१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो रहनेछ यस पटकको नेपाल फेस्टिवल(विस्तृत जानकारी सहित)

-


     जनहित न्युज    
     श्रावण ७ गते २०७९


टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग तयारी सकिएको जनाएको हो ।

प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए अनुसार, जापानमा अन्य मुलुकहरुले आयोजना गर्नेभन्दा पृथकरुपमा नेपाल फेस्टिवल नेपाली र जापानीहरु नै बढी जम्मा भै नेपालको कला संस्कृति झल्काउने र जापानीहरु माझ नेपाललाई चिनाउने फेस्टिवलको मुख्य उद्देस्य रहेको छ । भियतनाम, थाइल्यान्ड, तथा इन्डोनेसियाको फेस्टिवल जस्तो नेपाली फेस्टिवलमा जापानी कम्पनीहरुले लगानी गरेका छैनन तर यसपाली बाट जापानीहरु पनि नेपाल फेस्टिवलको कार्यसमितिमा हामीसंग रहेर काम गरिरहेका छन् संयोजक श्रेष्ठले भने ।

नेपाल फेस्टिवल कति बजेबाट सुरु हुन्छ त ?
१२ औँ नेपाल फेस्टिवल यहि जुलाई ३० र ३१ तारिख बिहान १० बजेबाट साँझ ७ बजेसम्म हुनेछ । ३० तारिख सुरुवातमा स्टेज कार्यक्रम सहित सुभारम्भ गरिनेछ भने ३१ तारिख साँझ समापन कार्यक्रम आयोजना हुनेछ ।

नेपाल फेस्टिवलमा के के गरिन्छ त ?
यो मेला खासगरी नेपाली कलासंस्कृति तथा परम्परागत झाँकी तथा नेपालको पर्यटन लगायतका व्यवसायीक साझेदारी तथा प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिनँ लागिएको हो । तसर्थ मौलिक नेपाली गित/संगित तथा नृत्यहरु एवं विभिन्न सांस्कृतिक रिति/रिवाजहरु प्रस्तुत गरिनेछ । यसका अलवा विभिन्न रेस्टुरेन्ट,रेमिट्यान्स तथा विद्यालय जस्ता सेवा प्रदायक कम्पनीहरुको स्टलहरु रहनेछन् ।

व्यवस्थापन कसरी गरिन्छ त ?
मेला व्यवस्थापनका लागि आयोजकहरुले पर्याप्त स्वयमसेवकहरुको व्यवस्था गरेका छन् । एनआरएनए जापानका युवा संयोजक तथा मेलाका स्वयमसेवक संयोजनको जिम्मेवारी लिएका राकेस रुम्बाका अनुसार स्वच्छिक स्वयम सेवाका लागि अहिलेसम्म ६० जनाभन्दा बढी मानिसहरुले नाम दर्ता गराईसकेका छन् । ईच्छुकहरुले यो गुगुल फर्म मार्फत अझै नाम दर्ता गराउन सकिनेछ ।

https://docs.google.com/forms/d/1GZJCpx34V_DJ3MT19KR_bMUbh-51vphNw-k7K3ThaPE/viewform?edit_requested=true

सुरक्षा व्यवस्था के कस्तो छ त ?
जापानमा विगतका नेपाल फेस्टिवलदेखिनै धेरैको चासो भनेको हरेक मेलाहरुमा हुने नेपाली/नेपाली बिचको झैझगडा हो । यसपाली पनि मेला सुरु हुनु अघिदेखिनै यसबारे चासो राखिँदै आएको छ । त्यसैले मेलाका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलका अनुसार यस पटक केहि तलबी सुरक्षाकर्मीहरु पनि तैनाथ गरिनेछ भने जापान प्रहरी तथा गुप्तचर विभागमा समेत आवश्यक सहयोगका लागि अनुरोध गरिसकिएको छ ।

फोहोर व्यवस्थापन कसरी गरिन्छ त ?
जापानमा नेपालीहरुले फोहोर व्यवस्थापन नगर्ने गुनासो हरेक मेलाहरुमा आउने गरेको छ ।यस पटक त्यस्तो गुनासो नआओस भनेर, फोहोर फ्याक्ने निश्चित ठाउँ र भाँडोहरु राखिनेछ । जापानमै हुने मेला भएकाले जापानको फोहोर व्यवस्थापनबारे जानकार व्यक्तिहरुनै आउने हुँदा खासै समस्या नहुने अनुमान गरिएको छ । यद्यपी सहिरुपमा फोहोर व्यवस्थापनका लागि स्वयमसेवकहरुले भूमिका निर्वाह गरिने बताईएको छ ।

खानाको गुणस्तर त उहि सँधैको जस्तै त होलानी !
हालसम्म हरेक नेपाल फेस्टिवलहरुमा त्यहाँ बेचिने खानाका परिकारहरु गुणस्तरहिन हुने गरेको गुनासाहरु आउने गर्दछ । यसपाली पनि त्यस्ता गुनासो नआओस भनेर, खानाको गुणस्तर चेक गरि यदि गुणस्तरहिन फेला परे तुरुन्त कारबाही गर्ने बताईएको छ । त्यसका लागि एनआरएनए जापानकी महिलासंयोजक अन्जु भण्डारीको संयोजनमा एक विभाग नै छुट्याईएको छ ।

यसबाहेक अरु नी केहि छ की ?
यस पटकको मेलामा यस बाहेक स्वास्थ्य तथा अन्य सामाजिक/घरेलु विषयहरुमा पनि परामर्श लिन सकिने बताईएको छ । आयोजकहरुले बताए अनुसार सम्बन्धित विज्ञ तथा परामर्शदाताहरु नै रहने भएकाले प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

जापानीहरुलाई सजिलै जानकारी गराउने कुनै माध्यम छैन ?
छ, नेपाल फेस्टिवलको यो १२ औँ ससंकरणमा आईपुग्दा पहिलो पटक मेलाको आधिकारिक वेबसाइट बनाईएको छ । जहाँ मेलाको कुन दिन ? कति बजे के कस्ता कार्यक्रमहरु हुनेछन् ? कुन कुन पसल तथा कम्पनीहरुको स्टल छन् ? कसले के जिम्मेवारी सम्हालेका छन् लगायतका सबै जानकारी प्राप्त गर्न सकिन्छ । यो हेर्नुहोस्

ホーム

कोरोना संक्रमण बढेको छ, असर गर्छ कि ?
जापानमा अहिले माहामारी सुरुवात भएदेखिकै अत्यन्तै जोखमपूर्ण अवस्थामा छ । दैनिक झण्डै २ लाखको हाराहारीमा संक्रमण फैलिएको छ । यद्यपी जापान सरकारले मानिसहरुको गतिविधि तथा दैनिकीमा कुनै बन्देज नलगाएकाले आजको मितीसम्ममा मेलालाई असर गर्दैन ।तर उच्च सतर्कता अप्नाईने छ । जस्तै कोरोना संक्रमणको कुनैपनि लक्षण भएकाहरु तथा संक्रमितहरुको नजिकको सम्पर्कमा रहेकाहरुलाई मेलामा प्रवेश गराईने छैन । मञ्च तथा कार्यक्रम स्थलहरुमा सामाजिक दुरी कायम गराईनेछ । मास्क अनिवार्य लगाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?