ओसाका सिटीले प्रदान गर्न लागिएको १ लाख येन भुक्तानी अप्रत्याशित छ-हिरोकाजु मात्सुनो

-


     जनहित न्युज    
     मंसिर २२ गते २०७८


जापानका मुख्य क्याबिनेट सेक्रेटरी हिरोकाजु मात्सुनोले ओसाका सिटीका लागि १८ वर्षभन्दा कम उमेरकाहरूलाई १० मान येन बराबरको नगद रकम एकमुष्ट भुक्तानी उपलब्ध गराउने कार्य अप्रत्याशित भएको स्वीकार गरेका छन।
कोभिड-१९ को महामारीबाट प्रभावित परिवारका सो उमेर समूह अन्तर्गतका बालबालिकालाई ओसाका शहरका मेयर मात्सुईले देशबाट कुनै जरिवाना नभएको खण्डमा नगदमा एकमुष्ट भुक्तानी गर्ने नीति घोषणा गरेका थिए । तर सचिव मात्सुनोले देशको मुख्य नीति तथा उद्देश्यहरूलाई ध्यानमा राखेर नगद तथा कुपन प्रदानका लागि विचार गर्न अनुरोध गरे।
मुख्य क्याबिनेट सचिव मात्सुनोले सहयोगका लागि नगद र कुपनहरू अलग-अलग सहयोगको उद्देश्यले प्रदान गरिने भएकोले एकै समयमा भुक्तान गरिने अपेक्षा नगरिएको बताएका छन ।
सचिव मात्सुनोले सरकारले १८ वर्ष मुनिको उमेर समूहकालाई आर्थिक सहायता स्वरूप मापदण्ड तय गरि १ लाख येन बराबरको सुविधा दिने र सो मध्य ५० हजार येन नगद र ५० हज़ार बराबरको कुपनको व्यवस्था मार्फ़त विभिन्न प्रयोजनका लागि दिन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?