जापान चार ठूला टापुहरू मिलेर बनेको टापुटापुको देश हो ,जुन टापुहरू चारैतिरबाट समुद्रमा तैरिईरहेका छन् । ती चार टापुहरू मध्य शिकोकु सबैभन्दा सानो टापु हो जसमा ४वटा प्रिफेक्चर अबस्थित छन् । ती चार मध्य एक हो कागावा प्रिफेक्चर ।
कागावा प्रिफेक्चरको सानुकी सिटीमा अबस्थित सानुकी मान्नोउ ईलुमिनेसन पार्क एक अनौठो प्रकारको पार्क रहेछ ।नयाँ बर्ष २०२२ ले यो सँग भेट्ने मौका जुराईदियो ।३०००बर्ग मिटर क्षेत्रफलमा करिव ६००००० बल्व जडिट र ५००० भरेको पानी सहितको सेम्पेन ग्लास जडित पार्कको रात्रि कालिन दृश्य शब्दमा साँच्चिकै वर्णन गर्न सकिदैन ।
दुई टापुलाई जोड्ने सबैभन्दा लामो पुल सेतो पुल ,जसको लम्बाई ९.४ किलोमिटर छ ।यो ठूलाठूला प्राकृतिक बिपत्ति प्रतिरोधात्मक प्रबिधिबाट बनाईएको रहेछ ।यो पुल पारगर्ने बेलामा समुद्रमा तैरिएका साना साना टापुहरूको मनमोहकता त छुट्टै मजाको बिषय भयो । त्यो आनन्द त नहेरे सम्म कसले अनुभुत गर्न सक्ला र ! यो पुल पार गरेर गैसके पछि त्यो बाटोमा पर्ने पहाडका मनमोहक चुचुराहरू , चारैतिर चुचुरै चुचुराहरू ,डाडै डाडा र मनोरम प्राकृतिक दृश्यहरू ,नेपालकै गाउँहरूको झल्को मेटाउने घरहरूले एकछिन म जापानमा छु र भन्ने भान दिलाउँदो रहेछ ।
सानुकी सिटी उदोनका नामले पनि प्रशिद्ध रहेछ ।उदोन यानेकी नेपालको थुक्पाको झल्को मेटाउने खाना हो । मात्रै फरक उदोन जापानी स्वादमा हुन्छ भने थुक्पा तिब्बती तर बिकसित नेपाली मसलाको स्वादमा हुन्छ ।
जनसंख्याको हिसाबले यो टापु -जहा ४ वटा प्रिफेक्चर अबस्थित छन् -मा झण्डै ४० लाख मात्रै रहेछ ।जबकी होन्सु सबैभन्दा ठूलो टापु हो मा ३४ प्रिफेक्चर र १० करोड जति जनसंख्या छ ।त्यो संग जोडिएको क्युशु टापुमा भने ७ प्रिफेक्चर र होक्काईडोमा १प्रिफेक्चर रहेको छ ।
कागावा प्रिफेक्चरमा करिव ९लाख ५० हजार जनसंख्या रहेछ । त्यस मध्येको सानुकि सिटिमा करिव ४७ हजार जनसंख्या रहेको देखिन्छ ।
त्यहाँ जडित बल्बहरू एकैचोटी स्वीच अन हुँदा त मनै आनन्दित भएर आयो र अनौठो संसारमा पुगेको भान भयो । एकैछिन अगाडी चउरै चउर मात्रै ,थुम्का थुम्का र खोल्सा खोल्सा र उबडखाबड देखिने त्यो ठाउँ छिनमा सूर्यास्त सँगै बिभिन्न रंगहरूको सम्मिश्रणमा ईन्द्रेणी भैदिंदा मन त फुरूंग हुँदो रहेछ । १ घण्टा भन्दा बढि समय लाग्ने त्यो बल्ब जडित पार्क सर्वसाधारणका लागि सहज रहेछ ।
मनग्गे पार्किंगको ब्यबस्था , प्रबेस शुल्क सस्तो ,चुगाक्को (इलेमेन्ट्री हाईस्कूल )सम्मका बच्चाहरूलाई निशुल्क र ६५ माथिकालाई बिशेष सहुलियत दर कायम गरिएको पार्कमा हेर्न जानेको भिड निकै हुने रहेछ । नोभेम्बर अन्तबाट जनवरी १० सम्म खुला रहने यो पार्कमा नयाँ बर्षको उमंग साट्न पाउँदा बर्षै भरिको तनाव मुक्त भएको महसुस हुँदो रहेछ । एकछिन पनि केही सोच्ने फुर्सद नै नहुने हिसाबले त्यसको डिजाईनिंग गरेको देख्दा प्रबिधिप्रति पनि मनै लोभियो ।
पार्क भित्र प्रवेश गरेपछि गाडी पार्किंगको सुबिधा ,ट्वाईलेटको सुबिधा ,खाने ,पिउने सुबिधा , आराम र पर्खाईका लागि यथेष्ट बस्ने ठाउँ , साईकलबाट घुम्न चाहनेहरूका लागि साईकल कोर्स पनि रहेछ ।नजिकै फरेस्ट पार्क पनि भएकोले दिनमा घुम्न जाँदा पनि भरपुर आनन्द लिएर दिन बिताउन सकिने हिसाबको संरचना रहेछ ।
यसले के देखाउँछ भने ईच्छा शक्ति भयो भने जस्तै ठाउँलाई पनि त्यसमा रंग भर्न सकिने रहेछ । यो देखेर नेपालका भौगोलिक बिकट ठाउहरू जहाँ अरू उत्पादन नभएर त्यतीकै खेर गैरहेका छन् ती ठाउँहरूमा यस्तै प्रकारका पर्यटकिय आकर्षण केन्द्र बनाउन सक्ने हो भने हिमालको मनोरम दृश्यसँगै संसार कति झुम्थ्यो होला ? त्यता तर्फ पनि ध्यान दिने कि ? हुन त अहिले केही प्रयासहरू नेपालमा पनि भैरहेका छन् ,त्यो सुखद पक्ष नै हो । त्यसका लागि एउटै कुराको खाँचो छ त्यसको संरक्षण ,सम्बर्धन र पद्दतिको । त्यती हुने हो भने लगानी कर्ताहरू पनि लगानी गर्न उत्सुक ,लालयित र अभिप्रेरित बन्न सक्थे कि ?