जापान विशेष

स्वर्गीय बिनोदको परिवारलाई घुम्टे युवा परिवार जापानले गर्यो १९ लाख जापानी येन सहयोग

जापान पुगेर राम्रो आम्दानी गरि परिवारको जीवनस्तर माथि पुर्याउनुका साथै सामाजिक संघसंस्थामा पनि सबैसँग हातेमालो गर्दै हिड़ने सुन्दर सपना सजाएर घरबाट जापानको यात्रा तय गरेका बिनोद थापाको परिवारलाई लागेको थिएन नै उनको १३औ दिनको पुण्यतिथिमा जापानबाट संकलित राहत रकम बुझ्नु पर्ला भनेर । भाग्यको खेल दैवको लीला बुझिसक्नु नहुने रहेछ २६ वर्षीय बिनोद चितवनको होलिभिजन स्कूलको बसको ठक्करबाट सवारी दुर्घटना परि जुन २१ तारिक सबैलाई रुवाउदै यस धर्तीबाट बिदा लिए । यो विदाईलाई अपांग बुवा रोगी आमा र साना ती… पुरा पढौ

जापान प्रवेश गर्दा अब नेपालीले कोरोना परिक्षण गर्नु नपर्ने, होम क्वारेन्टिन पनि हट्यो

जापानले जुलाई २७ तारिकबाट नेपालबाट आउने ब्यक्तिको तेस्रो डोज खोप नलगाएता पनि एयरपोर्टमा कोरोना परिक्षण गर्न नपर्ने भएको छ ।जापान सम्बन्धी जानकार जिज्ञान थापाका अनुसार अब जापान प्रवेश गर्ने नेपालीले होम क्वारेन्टिन पनि बस्नु नपर्ने गरि निर्णय गरेको छ।यस अघि नेपाललाई पहेलो क्याटेगोरीमा राखेको जापानले जुलाई २७ तारिक बाट निलो क्याटेगोरिमा राख्ने भएको छ।हाल नेपालमा ७२ घण्टा भित्रको PCR नेगेटिभ रिपोर्ट चाहिने बारेमा भने परिवर्तन भएको भन्ने सूचना नआएकोले अनिवार्य रुपमा गरेर आउन समेत भनिएको छ । पुरा पढौ

पूर्वजले बनाएको जिर्ण चौतारीलाई नया रूप दिएरै छाडे जापानमा कार्यरत राम थापा काजीले

उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो । मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन । यस्तो… पुरा पढौ

जापानमा झूटो विवरण बुझाई भिषा थप गर्ने दलालसहित चार जना नेपाली पक्राउ

वास्तविकता काम नभएको रेस्टुरेन्टमा काम गरेको भन्दै झुटो विवरण सहितको निवेदन दिएर बसोबासको हैसियत नविकरण गर्ने चार नेपाली दलाललाई जापान प्रहरीले पक्राउ गरेको छ ।४३ वर्षीय बहादुर बुजेलसहित चार नेपालीले गत वर्ष झूटो विवरणसहितको निवेदन दिएर आवास नवीकरण गरेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जापान प्रहरीलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । पक्राउ परेका दुई नेपालीलाई आफूले चिनेको रेस्टुरेन्टमा कर्मचारीका रूपमा अनुमति नलिई निवेदन दिएर बहादुरले बसाइको म्याद थप गरेको टोकियो महानगरीय प्रहरी विभागले जनाएको छ ।बहादुरले SNS मा… पुरा पढौ

पृथ्वीदेखि चन्द्रमा-मंगल ग्रहसम्म ‘अन्तरिक्ष रेल’ चलाउने जापानीको योजना, पुरा हुन सय वर्ष लाग्ने (भिडियो सहित)

जापानले चन्द्र र मंगल ग्रहलाई पृथ्वी जस्तै बस्न लायक बनाउने भएको छ। उसले पृथ्वी, चन्द्र र मंगललाई जोड्न अन्तर–ग्रह ट्रेन सञ्चालन गर्ने योजना अघि सारेको छ। सुन्दा हास्यास्पद लागे पनि क्योटो विश्वविधालयको अनुसन्धानकर्ताहरूले यो प्रोजेक्टका लागि काजिमा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौंता गरेका छन्।  नेपालमा भर्खरै पूर्व पश्चिम रेलको लिक निर्माण थालनी भइरहेको बेला जापानमा पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलबारे अनुसन्धानकर्ताहरुले योजना सुनाइरहेका छन् । जापानको क्युटेक विश्वविद्यालयको ह्युमन स्पेसोलोजी सेन्टरका अनुसन्धानकर्ता र जपानी काजिमा कर्पोरेसनले जुलाई पहिलो साता पृथ्वीदेखि मंगल ग्रहसम्म… पुरा पढौ

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार ‘घटना घट्छ’ भन्ने आशय सहितको चिठ्ठी पोस्ट गरिएको पाइयो

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या गरेको अभियोग लागेका व्यक्तिलेगोली हानी हत्या गर्नु केहि अघि ‘पूर्व प्रधानमन्त्रीलाई हत्या’ गर्ने आफ्नो मनसायसहितको सङ्केत गर्दै युनिफिकेशन चर्चका आलोचकलाई पत्र पठाएको पाइएको अनुसन्धानका क्रममा फेला परेको छ ।प्राप्तकर्ताले आइतबार प्राप्त गरेको उक्त पत्रले आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीले चर्चप्रति महसुस गरेको कडा आक्रोश देखाउँछ, जससँग आबेको सम्बन्ध छ भन्ने विश्वास उसलाई थियो। पत्रबारे प्रहरी सचेत रहेको देखिन्छ। यो पत्र जुलाई महिना ओकायामा प्रिफेक्चरबाट पश्चिमी जापानको शिमाने प्रिफेक्चरमा प्राप्तकर्ताको ठेगानामा पठाइएको थियो।पुरुष प्राप्तकर्ता रहेको… पुरा पढौ

लसन कार्ड छ ? अब जेएमई रेमिट्यान्सको भुक्तानी यसैबाट गर्न सकिने

जापान  । नेपालीको लगानीमा संचालित जापान सरकारको सम्बन्धित निकायमा बिधिवत रुपले दर्ता भइ नेपालीहरुको पहिलो रेमिट कम्पनि बन्न सफल  जापान मनि एक्सप्रेस कम्पनि लि.(JME)ले नेपाल लगायत अन्य मुलुकमा पैसा पठाउन सहजताको लागि मोबाइल एप्स सुरु गरेको छ ।   ग्राहकहरुको  सहजताको लागि हालै जेएमई  रेमिट्यान्सले आफ्नो मोबाइलबाट एप्स डाउन्लोड गरी लसनको ATM मा गएर रकम डिपोजिट गर्न सकिने ब्यवस्था मिलाएको छ ।  “एप्स  लन्च गरिईसकिएको छ भने भुक्तानी गर्नको लागि लसन बैंक संग सहकार्य गरि JME डिपोजिट कार्ड पनि बजारमा ल्याएसकिएको छ”JME का सीईओ ओम… पुरा पढौ

बढ्ने भयो पश्चिम जापान रेलवे कम्पनीको ट्रेनको भाडादर

कोरोनाभाइरस महामारीको बीचमा घटेको यात्रु संख्याका कारण राजस्वमा आएको कमीलाई परिपूर्ति गर्नका लागि पश्चिम जापान रेलवे कम्पनी (JR West) ले १ अप्रिल, २०२३ बाट सान्यो शिन्कान्सेन बुलेट ट्रेनहरूको भाडा बढाउने छ ।फुकुओकाको शिन-ओसाका स्टेशन र हाकाटा स्टेशनलाई जोड्ने सान्यो शिन्कानसेन लाइनको नोजोमी र मिजुहो ट्रेनको लाइनको उच्च "ग्रीन कार" श्रेणीका लागि पूरक शुल्कहरू सहित आरक्षित सीट एक्सप्रेस भाडा ११० येन (लगभग ८० सेन्ट) र ४२० येन ($३) को बीचमा बढाइने जानकारी जुलाई १३ मा घोषणा गरेको छ ।द्रुत नोजोमी सेवा… पुरा पढौ

आर्थिक बोझ, स्वतन्त्रता गुम्ने भन्दै जापानीले ३० वर्ष नाघेपछि  विवाह गर्न चाहदैनन

सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन्। सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो। दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७ देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो। दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको… पुरा पढौ

कानागावा नेपाली कम्युनिटिद्वारा नवप्रवेशी नेपाली विद्यार्थीहरुलाई परामर्श तथा स्वागत कार्यक्रम

कानागावा नेपाली कम्युनिटिको आयोजनामा जापानमा नव आगन्तुक नेपाली विद्यार्थीहरुलाई लक्षित गरी स्वागत तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । जुलाई १७ तारिख आईतबार कानागावा प्रिफेक्चरको योकोहामामा आयोजित कार्यक्रममा नव आगन्तुक नेपाली विद्यार्थीहरु लक्षित गरी पार्टटाइम काम, भिषा, जापान बसाई तथा पढाइ सम्बन्धी विषयगत रूपमा आफ्नो अनुभव आदान प्रदान तथा ज्ञानहरु बाढ्दै जापानको दैनिकीमा आवश्यक सूचना र जानकारीको बारेमा परामर्श प्रदान गरिएको थियो । कानागावा नेपाली कम्युनिटीका उपाध्यक्ष तथा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका संरक्षक एवम् खानागावा सरकारका सल्लाहकार… पुरा पढौ