जापानले दक्ष विदेशी कामदारलाई लामो समयसम्म जापानमा बस्न र परिवार समेत ल्याउन अनुमति दिदै

-


     जनहित न्युज    
     मंसिर ४ गते २०७८


जापानमा घट्दो जन्मदरका कारण न्यून जनसंख्या भई श्रमिक अभावलाई सम्बोधन गर्ने उद्देश्यले दक्ष विदेशी कामदारहरूको लागि क्षेत्रहरूको दायरा विस्तार गर्दै लामों समयसम्म देशमा रहन र बस्नका लागि अनुमति दिने भएको छ ।

जापान बसाईको निर्दिष्ट दक्ष कामदार नम्बर एक अप्रिल २०१९ नयाँ नीति अन्तर्गतको बारेमा जानकारी गराउदै निर्माण, खेती,नर्सिङ हेरचाह लगायत १४ क्षेत्रहरूमा काम गर्ने अनुमति दिदै उनीहरूलाई लामो समय जापानमा बस्ने अधिकार प्रदान गरिन लागेको जापानका न्याय मन्त्री योशिहिसा फुरुकावाले शुक्रवार पत्रकार सम्मेलनमा सम्वन्धित मन्त्रालय र निकायको राय सुनेर विशेषाधिकार प्राप्त स्थितिको दायरा बढाउने सम्भावना अध्ययन गरिरहेको बताएका छन ।

“हामी यो सुनिश्चित गर्न चाहन्छौं कि नयाँ नीतिले तीव्र श्रम अभावलाई सम्बोधन गर्नको लागि उचित रूपमा प्रयोग गरिनेछ,” फुरुकावाले भने नम्बर २ स्टाटस भनेको विदेशी कामदारहरूलाई स्थायी रूपमा जापानमा बस्न दिने प्रणाली भने होइन।

हाल १४ क्षेत्रहरू मध्ये निर्माण, जहाज निर्माण र जहाजका मेसिनरी क्षेत्रमा दक्ष सीप भएकाहरूले मात्र निर्दिष्ट दक्ष कामदार नम्बर २ को हैसियत प्राप्त गर्ने गरि आफ्नो बसाइ पाँच वर्षभन्दा माथि बढाउन सक्ने गरि नीति तय भएको बताईएको छ । सार्वजनिक गरिएको नयाँ नीति अन्तर्गत सरकारले कृषि र खाद्य सेवालगायत ११ अन्य क्षेत्रमा विशेषाधिकार विस्तार गर्ने समेत लक्ष्य राखेको छ ।

निर्दिष्ट दक्ष कामदार नम्बर २ वाहकहरूलाई परिवारका सदस्यहरू ल्याउन अनुमति दिदै १० वर्षसम्म जापान बसेमा अन्य तोकिएका केही सर्तहरू पूरा गरेमा उनीहरूले स्थायी बासिन्दाको हैसियत प्रदान गरिन लागिएको र अन्य निर्दिष्ट दक्ष कामदारहरू भने जम्मा पाँच वर्षसम्म मात्र जापानमा बस्न सक्ने जापानी समाचार माध्यम जापान टुडेको समाचारमा जनाईएको छ ।

नर्सिङ केयरमा काम गर्ने कामदारहरूको हकमा हेरचाह गर्ने कामदार नयाँ नीति अन्तर्गत फरक आवासमा राख्ने बारेमा सरकारले छलफल जारी राखेको बताईएको छ ।

जापानको अध्यागमन सेवा विभागले जारी गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरको अन्त्यसम्ममा निर्दिष्ट दक्ष कामदार नम्बर १ स्टाटस भएका विदेशीहरूको संख्या ३८ हजार ३ सय ३७ रहेको छ । यो संख्या गत जुन महिनाको अन्त्यको तुलनामा ३१.५ प्रतिशतले बढेको छ । विशेषाधिकार प्राप्त स्थिति प्राप्त गर्न आवश्यक पर्ने परीक्षा सुरु नभएकाले अहिलेसम्म कुनै पनि नम्बर २ स्टाटस वाहक यति नै छन भन्ने तथ्याङ्क भने रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?