जापान विशेष

जापानी कम्पनीहरूले कामदारहरूलाई ‘मुद्रास्फीति भत्ता’ दिन थाले

जापानका कम्पनीहरूले खाद्यान्न, बिजुली र पेट्रोलको बढ्दो मूल्यको बारेमा कामदारहरूको चिन्तालाई कम गर्न र उनीहरूलाई काममा ध्यान केन्द्रित गर्न उत्प्रेरित गर्नका लागि कर्मचारीहरूलाई "मुद्रास्फीति भत्ता" प्रदान गर्न थालेका छन्।कम्प्युटर सफ्टवेयर विकासकर्ता साइबोजुले जुलाई र अगस्टमा जापान र विदेशमा कार्यरत रहेका कर्मचारीहरूलाई विशेष भत्ता स्वरूप एकमुष्ट रकम भुक्तानी गर्ने निर्णय गरेको छ।यो रकम जापानमा काम गर्ने कामदारहरूको लागि ६० हजार देखि १ लाख ५० हजारसम्म भुक्तानी गरिने छ अर्थात् काम गरेको घण्टाको संख्यामा रकम निर्भर हुनेछ। इलेक्ट्रोनिक्स रिटेलर नोजिमा कम्तिमा चालु… पुरा पढौ

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजु बस्नेत र अजय थापा कालु निर्वाचित

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेत र नागोयामा अजय थापा कालु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । मंगलबार जापानको टोकियोस्थित शिन ओकुबोमा सम्पन्न कान्तो क्षेत्रीय समितिको अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे मित्र, इश्वर बस्नेत र गगन खत्री झकास लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी, सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका… पुरा पढौ

रोमान्स एप्सको प्रयोग गरि जापानी नागरिकको लाखौ ठगी गर्ने २४ जना चिनिया नागरिक थाइल्याण्डबाट पक्राउ

दक्षिणपूर्वी एसियाको थाइल्याण्डमा जापानी नागरिकलाई लक्षित गरी ठगी गर्ने समूह पक्राउ परेको थियो।पक्राउ परेको समूह मुख्यतया चिनियाँ थिए र उनीहरूले जापानी महिलाको नक्कल गर्दै रोमान्स एप्सको प्रयोग गरि ठगी धन्दा दोहोर्‍याउने गरेको पाइएको छ । म्यासेज एपमा "हारुना" नामक सामाजिक संजालको एक़ाउन्टको प्रयोग गरि ५० वर्षीय जापानी पुरुष जसले "उनीसँग अन्तरक्रिया गरिरहेको थियो।" उसले "सयौं हजार येनले भुक्तानी दिएको" बताए । कोबेमा बसोबास गर्ने ती ५० वर्षीय उमेरमा एक व्यक्तिले डेटिङ साइटबाट सम्पर्क भै परिचय पश्चात् रकम आदानप्रदान गर्न FX… पुरा पढौ

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्न प्रयोग गरेको बन्दुक ब्याट्रीबाट चल्ने र घरमै बनाइएको पुष्टि

नारामा पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा संदिग्ध व्यक्तिले प्रयोग गरेको बन्दुक ब्याट्रीले चलाउने गरी बनाइएको अनुसन्धानबाट खुलेको छ।नारा प्रिफेक्चरल प्रहरीले पक्राउ परेका आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको घरमा जुलाई २४ मा खोजी गर्दा बन्दुक र बारूद बनाउन प्रयोग हुने सामानको रसिद बरामद गरेको थियो।घटनामा प्रयोग गरिएको बन्दुकमा विनाइल टेपमा बेरेका दुईवटा धातुको सिलिन्डर रहेको र ट्रिगर तान्दा ६ वटा प्रक्षेपण गर्न सक्ने भएको अनुसन्धान स्रोतले जनाएको छ ।प्रिफेक्चरल प्रहरीले बरामद हतियारको जाँच गर्दा त्यसमा विद्युतीय तार र ब्याट्री रहेको भेटाएको थियो… पुरा पढौ

जापानको टोकियोमा पहिलो मन्कीपक्सको बिरामी फेला परे

विश्वव्यापी रुपमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा जापानको टोकियोमा पहिलो केस पुष्टि भएको छ ।विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेलगत्तै सोमबार टोकियोमा ३० वर्ष उमेरको एक जना पुरुषमा मन्कीपक्सको पहिलो केस पोजेटिभ देखिएको पुष्टि भएसंगै टोकियोमा पहिलो केस पुष्टि भएको टोकियोका गभर्नर कोइके युरिकोले सोमबार पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गरेका हुन्।अधिकारीहरूका अनुसार ती व्यक्ति जुनको अन्त्यमा युरोप भ्रमण गरेका थिए र जुलाईको मध्यमा जापान फर्केका थिए।उनी युरोपमा हुँदा भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको… पुरा पढौ

नेपाल पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणको लागि जापान आउदै

नेपाल पूर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक जापान आउने भएका छन ।नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए । जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील… पुरा पढौ

जापानमा साकुराजिमा ज्वालामुखी विस्फोट, सतर्कताको स्तर उच्च बढाइयो

दक्षिणपश्चिमी जापानको कागोशिमा प्रिफेक्चरमा रहेको साकुराजिमामा आइतबार भएको ज्वालामुखी विष्फोट भऐक छ जसले गर्दा विष्फोटको चेतावनी उच्च तहमा पुर्‍याएको जापानको मौसम विज्ञान एजेन्सीले बताएको छ आइतबार बेलुका ८ बजेर ५ मिनेटमा भएको ज्वालामुखी विष्पोटबाट २.५ किलोमिटरसम्म ढुङ्गाहरू खसेको तर विष्फोट पछि कुनै पनि चोटपटकको तत्काल रिपोर्ट नआएको एजेन्सी र स्थानीय प्रहरीले बताएका छन । विष्फोट पछि एजेन्सीले ज्वालामुखीको सतर्कताको लागि लागि आफ्नो स्तर ३ बाट ५ सम्मको स्केलमा सतर्कता बढाएको छ । त्यस क्षेत्रका जनतालाई सम्भावित खतरा हुन सक्ने भएकोले… पुरा पढौ

जापानमा कोरोनाभाइरस संक्रमणको सातौं लहरको चौथो दिन शनिबार २ लाख बढि संक्रमित

जापानले कोभिडको सातौँ लहरले देशव्यापी प्रभावका कारण कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि शनिबार एकैदिन २ लाख भन्दा माथि संक्रमितको संख्या पुगेको छ ।कोरोनाभाइरस संक्रमणको सातौं लहरको क्रममा रेकर्ड गणनाको चौथो दिन शनिबार पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या शुक्रवार रिपोर्ट गरिएका एक लाख ९५ हजार भन्दा करिब ६ हजारले बढी अर्थात् २ लाख ९७५ रहेको छ ।राजधानी टोकियोमा लगातार तेस्रो दिन ३२ हजार ६ सय ९८ नयाँ संक्रमित भेटिएमा सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोलाई सोही दिन भाइरसको… पुरा पढौ

७० वर्षीय वृद्धलाई ठगिनबाट जोगाएकोमा बागलुङ गलकोटकी सुमित्रा साहनी कार्कीलाई जापान प्रहरीद्वारा सम्मान

बेला बेला नेपालीले जापानमा गरेका राम्रा र असल कार्यले नेपालीको शिरलाई उचो पारेको हुन्छ। कहिले रेलवेमा फ़सेका वृद्धवृद्धालाई आफ्नो ज्यानै जोखिममा राखेर उद्दारमा जुट्छन त कहिले आफ़्नो क्षेत्रको सरसफ़ाइको लागि अभियान नै संचालन गर्दछन भने कोहिले जापानमा हुने प्राकृतिक प्रकोपका बारेमा सूचना प्रदान गरेर सतर्क र सचेत रहन आग्रह गर्दछन ।कम्भिनियनस स्टोरमा काम गर्ने नेपालीले जापानमा विभिन्न बाहानामा ठगिन लागेका जापानीज नागरिकसहित अन्यलाई जोगाएका घटना भने बेला बेलामा भैरहेका छन । यस्तै जापानको नागोयाको लसन कम्भिनियनस स्टोरमा करिब ३ लाख… पुरा पढौ

१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो रहनेछ यस पटकको नेपाल फेस्टिवल(विस्तृत जानकारी सहित)

टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग तयारी सकिएको जनाएको हो । प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए अनुसार, जापानमा अन्य मुलुकहरुले आयोजना गर्नेभन्दा पृथकरुपमा नेपाल फेस्टिवल नेपाली र जापानीहरु नै बढी… पुरा पढौ