एक प्रस्तावित अध्यादेशलाई अनुमोदन गरेको छ ।समितिका छ सदस्यहरू मध्ये, तीन जनाले योजनाको पक्षमा मतदान गरे, जबकि अन्य तीनले यसको विपक्षमा मतदान गरे, तर सीडीपीजे समर्थित समितिका अध्यक्षले यसलाई अनुमोदन दिएपछि यो पारित भयो।डिसेम्बर २१ मा हुने पूर्ण मतदानबाट सो अध्यादेश पारित भएमा कानागावा प्रान्तको जुशी र पश्चिमी जापानको ओसाका प्रान्तको टोयोनाकासँगै मुसाशिनो सिटीले विशेष शर्तहरू बिना विदेशीहरूलाई मतदानको अधिकार दिने जापानको तेस्रो… पुरा पढौ

जापानमा फेरि चार जनामा ओमिक्रोन संक्रमित भेटियो, हालसम्म १७ जना पुगे

यसै महिनाको ६ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिका र अन्य देशबाट जापान प्रवेश गरेका चारजना पुरुष र महिलामा नयाँ कोरोना भाईरसको म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ बाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन स्ट्रेनबाट संक्रमण पुष्टि भएको होयहि महिनाको ६ तारिखमा नाइजेरियामबाट नारिता एयरपोर्ट हुदै जापान आएका ४० वर्षीय पुरुष सहित ८ तारिक कान्साइ एयरपोर्टमा आएका २० वर्षीय अमेरिकी नागरिक, सोहि दिन नारिता एयरपोर्टमा केन्याका ३० वर्षीय अर्कों नागरिक त्यस्तै संयुक्त राज्य अमेरिकाबाट… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा भवानी पन्त निर्वाचित

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन आईतबार जापानको टोकियोमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।अधिवेशनले बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरी पाण्डे, श्रवण सत्याल, जनक सुबेदी, आर एच गौतम,र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी दिए । मंचको महासचिब बाबुराम पौडेल, उपमहासचिबमा दावा शेर्पा, शिबु थापा र रामकृष्ण भण्डारी चयन भएका छन भने सचिवमा खगराज गौतम, अर्जुन अंगाई, बेनुका खड्का, गौरी… पुरा पढौ

जापान राम्रो रेकर्ड भएका चालकहरूलाई इजाजतपत्र नवीकरण गर्दा अनलाइनद्वारा प्रशिक्षित गरिने

जापानको नेशनल पुलिस एजेन्सी (NPA) ले प्रशासनिक डिजिटलाइजेसनलाई व्यवस्थित गर्ने उद्देश्यले होक्काइडो, चिबा, क्योटो र यामागुची प्रान्तहरूमा आगामी वर्षको फेब्रुअरी १ तारिकदेखि राम्रो रेकर्ड भएका चालकहरूलाई इजाजतपत्र नवीकरण गर्दा अनलाइनद्वारा प्रशिक्षित परीक्षण गर्ने तयारी गरेको छ।यस परीक्षणले ६९ वर्षभन्दा माथि उमेर समूहका चालकहरूलाई मुख्य प्रभाव पार्ने एनपीएले बताएको छ । उसका अनुसार माई नम्बर कार्ड जारी गरिएको आधारमा प्रति महिना करिब ३५ हजार जनालाई अनलाइनमार्फत लेक्चरहरूको लिनका लागि योग्य हुने र परिक्षणको राम्रो नतिजा प्राप्त भएपछि आर्थिक वर्ष २०२४ को… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशन हुने

"स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल"भन्ने मान्यताका साथ ल स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानको चौथो अधिबेशन हुने भएको छ।जापानमा रहेरका नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्याउने उद्देश्यले सन २०१५ मा स्थापना भएको क्लबको चौथो अधिवेशन यहि डिसेम्बर २१ तारिकका दिन टोकियोको ओमोरी स्थित सारंगी नेपाली रेष्टुरेण्टमा हुने क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए ।जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको… पुरा पढौ