
जापान फाउन्डेसनको एक कार्यक्रममा आएका ५० भन्दा बढि अनुसन्धानकर्ताहरूले कोभिड-१९ को क्वारेन्टाइन नियमहरू पालना गराउदा आफूहरूलाई जेलमा परेको जस्तो कडा निगरानीमा राखिएको बताएका छन ।
जापान आएदेखि १५ दिनसम्म होटेलको कोठाबाट बाहिर निस्कन नदिने र नियम तोड्नेहरूलाई समात्न सुरक्षा गार्डहरूको विशेष निगरानीमा राखिएको ती अनुसन्धानकर्ताहरूले बताएका छन । अनुसन्धानकर्ताहरू अक्टोबर २८ मा जापान पुगेका थिए र क्वारेन्टाइनका लागि टोकियो नजिकैको नारिता एयरपोर्ट होटलमा राखी त्यसखालको निगरानीमा राखेको उनीहरूले बताएका हुन ।
जापानले क़ोरोना महामारीको कारणले यात्रा प्रतिबन्धहरू कायम राखेकोले अनुसन्धानकर्ताको प्रवेश अपवादको रूपमा स्वीकृत गरिएको थियो। तर अनुसन्धानकर्ताहरूद्वारा यस खालको क्वारेन्टाइनलाई “जेनोफोबिया” को रूपमा व्याख्या गर्दै “लक्जरी जेल” मा राखिएको आरोप लगाएको जापानी संचार माध्यम द माइनिचीमा उल्लेख गरिएको छ ।
नोभेल कोरोनाभाइरसको फैलावट संगै जापानले अन्य राष्ट्रहरूले जस्तै कडा यात्रा प्रतिबन्धहरू लगाएको छ। तर अमेरिका र युरोपेली देशहरूले कोभिड-१९को स्थितिमा सुधारको आएसंगै विदेशी अनुसन्धानकर्ताहरूको प्रवेश र यात्रा अनुमतिलाई स्वीकार गर्न सहज बनाएका छन्।
जापानको परराष्ट्र मन्त्रालयसँग आबद्ध जापान फाउन्डेसनले विश्वभर सांस्कृतिक परम्पराको आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्न विदेशबाट जापानमा विद्वानहरूलाई आमन्त्रित गर्ने गर्दछ ।
जापानी अधिकारीहरूले तय गरेको निर्धारित नियम भित्र रहेर फाउन्डेसनका एक अधिकारीले कड़ा निगरानीका बिच क्वारेंनटिन राखिएको स्वीकार गर्दै कार्यक्रम पुन: सुरु गर्न सकियोस् भनेर “पूर्व शर्त” सहितको नियम पालना गर्नुपर्ने परेको बताईएको छ ।
जापानले बाहरी मुलुकबाट जापान प्रवेश गर्ने हरूका लागि १४ दिनको क्वारेन्टाइन अवधि तय गरेको गरेको छ, र उनीहरूलाई अनावश्यक बाहिर ननिस्कन समेत भनिएको छ।
अनुसन्धानकर्ताहरूलाई लिखित रूपमा नै कोभिड-१९ को क्वारेंनटिन सम्बन्धी नियम पालना गर्न हस्ताक्षर गराइएको थियो, जसमा बाहिर घुम्न वा सामान्य सामान किनमेल गर्न जाने लगायतका अनुमति छैन, र तिनीहरू केवल एक तोकिएको कोठामा बस्नुपर्ने हुन्छ ।
जापानमा पूर्ण खोप लगाएका व्यक्तिहरूले सरकारी नियमहरू अन्तर्गत आगमनको दिन बाहेक १०औं दिनमा कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टाइन अन्त्य गर्न सकिने छ । तर एक स्रोतका अनुसार फाउन्डेसनले अनुसन्धानकर्ताहरूलाई १५ दिनको अवधि समाप्त नभएसम्म होटलमा बस्न आग्रह गरेको छ र १० औं दिनमा त्यस्तो कुनै परीक्षण गरिएको छैन ।
अनुसन्धानकर्ताहरूले कोभिड-१९ को क्वारेनटिनका कडा नियमहरू पालना गर्न किन आवश्यक छ भनेर सरकारी अधिकारी सोध्दा आफूहरूलाई व्यक्तिगत घटनाहरूको बारेमा जानकारी नभएको बताए ।
आफू दिनको कम्तिमा एक पटक बाहिर हिड्न वा खानेकुरा किन्न कोठा बाहिर जान चाहेको अनुसन्धानकर्ताले बताए । उनीहरूले यस प्रकारको कड़ा निगरानी सबैभन्दा खराब घटनाहरू मध्ये एक हो,” उनले थपे, “जापानले आफ्नो समकालीन इतिहासमा आफैलाई अपमान गरिरहेको छ।”