नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो राष्ट्रिय अधिवेशन डिसेम्बर १२ मा सम्पन्न गर्नु अघि क्षेत्रीय समितिका अधिवेशन धमाधम गरिरहेको छ ।
आक्रामक रूपमा संगठन विस्तारलाई जोड दिइरहेको मंचले मंगलबार जापानको सेन्दाइमा प्रथम अधिवेशन सम्पन्न गर्दै तेजप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सेन्दाइ क्षेत्रीय समितिको गठन गरिएको छ ।
नेपाली जनप्रगतीशील मंच जापानका राष्ट्रिय समितिका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा रमेश देवकोटा, सचिवमा छिरिङ तामाङ, सह सचिवमा सबित्रा नेपाली र कोषाध्यक्षमा युघिर भुजेललाई चयन गरिएको संयोजक दाहालले जानकारी दिए ।
त्यसैगरि कार्यसमितिको सदस्यमा शर्मिला थापा बिनोद महोतरा, सुदन थापामगर, देब थापा मगर, निर्जला भुजेल र साबित्रा चौधरीलाई चयन गरिएको छ ।
सो अधिवेशनमा बोल्दै मंचका अध्यक्ष लामाले जापानमा रहेका नेपाली समुदायलाई पारेको अपथ्यारो र हकअधिकारका लागि मंच सधै दृढ़तापूर्वक न्यायको पक्षमा लाग्ने बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा क्रान्तिकारी र प्रगतिशीलताको पक्षधर नेकपा माओवादी भएको उल्लेख गर्दै जनताको पक्षमा हुने परिवर्तनको लागि आवश्यक पारेको बखतमा आफूहरू बिश्वको जुनसुकै ठाउमा रहेपनि सकेको सहयोग पुर्याऊनका लागि संगठित हुन ज़रूरी रहेको समेत बताए ।
अधिवेशनमा बोल्ने वक्ताहरूले परदेशमा रहदा आइपर्ने सुखदुःखमा संगठन र भावनात्मक आत्मीय मनहरूको आवश्यकता पर्ने भएकोको त्यस्तो साथ र सहयोग नेपाली जनप्रगतिशील मंच जापानले प्रदान गर्ने भएकोले यहि संगठनमा गोलबन्ध हुन सबैलाई आग्रह गरे ।
यसरी बोल्नेहरूमा एनआरएनए जापान क्षेत्रीय समितिका सहसचिब बिनोद महतरा, ब्याबसयी राजन ढकाल, हलाल फुड ब्याबसायी समिर चौलागाइ लगायत रहेका थिए । कार्यक्रमको संचालन छिरीङ तामाङले गरेका थिए ।
मंचले आगामी बुधवार ओकिनावामा समेत क्षेत्रीय समितिको गठनको लागि भेलाको आयोजना गरिएको बताईएको छ ।