गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजु बस्नेत र अजय थापा कालु निर्वाचित

-


     जनहित न्युज    
     श्रावण १० गते २०७९


गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेत र नागोयामा अजय थापा कालु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

मंगलबार जापानको टोकियोस्थित शिन ओकुबोमा सम्पन्न कान्तो क्षेत्रीय समितिको अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे मित्र, इश्वर बस्नेत र गगन खत्री झकास लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी, सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरि सदस्यहरुमा सुनिल भण्डारी, राजु सुवेदी, चतुर्भुज सापकोटार जगन्नाथ खरेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्नसिंह बस्नेतले बताए ।

त्यसै गरि मंगलबार नै नागोयाको सान्नोमारु नाका कु मा सम्पन्न नागोया क्षेत्रीय समितिको छैठौ अधिवेशनबाट उपाध्यक्षमा किसानलाल उप्रेती, हरि कार्की, उद्धव पाण्डे र गोमा गौतम, सचिवमा तुलबिर थापा, सह सचिबमा सिद्ध थापा, कोषाध्यक्षमा संग्राम थापा र सह कोषाध्यक्षमा कुल भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक युवराज गौतमले जानकारी दिए ।

संयोजक गौतमका अनुसार निर्विरोध निर्वाचित हुने सदस्यहरूमा अर्जुन कार्की, छविलाल न्यौपाने, सोमनाथ गौतम, इन्द्रमणि गौतम, पूर्ण बोहोरा, टिकाराम चालिसे, ओमनारायण सापकोटा रहेका छन ।
यसैगरि अन्य निर्वाचित सदस्यहरूमा प्रेम साहनी, बिमला गौतम, दिपक खत्री, अमृत श्रेष्ठ, दिपेश श्रीस, कमल चालिसे, धनबहादुर खड्का, अर्जुन खत्री र कृष्ण बोहोरा रहेका छन ।
कान्तो क्षेत्रीय समितिको अधिवेशनको उद्गघाटन सत्रमा प्रमुख अतिथिको रूपमा रहेका समाजका संरक्षक दिलु खत्रीले संस्थालाई आर्थिक रूपमा पारदर्शी रूपमा संचालन गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रम शुभकामना व्यक्त गर्दै बोल्ने अधिकांश वक्ताहरूले समाजले जापानमा रहेका नेपाली समुदायमा अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गर्दै समाजको सो छविलाई क़ायम राख्नका लागि संस्थागत रूपमा संचालित गरिनुपर्नेमा जोड दिएका थिए ।
यसरी बोल्नेहरूमा समाजका उपाध्यक्ष रत्नसिंह बस्नेत, महासचिव नवीन निउरे सचिव लक्ष्मण कार्की, कोषाध्यक्ष डिलाराम गैरे, केन्द्रिय सदस्य खगराज गौतम, जीवन गैरे, सल्लाहकार रामकृष्ण वम मल्ल, विजय भण्डारी, बाबुराम सापकोटा, निम खड्का लगायत रहेका थिए ।
अधिवेशनमा समितिको वार्षिक प्रगति प्रतिवेदन सचिव दिनेश थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वर बस्नेतले प्रस्तुत गरेका थिए । उद्घघाटन सत्रको कार्यक्रमको अध्यक्षता रमेश खत्री, संचालन दिनेश थापा र स्वागत दुर्गाबहादुर खत्रीले गरेका गरेका थिए । भने घोषणा सभाको कार्यक्रम निर्वाचन समितिका सदस्य महेन्द्र साहनीले संचालन गरेका थिए ।

नागोयाको कार्यक्रममा गलकोट समाज जापानले सामाजिक कार्यमा जापानको नेपाली समुदायमा अग्रणी भूमिका खेलिरहेको वर्तमान अवस्थामा त्यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गलकोट समाज जापानका अध्यक्ष यम खत्रीले विवादरहित रूपमा समाजमा काम गर्न सबैलाई आग्रह गरे ।कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्तले गलकोट समाजले गर्ने हरेक कार्य संस्थाको उद्देश्य अनुरूप गरिनुपर्नेमा जोड दिए ।
अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य व्यक्तित्वहरूले समाजको गरिमालाई उचो राख्ने योजनासहितका कार्यक्रम संचालन गर्न आग्रह गरे । यसरी बोल्नेहरूमा संरक्षक मोहन खत्री सल्लाहकार पदम मल्ल, भेषनाथ गौतम कृष्ण,गंगा घर्तीमगर लगायत रहेका थिए ।
समितिका अध्यक्ष राम थापा काजीको अध्यक्षतामा सम्पन्न अधिवेशनको संचालन कृष्णलाल उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?