गलकोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको दोस्रो अधिवेशनबाट डम्मर खत्री अध्यक्षमा चयन

-


     जनहित न्युज    
     पौष १८ गते २०७८


विकृति तिरस्कार गरौ संस्कृति जोगाउन हातेमालो गरौ भन्ने मान्यताका साथ स्थापना भएको गलकोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको दोस्रो अधिवेशन शनिबार जापानको इबाराकीमा सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि डम्मर खत्रीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन समेत गरेको छ ।

निर्वाचित हुने वरिष्ठ उपाध्यक्षमा तेजिन्द्र के.सी उपाध्यक्षमा असिम खत्री र विरबहादुर साहनी महासचिवमा नविन कुवँर (खिम), सचिवमा शुशिल खत्री
र सोम परियार, कोषाध्यक्षमा नइन्द्र कुवँर (नविन) र सह-कोषाध्यक्षमा सन्त बहादुर खत्री रहेको निर्वाचन संयोजक डोलबहादुर खत्रीले जानकारी दिए ।
मंचको खेल संयोजकमा बम बहादुर खत्री र मनोज के.सी नेपाल जापान संयोजकमा सन्तोष खत्री र गणेश के.सी समेत अधिवेशनले चयन गरेको छ ।
त्यसैगरि मंचको निर्वाचित सदस्यहरूमा नेत्र खत्री,कमन सुनार, लक्षु खत्री,ज़ोन कुवँर, प्रेम खत्री, तेजु खत्री,लिला बस्नेत, चन्द्र खत्री, देवजंग खत्री, विजय पन्त,रिम ब.खत्री र प्रितम खत्री रहेज छन ।
मंचको संरक्षकमा झविन्द्र खत्री,रुद्र खत्रीर कुल ब.पन्तलाई राखिएको छ भने सल्लाहकारहरूमा मिठु खत्री( टेक),रतन खत्री,डोल खत्री,दिपिन साहनी,बम ब.खत्री र फम खत्री रहेका छन ।
आफ़नो संस्कार र संस्कृति रीतिरिवाज नै पहिचानको मुख्य आधार रहेकोले त्यसको संरक्षण समवर्धनको लागि संसारको जुनसुकै ठाउमा रहेपनि एकजुट हुनु पर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका थिए । उनीहरूले बागलुङको गलकोटले संस्कृति कला र खेलकुदको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकोले त्यसको निरन्तरताको लागि मंचले आवश्यक सहयोग गर्नका लागि योजनाबद्द रूपमा कार्य गर्नुपर्ने सुझाव पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा विरबहादुर साहनी,नविन कुवँर (खिम), तेजु खत्री,दिपिन साहनीले मन्तव्य राखेका थिए । अधिवेशन अध्यक्ष संस्थाका संस्थापक अध्यक्ष झविन्द्र खत्रीको अध्यक्षता र डम्मर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?