
जापान । नेपालीको लगानीमा संचालित जापान सरकारको सम्बन्धित निकायमा बिधिवत रुपले दर्ता भइ नेपालीहरुको पहिलो रेमिट कम्पनि बन्न सफल जापान मनि एक्सप्रेस कम्पनि लि.(JME)ले नेपाल लगायत अन्य मुलुकमा पैसा पठाउन सहजताको लागि मोबाइल एप्स सुरु गरेको छ ।
ग्राहकहरुको सहजताको लागि हालै जेएमई रेमिट्यान्सले आफ्नो मोबाइलबाट एप्स डाउन्लोड गरी लसनको ATM मा गएर रकम डिपोजिट गर्न सकिने ब्यवस्था मिलाएको छ ।
“एप्स लन्च गरिईसकिएको छ भने भुक्तानी गर्नको लागि लसन बैंक संग सहकार्य गरि JME डिपोजिट कार्ड पनि बजारमा ल्याएसकिएको छ”JME का सीईओ ओम गुरुङ्ले बताउनुभयो ।
अन्य कम्पनीको जस्तो धेरै कार्ड बोकी रहनु नपर्ने एउटा कार्ड बाट नै बिभिन्न ब्याक्तिहरु लाइ रकम पठाउन सकिने भएको छ |
सन् २०१० देखि नेपाल लगायत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको कम्पनिले नेपालमा दश हजार भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी दिनुका साथै नेपालका सबै बैंकहरु मार्फत रियल टाइम पेमेन्ट सुबिधा प्रदान गरेको छ |
अब एप्स मार्फत जहाँ बाट जहिले पनि आफुले चाहेको ब्यक्तिहरुलाई पैसा पठाएर JME कार्ड मार्फत Lawson को ATM मा गएर डिपोजिट गर्न सक्नु हुनेछ | न त कहिँ जानु पर्ने झन्झट , न त कसैलाई फोन नै गरि रहनु पर्ने झन्झट यि सबै कुराहरुबाट मुक्त हुँदै आफ्नो आवश्यकता अनुसार रकम पठाउन सकिने भएको छ ।



