१८ वर्षभन्दा कम उमेर समूहका लाई एक लाख येन नगद वा कुपन भुक्तानी गर्ने सम्बन्धमा मन्त्रिपरिषद् उपमुख्य सचिव किहराले यस वर्षको पूरक बजेटको तर्जुमा भएपछि स्थानीय सरकारले पूरै रकम नगदमा भुक्तानी गर्न सक्ने विशिष्ट अवस्था देखाउन चाहेको बताएका छन् ।
उपमुख्य मन्त्रिपरिषद् सचिव किहाराले बिहिबार पत्रकार सम्मेलन गर्दै कस्ता अवस्थामा नगद सुविधा दिन सकिन्छ भन्ने कुरा स्थानीय सरकारको राय बुझेर रकम उपलब्धताका विशेष विधिमार्फ़त प्रदान गरिने विचार गरिरहेको र स्थानीय सरकारको समर्थनमा काम गरिने बताए ।
त्यसैका आधारमा उनले यो वर्षको पूरक बजेट तर्जुमा भएपछि तत्काल पूरा नगद भुक्तानी गर्न सकिने खास अवस्था देखाउने मनसाय व्यक्त समेत गरेका थिए ।
बुधवार प्रधानमन्त्री फुमीयो किशिदाले नगद र कुपन प्रयोग गरी १८ वर्ष मुनिकालाई १ लाख येनसम्मको पूर्ण नगद भुक्तानी उपलब्ध गराउन स्थानीय सरकारको राय बुझ्दै रकम उपलब्धताको विशिष्ट विधिका बारेमा विचार गरिनुपर्ने धारणा राखेका थिए ।