जापान विशेष

१२ औँ नेपाल फेस्टिवलको तयारीको बारेमा २२ तारिक पत्रकार सम्मेलन गरिने

टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिक पत्रकार सम्मेलन गरिने टोकियो/जापान । जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित जुलाई २२ तारिक बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदन-प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र… पुरा पढौ

सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशन तथा नवप्रवेशी नेपाली विद्यार्थीहरूलाई स्वागत तथा सहयोगी अग्रज सम्मान साथै यस वर्षको कार्य तालिका सार्वजनिकीकरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशनको लागि विषयगत समितिहरूले आफ़्नो ज़िम्मेवारीका कार्य पूरा गरि सकेको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए । सेन्दाई विद्यार्थी समूहले वार्षिक रूपमै कार्ययोजना बनाएर आफ़्नो सक्रियता बढाउने भको छ ।त्यसका… पुरा पढौ

नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनमा कार्य गरेका डा. दुर्गा बहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त

सरकारले जापानका लागि नेपालको आवासीय राजदूतमा यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा कार्य गरेका डा. दुर्गा बहादुर सुवेदीलाई नियुक्त गरेको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।हाल सबैभन्दा बढी तलब पाइने जापानको निम्ति राजदूत बनाएको हो । उनी मन्त्रालयका शिष्टाचार महापाल हुन् । बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार… पुरा पढौ

जापानमा हवात्तै बढ्यो कोरोना,एकैदिन १ लाख १० हजार संक्रमित

कोभिड-१९ को संक्रमण जापानमा हवात्तै बढेर दैनिक १ लाख भन्दा बढ़ि संक्रमित हुन पुगेका छन ।फेब्रुअरी यताकै सबैभन्दा धेरै संक्रमित भै शनिबार १ लाख १० हजार बढि पुगेसंगै एक हप्ता अघिको तुलनामा दोब्बरले संक्रमितको संख्या बढ़ेको छ । फेब्रुअरीदेखि संक्रमणहरू लगातार घट्दै गएको थियो तर जुनको अन्त्यबाट फेरि पुनरुत्थान हुदै जापानमा अत्यधिक ट्रान्समिसिबल BA.5 ओमिक्रोनको सवभेरियन्ट उत्प्रेरितद्वारा संक्रमणको सातौं लहरमा प्रवेश जानकारहरूले बताएका छन ।सङ्क्रमणको दर बढ़ेसंगै गम्भीर अवस्थाका बिरामी र मृत्यु हुनेको सङ्ख्या बढ्ने चिन्ता बढेर गएको छ ।… पुरा पढौ

गल्कोट समाज क्षेत्रीय समिति नागोयाको अधिवेशन जुलाई २६ मा हुने

गल्कोट समाज क्षेत्रीय समिति नागोयाको आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति चयनको लागि छैठौ अधिवेशन जुलाई २६ तारिकमा हुने भएको छ ।बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको नागोया क्षेत्रमा रहेका गलकोटेहरूको उपस्थितिमा हुने सो अधिवेशन “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ सम्पन्न हुन लागेको हो ।जुलाई २६ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयाको Sannomaru, Naka-ku, Nagoya मा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राम थापा काजीले जानकारी दिए… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा रामु साहनी निर्वाचित

छैठौ अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि रामु साहनी (हटिया धुस्तुङ)को अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।बिहिबार जापानको ओसाका स्थित जिग्री दोहोरी साँझमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा (मल्म), नवीन गौतम (घाईरन) र जनक बोहोरा( बोहोराफाँट) सचिवमा तेजु खत्री ( दुदिलाभाटी), सह सचिवमा शुक्र पुन( नरेठाटी) कोषाध्यक्षमा विपिन सापकोटा (काक्राखोर) सह- कोषाध्यक्षमा कौशल बोहोरा (बोहोराफाँट) निर्वाचित भएको क्षेत्रीय समितिको निर्वाचन सम्पन्न गर्न ज़िम्मेवारी पाएका समाजका उपाध्यक्ष सुमित खत्रीले जानकारी दिए । सम्पन्न अधिवेशनबाट निर्वाचित हुने कार्यसमितिको सदस्यमा बेल… पुरा पढौ

आबे हत्यामा ‘ युनिफिकेसन चर्च’ मुछियो, हत्यामा संलग्न यामागामीकी आमाले दिएकी थिइन करिब १० करोड येन चर्चलाई

जुलाई ८ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर हत्या गर्ने व्यक्तिकी आमाले धार्मिक संस्था युनिफिकेसन चर्चलाई करिब १० करोड येन (७२०,००० डलर) दान गरेको पुष्टि उनका काकाले गरेका छन।आबेका हत्यारा जापानका ४१ वर्षे बेरोजगार व्यक्ति तेत्सुया यामागामीले प्रहरी अनुसन्धानमा पूर्व प्रधानमन्त्री आबे सो चर्चसँग जोडिएको र आफ़नी आमाले चर्चलाई प्रदान गरेको चन्दाका कारण परिवार आर्थिक संकटमा फ़सेकोले सोही रिसका कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।बुबाको मृत्युपछि करिब ६० मिलियन येनसहित परिवारको जग्गा र घर बिक्रीबाट प्राप्त आम्दानी करिब… पुरा पढौ

नेपाली ग्राहकलाई लक्षित गर्दै फरकपनका साथ जापानको शिन ओकुबोमा ‘किङ्स लाउन्ज एण्ड बार ‘

टोकियो, जापान ।नेपालीहरुको बढ्दो जनघनत्वसँगै टोकियो क्षेत्रमा व्यापारको दायरा पनि फराकिलो बन्दै गएको छ । मुख्यत सयौं नेपाली रेष्टुरेण्टहरुको भिड रहेको टोकियोको मध्य भाग ओकुबो, शिनओकुबो क्षेत्रमा धेरै रेष्टुरेण्टहरुको फरक फरक विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ किङ्स लाउन्ज एण्ड बार ले । नेपाली मौलिक परिकारका खानाको लागि, लोक दोहोरिका लागि, लाईभ म्यूजिक व्याण्ड प्रस्तुती हेर्नका लागि फरक फरक रेष्टुरेण्टहरु धाइरहनुपर्ने नेपालीहरुको बाध्यतालाई बोध गर्दै युवा नेपाली व्यवसायिहरुले ओकुबो स्टेशन नजिक संचालनमा ल्याएका छन् किङ्स लाउन्ज एण्ड बार । जहाँ नेपाली… पुरा पढौ

जापानमा निःशुल्क नेपाली भाषा पढाइरहेका रेसम 

एक दशकअघि जापान आइपुग्दा धादिङका रेसम उप्रेतीले भाषा नबुझेर अनेक हण्डर खानुपर्यो। उनी आफूले भन्न खोजेको कुरा भन्न सक्दैनथे। जापानीहरुले बोलेको बुझ्दैनथे। भनेको बेला काम फेला पार्न सकेनन्। त्यतिबेला उनलाई लाग्यो, भाषा भनेको बाँच्ने आधार रहेछ। जापानको बसाइ लम्बिँदै जाँदा उनले देखे– जापानमै जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा आउँदो रहेनछ। यो देखेर उनलाई खल्लो लाग्यो। त्यसैलाई बदल्न उनले जापानमा जन्मेको नेपाली पुस्तालाई नेपाली भाषा सिकाउने प्रयास सुरु गरेका छन्। रेसमले नागोयामा भाषा स्कुल सञ्चालन गर्न थालेका छन्। जुन स्कुलमा नेपालबाट… पुरा पढौ

नेपाली व्यावसायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नरबहादुर थापा चयन

जापानमा रहेका नेपाली ब्यावसायीको हक हित, व्यापार प्रवर्द्धनमा सहयोग र अनुभव साटासटको लागि सन २०१८ मा स्थापना भएको नेपाली व्यावसायी संघ अन्तरगत नागोयाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरवहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति र्निविरोध रूपमा चयन गरेको छ। नागोयामा रहेका नेपाली व्यावसायीहरूको उक्त भेलाले उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्ती मगर, सीता कोईराला चयन गरेको छ। त्यस्तै सचिवमा सन्देश पोख्रेल , सह - सचिवमा बिन्दु शर्मा र मनोज केसी र कोषाध्यक्षमा युवराज गौतम चयन भएका। चयन हुने कार्यसमिति सदस्यमा… पुरा पढौ