
नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको बुधवार सम्पन्न प्रथम अधिवेशनले गोबिन्द पौडेल (अनिष) को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय कार्य समिति गठन गरिएको छ ।
नेपाली जनप्रगतीशील मंच जापानको राष्ट्रिय कमिटीका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले ज्ञान कुमार श्रेष्ठ, ज्ञान थापा प्रकाश जंग तामाङलाई उपाध्यक्ष बिश्व नाथ यादबलाई सचिव, अमृत खडकालाई सह सचिव र संम्झना पोखरेललाई कोषाध्यक्षमा चयन गरिएको छ ।
त्यसैगरि अधिवेशनले अप्सरा दाहाल, टिस्टा राइ, निरज उप्रेती, मोहन पाठक, निर्मल गिरी, प्रतिमा लामिछाने, निरज जोशी र खगेन्द्र शाहलाई सदस्यमा चयन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
ओकिनावामा रहेका नेपाली समुदायका बिभिन्न संस्थाका प्रतिनिधि र व्यावसायीको उपस्थित रहेको सो अधिवेशनले प्रितम गर्बुजा, कृष्ण घिसीङ(अमिक) र देबेन्द्र खडकालाई सल्लाहकारको रूपमा चयन गरेको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मंचका राष्ट्रिय अध्यक्ष लामाले देशको राष्ट्रियता जनतन्त्र र जीविकाको पक्षमा वकालत गर्ने संगठन नेपाली जनप्रगतिशील मंच रहेकोले यस संस्थाको बिधि विधान अन्तर्गत रहि यसैको झण्डामुनि गोलबन्ध हुन सबैलाई आग्रह गर्दै निर्वाचित कार्यसमितिको सफलताको लागि शुकामना व्यक्त गरे ।