एनआरएनए जापानले निर्वाचनमा पराजित पक्षलाई समानान्तर गतिविधि रोक्न चेतावनी (विज्ञप्तिसहित)

-


     जनहित न्युज    
     पौष १३ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० तारिकका दिन सम्पन्न निर्वाचनका केहि प्रत्यासीहरूले परिणाम आफ़्नो पक्षमा नआएकोले विगतको कार्यसमितिलाई नै निरन्तरता दिइएको भ्रम सृजना गरेकोमा नेपालीजनलाई भ्रममा नपर्न र सम्बन्धित पक्षलाई त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ ।
एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल महासचिव सिद्धार्थ श्रेष्ठ र १२ वटा क्षेत्रीय समितिका संयोजकद्वारा हस्ताक्षरित मंगलबार राती अबेर जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सम्पन्न निर्वाचनबाट पराजित पक्षले पछिल्लो समय केहि भ्रमात्मक विवादको सृजना गरि सम्मानित अदालतको आदेशलाई समेत अवज्ञा गर्दै आफैले विघटन गरेको कार्यसमितिलाई मनोमानी तारिका निर्वाचनको परिणामको धज्जी उड़ाऊदै सक्रिण सोचबाट पुन निरन्तरता भन्दैसंस्थाको लेटरप्याड र लोगो प्रयोग गरि समानान्तर गतिविधि गर्न खोजनु संस्थागत चेतनास्तरको अभाव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यवाहक अध्यक्ष अनिता गुरुङको आफैले अध्यक्षता गरेको बैठकमा एनआरएनए आइसीसी र एनसीसीका ज़िम्मेवार पदाधिकारीसहितको उपस्थिति र प्रत्यक्ष निर्देशनमा निर्वाचनका गतिविधि संचालन गरि प्रक्रियागत ढंगले निर्वाचन सम्पन्न भएको कुरा विज्ञप्तिमा उल्लेख गर्दै एनआरएनए आइसीसी, एनआरएनए एसिया प्यासिफ़िक र निर्वाचन मण्डलबाट समेत आधिकारिकता प्राप्त गरि संस्थाले आफ़ना नियमित रूपमा काम कारबाही र गतिविधिहरू संचालन गरिरहेकोले भ्रममा नपर्नको लागि समेत अनुरोध गरिएको छ ।
सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष र धाँधलीरहित पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा शुक्रवार निवर्तमान कार्यसमितिका १२ जना पदाधिकारीसहित सदस्यहरूद्वार जारी गर्दै वक्तव्यमा भनिएको थियो ।
त्यस लगत्तै शनिबार सोही असन्तुष्ट पक्षले निवर्तमान कार्यवाहक अध्यक्ष गुरुङको अध्यक्षतामा बैठक बसिएको भन्दै विभिन्न ९ वटा निर्णय सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?