जापान विशेष

एम्बेस्सी कप-२०२१ प्रतियोगितामा नेपाल एम्बेसीको तर्फबाट विजयी खेलाडी,व्यवस्थापक तथा सहयोगदाताहरूलाई प्रमाण पत्र वितरण तथा शुभकामना कार्यक्रम सम्पन्न

जापान क्रिकेट एसोसियसनद्वारा अक्टोबर ३० र  ३१ तारिक तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको एम्बेसी कप-२०२१ प्रतियोगितामा नेपाल एम्बेसीको तर्फबाट विजयी खेलाडी,व्यवस्थापक तथा सहयोगदाताहरूलाई प्रमाण पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका अध्यक्ष शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधित्व गर्दै एम्बेसी कप-२०२१ प्रतियोगितामा सहभागी खेलाडी, व्यवस्थापक सहित १६ जनालाई प्रमाण पत्र तथा आर्थिक सहयोग गर्ने एनआरएनए जापान, एनआरएनए तोचिगी, कान्साइ र नागोया क्षेत्रीय समितिलाई… पुरा पढौ

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिले तोचिगी केनको उचुनोमिया शहरमा गर्यो सरसफाई

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिको समन्वय र व्यवस्थापनमा जापानको तोचिगी केनको उचुनोमियामा आइतबार शहर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।जापानिज समुदायमा नेपाली राष्ट्रियता झलक़ाउनुका साथै नेपालीको सहयोगीपनालाई चिनाउने र भावनात्मक रूपमा आत्मीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले एनआरएनए तोचिगी क्षेत्रीय समितिको सामाजिक र रचनात्मक कार्यक्रम अन्तरगत सरसफ़ाइ कार्यक्रम सम्पन्न भएको संयोजक मन्दिप क्षेत्रीले जानकारी गराए ।बिहान ९ बजे देखी ११ बजेसम्म करिब २ घण्टासम्म संचालन भएको सो सरसफ़ाइ कार्यक्रममा एनआरएनए जापानका पूर्व क्षेत्रीय सचिव तथा समितिका संरक्षक बिकास बस्नेत,… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानले ज़िम्मेवारी बाँडफाड़ गर्यो, अबका केन्द्रीय समितिका बैठकहरू घुम्ती रूपमा संचालन गर्ने

नेपाली जनप्रगतिशील मंच जापानको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ज़िम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।राष्ट्रिय कार्यसमितिका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले सात वटा क्षेत्रीय समितिको इंचार्ज, नौ वटा विभागको विभागीय ज़िम्मेवारी र थप १८ जना लाई सल्लाहकार समितिको सदस्यमा चयन गर्दै ज़िम्मेवारी बाँडफांड तथा कार्यविभाजन गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए ।ज़िम्मेवारी बाँडफांड अनुसार क्षेत्रीय समिति अन्तर्गतका तोचिगी गुन्मामा रामकृष्ण भण्डारी, टोकियोमा अर्जुन अमगाइ, नागोयामा आर एच गौतम, क्यूस्युमा नवराज गौतम, कान्साइ… पुरा पढौ

जापान सरकारको स्वास्थ्य मन्त्रालयको प्यानलले पहिलो पटक मुखबाट खाने कोभिड-१९ विरुद्दको चक्कीलाई स्वीकृति प्रदान

जापान सरकार स्वास्थ्य मन्त्रालयको अन्तर्गतको प्यानलले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ ।मर्कको जापानी शाखा MSD K.K ले जापानमा औषधि उत्पादन र बिक्री गर्न डिसेम्बरको सुरुमा आवेदन गरेपछि नोवेल कोरोनाभाइरसलाई शरीरमा वृद्धि हुनबाट रोक्ने मोल्नुपिरावीरको प्रयोग र वितरणलाई द्रुत-ट्र्याक प्रक्रिया अन्तर्गत जापानमा स्वीकृति दिने बारेमा ग्रीन सिग्नल दिइए अनुसार शुक्रवारबाट स्वीकृति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।जापानी सहायक कम्पनीले मोल्नुपिराभिरले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध… पुरा पढौ

एनआरएनए जापान विवाद: निवर्तमान कार्यसमितिले अर्कों निष्पक्ष निर्वाचन नभएसम्म आफूहरूले नै संस्थाका कामकारबाही संचालन गर्ने जानकारी

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन र निर्वाचन अनिश्चित भैरहेको सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष र धाँधलीरहित पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा गरेको छ ।शुक्रवार निवर्तमान कार्यसमितिका १२ जना पदाधिकारीसहित सदस्यहरूद्वार जारी गरिएको वक्तव्यमा एनआरएनए… पुरा पढौ

जापान सरकारले समुदायमा ओमिक्रोन फैलिए पनि तत्काल दैनिक जनजीवनका गतिविधिलाई कडा नबनाउने

ओमिक्रोन कोरोनाभाइरस संस्करणको संक्रमण समुदायस्तरमा पहिलो घटना देखिएसंगै जापानले तत्कालका लागि जनताको सामान्य गतिविधिमा प्रतिबन्धित गर्दै कडा कदम नचाल्ने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन।बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएपछि ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने… पुरा पढौ

एक सोच

जीवन आफैमा सुन्दर छ ।सुन्दर जीवनमा अनेकौं सुन्दर प्रकृति छिन्।आकाश छ, धर्ती छ ।फूलहरू छन्,बगैंचा छ।हिमशृङ्खलाहरू,भिर पहाडहरू छन् ।नदीनाला, तालहरू अनि झरना छन्।पशु पंक्षी छन्,बोट बिरूवा अनि जंगल ॥गाऊँ र त्यहाको निःस्वार्थ जनजीवन,कर्मठ किसान , आत्मीय संयुक्त परिवार,संस्कृति अनि परम्पराखेलकूद , मेला-हाटबजार साथै चाडपर्वमानवता तथा राष्ट्रीयताकति हो कति सुन्दर कुराहरू धेरै छन् ।यिनीहरू भन्दा पनि सुन्दर चिज छ- साथी“मित्रता”,प्रेम प्यार माया स्नेह करूणा॥त्यो बाल्यकाल अनि यो युवावस्था पछिको बुढ्यौलीअटूट अटल अमर र सत्य ॥ ख़ुशी हुन ठूला ठूला रहर चाहिदैन।वस्… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमण समुदायस्तरमा फैलिएसंगै जनवरीको अन्त्यसम्म रेष्टुरेण्टमा दुई घण्टाभन्दा लामो समय ग्राहकलाई राख्न प्रतिबन्ध

बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री शिगेयुकी गोतोले पत्रकारसँग कुराकानी गर्दै पश्चिमी क्षेत्रको ओसाकाको घटनाले समुदायस्तरमा ओमिक्रोन फैलिएको मान्नुपर्ने भएकोले यसको नियन्त्रणको लागि सरकारले आवश्यक सबै सावधानी अपनाउने बताए ।संक्रमित परिवारका तीन सदस्यहरू मध्ये एक पुरुष ३० वर्षीय शिक्षक रहेको र अर्की एक महिलाले कोभिड-१९ विरुद्धको दुई वटै डोज खोप प्राप्त गरिसकेको ओसाका प्रान्तको सरकारको स्वास्थ्य मन्त्रालयले भनेको छ ।संक्रमित परिवारका… पुरा पढौ

तत्कालको लागि जापान प्रवेश गर्ने आगन्तुकहरूलाई सिमानामा कडाइ गर्छ : प्रधानमन्त्री किशिदा

नोवेल कोरोनाभाइरसको ओमिक्रोनको संक्रमणलाई रोकथामका लागि भन्दै जापानले हाल लगाईएको सीमा नियन्त्रण उपायहरू "अहिलेका लागि" जनवरीको शुरुसम्म विस्तार गर्दै राष्ट्रलाई सुरक्षित राख्नेतर्फ सतर्क रहने आवश्यक रहेकोले "हामीले हालको सीमा नियन्त्रण उपायहरू तत्कालका लागि विस्तार गर्ने निर्णय गरेका छौं," प्रधानमन्त्री फुमियो किशिदाले भने ।दैनिक पुष्टि भएका कोरोनाभाइरसका घटनाहरूको संख्या न्यून स्तरमा रहेपनि ओमिक्रोनको संक्रमण समुदायस्तरमा नफैलिएको भए पनि जापानले बूस्टर शट रोलआउटहरू तीव्र पार्नुका साथै कोभिड-१९ विरुद्दको औषधिहरूको प्रवर्द्धन गरेर आफ्नो तयारीलाई बलियो बनाउन आवश्यक रहेको प्रधानमन्त्री किशिदाले बताए ।सरकारले हालको… पुरा पढौ

जापानको योकोहामा सबवे ट्रेनमा ‘हथौडा’ आक्रमणबाट दुईजना महिला घाइते

पूर्वी जापानको योकोहामा सहरमा चलिरहेको एक रेलमा महिलाले हथौडा जस्तो देखिने एक औजारले हमला गर्दा दुईजना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।कानागावा प्रिफेक्चरको इजुमी प्रहरी स्टेशनले आक्रमणकारीको खोजी भैरहेको जनाएको छ ।योकोहामाको इजुमी वार्डको शोनानदाइ स्टेशनको लागि जाँदै गरेको म्युनिसिपल सबवे ब्लू लाइनको छ वटा कार भएको चलिरहेको ट्रेनमा मंगलबार दिउँसो २ बजेर १० मिनेटमा भएको उक्त घटना थियो।संदिग्ध व्यक्तिले एक ७१ वर्षीया महिला र १८ वर्षीया हाई स्कूलकी छात्राको टाउकोमा प्रहार गरेको थिइन ।आक्रमणबाट दुवैजनालाई सामान्य चोट… पुरा पढौ