नेपालको राष्ट्रीयता, स्वाधीनता, समानुपातिकता, समानता र वर्गीय मुक्तिका लागि माओवादीले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले पछिल्ला दिनमा कम्युनिस्टप्रति नेपाली जनताको आकर्षण बढिरहेको वक्ताहरूले बताएका छन ।
नेपाली जनप्रगतिशील मञ्च, जापान च्यूबु/मिए क्षेत्रीय समितिको आठौ अधिवेशनको उदघाटन समारोह बोल्ने अधिकांश वक्ताहरूले नेपाली समाजको रूपान्तरण र नया सम्विधानमार्फ़त नया नेपालको निर्माणमा नेकपा माओवादीको मुख्य भूमिका रहेको र जनयुद्द र जनआन्दोलनमार्फ़त प्राप्त उपलब्धिको रक्षाका लागिपनि माओवादी पार्टीको नेतृत्व आवश्यक रहेकोमा बताएका थिए ।
श्रमजिवी नागरिकको पक्षमा आफ़नो आन्दोलनलाई केन्द्रित गर्न माओवादी नेतृत्वलाई आग्रह गर्दै वक्ताहरूले प्रवासमा रहेका नेपालीलाई स्वदेशमा नै रोजगारी सृजना गरि उनीहरूको सिप र पूँजीको सहि सदुपयोग गर्ने नीति तथा कार्यक्रम बनाउनका लागि समेत आग्रह गरेका छन ।
कार्यक्रममा प्रवास समन्वय समिति सदस्य तथा नेपाली जनप्रगतिशील मंच जापान पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठले प्रवासमा मंचले आफ़नो उद्देश्य बमोजिमका कार्य गर्दै आइरहेको बताए ।
जनप्रगतिशील मंच जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामाले पार्टी र मंञ्चको आगामी कार्ययोजनाको बारेमा जानकारी गराए । पूर्वी एसिया समिति सदस्य भवानी पन्त आगामी दिनमा संगठनलाई अझै जुझारू र क्रियाशील बनाउन विचार र भावना मिल्ने सबैलाइ संगठित गर्दै ज़ानुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा मंचका सचिब सालीकराम भण्डारी, पूर्व अध्यक्ष मोहन खत्री, र रामहरी पुडासैनी, एनआरएनए एसिया प्यासिफ़िक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान सचिब विष्णुप्रसाद घिमिरे,सदस्यता वितरण उप–समितिका संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरी पाण्डे, च्यूबु मिए क्षेत्रीय इंचार्ज आर एच गौतम लगायतले शुभ–कामना मन्तव्य राखेका थिए ।
अधिवेशनबाट हरिबाबु तामाङको अध्यक्षतामा २५ सदस्यीय नवनिर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित समेत भएको छ ।
सम्पन्न आठौँ अधिवेशनले नवराज चापागाईं, ज्ञानेन्द्र श्रेष्ठ र किशानलाल उप्रेतीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने सचिवमा रंजित गौतम, सहसचिवमा दिनेश लामा र सागर थापा बगाले, कोषाध्यक्षमा दावा शेर्पा, सह–कोषाध्यक्षमा किरणसागर तिवारी र बोम गुरूङ निर्वाचित भएका हुन।
सम्पन्न अधिवेशनबाट सदस्यहरूमा वैकुण्ठ गौतम, मनोज अधिकारी, किरण चौलगाईं, मानबहादुर तामाङ, रमेश विश्वकर्मा, सरोज गिरी, शिवराम बूढ़ाथोकी, कृष्ण गुरुङ, अनिल अधिकारी, झरेन्द्र कुँवर, यम मगर, उद्धव पाण्डे, लक्ष्मी रिजाल र सुनीता तिवारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिबेशनले रामबहादुर खत्रीको संयोजकत्वमा सात सदस्यिय सल्लाहाकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरूमा नरबहादुर थापा, धनबहादुर खत्री, गंगा घर्ती मगर, पुष्पा घिमिरे, ओम देवकोटा र अजय थापा रहेका छन ।