७० वर्षीय वृद्धलाई ठगिनबाट जोगाएकोमा बागलुङ गलकोटकी सुमित्रा साहनी कार्कीलाई जापान प्रहरीद्वारा सम्मान

-


     जनहित न्युज    
     श्रावण ७ गते २०७९


बेला बेला नेपालीले जापानमा गरेका राम्रा र असल कार्यले नेपालीको शिरलाई उचो पारेको हुन्छ। कहिले रेलवेमा फ़सेका वृद्धवृद्धालाई आफ्नो ज्यानै जोखिममा राखेर उद्दारमा जुट्छन त कहिले आफ़्नो क्षेत्रको सरसफ़ाइको लागि अभियान नै संचालन गर्दछन भने कोहिले जापानमा हुने प्राकृतिक प्रकोपका बारेमा सूचना प्रदान गरेर सतर्क र सचेत रहन आग्रह गर्दछन ।
कम्भिनियनस स्टोरमा काम गर्ने नेपालीले जापानमा विभिन्न बाहानामा ठगिन लागेका जापानीज नागरिकसहित अन्यलाई जोगाएका घटना भने बेला बेलामा भैरहेका छन ।

यस्तै जापानको नागोयाको लसन कम्भिनियनस स्टोरमा करिब ३ लाख येन ठगिन लागेका एक वृद्दालाई बागलुङ ज़िल्लाको गलकोट स्थायी घर भै हाल सो स्टोरमा कार्यरत सुमित्रा साहानी कार्कीले जोगाएकोमा त्यहाको प्रहरीले उनीसहित संगै काम गर्ने कुनातालाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
गलकोट नगरपालिका वार्ड नम्बर ३ की कार्की ८ वर्ष अघि पारिवारिक भिषामा जापान आइ ४ वर्षदेखि सोही स्टोरमा कार्यरत रहेकी थिइन ।
गत बिहिबार कार्कीले स्टोरमा काम गरिरहेको समयमा करिब ७० वर्षीय जापानी वृद्दले ३ लाख येन बराबरको गुगल पे कार्ड खरिद गर्न खोजेपछि यति ठूलो रकमको उक्त कार्ड ठगहरूले वृद्दलाई फसाउनका लागि खरिद गराउन लगाएको हुनसक्ने आशंकामा आफ़नो म्यानेजरमार्फत प्रहरीलाई सूचित गराएर जोगाएकोमा खुशी व्यक्त गर्दै स्टोरमा नै आएर प्रहरीले सम्मान गरेको उनले बताईन ।

ठगबाट वृद्दलाई जोगाएकोमा प्रहरीले धन्यवाद व्यक्त गरेको र आगामी दिनमा यस्ता कार्य भएमा तत्काल प्रहरीलाई सूचनाहरू प्रदान गरि सहयोग पुर्याइदिनका लागि अनुरोध गरेको पनि कार्कीले बताईंन ।
विदेशी भूमिमा रहेर आफूले सकेको असल काम गर्न पाएको र जापानप्रहरीबाट सम्मानित हुन पाएकोमा आफूलाई गर्व लागेको र अझै यस्ता कार्य गर्नमा हौसला मिलेको कार्कीले बताईंन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?