जापान विशेष

जापानको निगाता र यामागाता क्षेत्रमा हालसम्म कै भारी वर्षाका कारण आपतकालीन चेतावनी जारी

जापानको निगाता प्रिफेक्चरमा भारी वर्षाको कारण सुरक्षित अवस्था अपनाउनका लागि त्यस क्षेत्रमा विशेष चेतावनी घोषणा गरिएको छ ।हालसम्म कै भारी वर्षा प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढीको मुसलधारे वर्षाले बाढी, पहिरो र खोलाको बाढीका कारण गम्भीर विपद्को उच्च जोखिम रहेको छ । यो कहिल्यै अनुभव नभएको भारी वर्षा हो। अर्कोतर्फ, यामागाता प्रिफेक्चरको मोगामी नदीमा बाढी आएको छ, र दक्षिणी तोहोकु र होकुरिकु क्षेत्रका अन्य भागहरूमा रेकर्ड-ब्रेक भारी वर्षा भइरहेकोले, कडा सतर्कता आवश्यक रहेको बताईएको छ ।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार तोहोकु र… पुरा पढौ

जापानले विदेशी विद्यार्थीको संख्यालाई ५ वर्षभित्र महामारी पूर्वको स्तरमा पुर्‍याउने लक्ष्य

जापानको शिक्षा मन्त्रालयले देशमा विदेशी विद्यार्थीहरूको संख्या र विदेशमा अध्ययन गर्ने जापानी विद्यार्थीहरूको संख्यालाई २०२७ सम्ममा क्रमशः ३ लाख र १ लाखसम्म राखी महामारी अघिको स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।महामारीले विदेशी विद्यार्थी आगमन र उच्च शिक्षा लिन जापानी विद्यार्थी बाहिर जान गम्भीर समस्या पुर्याएपछि यात्रा प्रतिबन्धले विदेशी विद्यार्थीलाई आकर्षित गर्न उत्सुक कर्पोरेट क्षेत्रलाई चिन्ताजनक बनायो।जापानले सन २०१९ मा ३ लाख १० हजारभन्दा बढी विदेशी विद्यार्थीहरू स्वीकार गरेको थियो यो संख्या हालसम्मको रेकर्ड उच्च हो। यो संख्या कोरोनाभाइरस महामारीका कारण पछिल्ला… पुरा पढौ

नव नियुक्त राजदूत सुवेदीले आफ्नो कार्यभार सम्हाले संगै ‘आजको काम आज़ै, भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन

जापानका लागि नेपाली राजदूतावासका नव नियुक्त महामहिम राजदूत दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यभार सम्हाले संगै ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन गर्ने भएका छन ।बुधवार जापानको मेगुरो स्थित राजदूताबासको कार्यालयमा आफ़नो पदबहाली संगै राजदूत सुबेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूताबासप्रति नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्नका लागि यहाँबाट प्रदान गरिने सेवालाई छिटो छरितो र सरल बनाइनका लागि बुधवारबाट नै लागु हुने गरि ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन गरिएको प्रेस नोट जारी… पुरा पढौ

जापानको लागि नेपालका आवासीय राजदूत सुवेदी जापान आइपुगे

यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा कार्य गरेका नव नियुक्त महामहिम राजदूतको रूपमा डा. दुर्गा बहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूतका लागि अगस्ट ३ तारिक अर्थात् बुधबार जापान आइपुगेका छन । बुधवार जापान आइपुगेका राजदुत सुवेदीलाई टोक्योस्थित नारिता  अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक राजदुत अम्बिका जोशी,द्वितीय सचिव जित बहादुर कार्कीसहित एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता सुभाष लामिछानेले नारिता बिमानस्थलमा स्वागत गरेका थिए । एक लाख भन्दा भन्दा बढि नेपालीहरुको समस्या, गुनासो समाधानमा उहाँको कार्यकाल एतिहासिक बन्न सकोस्… पुरा पढौ

जापानमा गर्मी बढेर ४१.१ डिग्रीसम्म पुग्यो, मानिसलाई बाहिर ननिस्कन आग्रह 

जापानभर तापक्रम बढेर धेरै क्षेत्रहरूमा ४० डिग्री सेल्सियस भन्दा माथिको उच्च रेकर्ड कायम गरेकोले मौसम एजेन्सीले गर्मीसँग सम्बन्धित रोगहरूको चेतावनी जारी गरेको छ।बुधबार तापक्रम उच्च रहने अनुमान गर्दै सरकारले पूर्वदेखि पश्चिम जापानसम्मका धेरै क्षेत्रलाई समेटेर सतर्कता जारी गर्दै गर्मीबाट बच्न पानी पिउन र बाहिर ननिस्कन आग्रह गरेको छ ।२०१८ मा कुमागाया, साईतामा प्रिफेक्चरमा देशकै उच्च तापक्रम ४१.१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो र २०२० मा हमामात्सु, शिजुओका प्रिफेक्चरमा सोहि बराबर रेकर्ड रहेको मौसम एजेन्सीले जनाएको छ । मंगलबार टोकियोको उत्तरी… पुरा पढौ

गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न, सिजुओकामा अर्जुन जंग बस्नेत र क्युस्युमा देविलाल गैरे अध्यक्षमा निर्वाचित

गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न भैरहेका छन ।केन्द्रीय समितिको महाधिवेशन आगामी महिनाको १३ तारिकका लागि नागोयामा हुने निश्चित भएसंगै हालसम्म कान्तो, नागोया , कान्साइ, सिजुओका र क्युस्यु क्षेत्रीय समितिका अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको क्षेत्रीय निर्वाचन सम्पन्न गराउने ज़िम्मेवारी पाएका निर्वाचन संयोजकहरूले जानकारी गराएका छन । जुलाई २७ तारिक सम्पन्न सीजुओका क्षेत्रीय समितिको अधिवेशनले अर्जुन जंग बस्नेतको अध्यक्षतामा एक महिला सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको… पुरा पढौ

ओन्सेनमा ‘निवस्त्र’ हुदाको त्यो पहिलो क्षण ! संस्मरण

नङ्ग्याउने भए जापानवासी नेपाली मित्रहरूले भन्ने कुराको छनक पाइसकेको थिएँ । प्रकाश पौडेल ‘माइला’ र लोकनाथ वस्तीले जापानी भाषामा ‘ओन्सेन’ भनिने प्राकृतिक रूपमा निस्किने तातोपानीको नुहाउने घरअगाडि पुर्याएपछि मचाहिँ मानसिक रूपमा नाङ्गिन तयार भइसकेको थिएँ । नेपालबाट आएका केही मित्रहरू त्यसबारेमा अनभिज्ञ थिए । वास्तवमा ओन्सेनमा नुहाउन जाँदा लुगा लगाएर प्रवेश गर्न पाइँदैन भन्ने कुरा मलाई थाहा थियो । ओन्सेनका बारेमा थाहा पाएकाले त्यहाँ अनिवार्य रूपमा नाङ्गिनुपर्दछ भनेर बुझिहाल्छन् । हामीलाई अनौठो लाग्ने तर सामूहिक रूपमा नाङ्गै नुहाउने त्यो परम्परा… पुरा पढौ

१२ औ नेपाल फेस्टीवल: जापान नेपाली एकता समाजको सहभागिता

जापानमा भर्खरै नेपाल फेस्टीवल सकिएको छ ।यो वर्ष २०२२ को १२औं नेपाल फेस्टीवलमा जापानमा रहेका धेरै सामाजिक संघ संस्थाले सह आयोजक भएर भाग लिने मौका पायो ।त्यसका लागि एनआरएनए जापान ,नेपाली दुतावास र फेस्टीवल आयोजक समितिलाई धन्यबाद नदिईरहन सकिदैन । जापान नेपाली एकता समाजले आफ्नो संस्थाको उद्धेश्यमा पनि नेपाल र जापान बिचको असल सम्बन्ध कायम गर्ने , नेपाली कला र संस्कृतिलाई संरक्षण सम्वर्द्दन गर्ने ,नेपाली चाडलाई सामुहिक पर्वका रूपमा मनाउने जस्ता उद्धेश्यहरू राखेको छ । एकता समाजले केही राजनीतिक ,केही… पुरा पढौ

गैर आवासीय नेपालीले राजनैतिक बाहेक सबै अधिकार प्राप्त गर्ने गरि अब नगरिकता पाउने छन- राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना(भिडियो सहित)

गैर आवासीय नेपालीले राजनैतिक बाहेक सबै अधिकार प्राप्त गरिने गरि नागरिकता प्रदान गर्ने ऐन पारित भएकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खुशी व्यक्त गरेका छन ।जापानको राजधानी टोकियोमा शनिबार नेपाल र नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने, नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने उद्देश्यले आयोजित १२ औँ नेपाल फेस्टिवलको उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपालीले पनि सहज रूपमा नागरिकता पाउने गरि हालै पारित नागरिकता विधेयक पास गराउन पाएकोमा… पुरा पढौ

जापानमा १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गर्ने

जापानमा नेपाली संस्कृति खानाबारेमा चिनाउने उदेश्यले टोकियोमा आयोजित नेपाल फेस्टिवलको उदघाटनका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गर्ने भएका छन ।जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको र सो कार्यक्रमको उदघाटनका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना ले गर्ने निश्चित भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले जानकारी दिएको छ । फ़ेस्टिवलका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै… पुरा पढौ