गुल्मी आपचौर सेवा समिति जापानको सातौ अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्णप्रसाद पोखरेल बाबु चयन

-


     जनहित न्युज    
     पौष १८ गते २०७८


नेपालमा कफी उत्पादनमा आफ़्नो छुट्टै पहिचान बनाउन सफल रहेको गुल्मीको आपचौरबाट जापानमा विभिन्न पेशा व्यावसाय अध्ययन र रोजगारीका लागि आएकाहरूको संस्था गुल्मी आपचौर सेवा समिति जापानको सातौ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेपालको पहिचानलाई विश्वसामु परिचित गराउनका लागि आपचौरमा उत्पादित कफीको प्रवर्द्धनलाई विश्व बजारमा पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित सम्पन्न अधिवेशनले कृष्णप्रसाद पोखरेल बाबुको अध्यक्षतामा दोस्रो कार्यकालको लागि १५ सदस्यीय नया कार्यसमितिको समेत चयन गरेको छ ।
अधिवेशनबाट भरतप्रसाद अर्याल, विष्णु खरेल, गणेश खरेल, विष्णु गैरे र नेत्रप्रसाद अर्याल उपाध्यक्षमा सविन घिमिरे महासचिवमा, गोकुल अर्याल कोषाध्यक्षमा बिक्रम अधिकारी सह कोषाध्यक्षमा परशुराम खरेल र सन्तोष अर्याल सचिवमा निर्वाचित भएका छन भने गोपाल खरेल, शिवप्रसाद खरेल, सरोज खरेल र कृष्ण भण्डारी सदस्यमा चयन भएका छन ।
कार्यक्रमका प्रमुख अतिथि गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले आफ़्नो पहिचानलाई जोगाइ राख्नका लागि आफ़्नो जन्मभूमिको माया र सत्भावलाइ सदा हृदयमा लिएर हिडनुपर्ने बताऊदै त्यसैको उपजको रूपमा आपचौर समाजको स्थापना भै विभिन्न सामाजिक र मानवीय सहयोगमा योगदान गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त ढंगले लाग्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष सालिकराम भण्डारीले नेपालमा कृषि उत्पादनको नगदेबाली कफीका लागि आपचौरले आफ़्नो जुन पहिचान बनाएको छ त्यो पहिचानलाई ब्राण्डको रूपमा विकसित गराइ त्यहाका बासिन्दाको आर्थिक रूपमा जीवनस्तर उकास्न आपचौरबासी विश्वको जनसुकै मुलुकमा रहेपनि एकीकृत योजना बनाएर कार्य गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नववर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । सविन घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?