
नारामा पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा संदिग्ध व्यक्तिले प्रयोग गरेको बन्दुक ब्याट्रीले चलाउने गरी बनाइएको अनुसन्धानबाट खुलेको छ।
नारा प्रिफेक्चरल प्रहरीले पक्राउ परेका आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको घरमा जुलाई २४ मा खोजी गर्दा बन्दुक र बारूद बनाउन प्रयोग हुने सामानको रसिद बरामद गरेको थियो।
घटनामा प्रयोग गरिएको बन्दुकमा विनाइल टेपमा बेरेका दुईवटा धातुको सिलिन्डर रहेको र ट्रिगर तान्दा ६ वटा प्रक्षेपण गर्न सक्ने भएको अनुसन्धान स्रोतले जनाएको छ ।प्रिफेक्चरल प्रहरीले बरामद हतियारको जाँच गर्दा त्यसमा विद्युतीय तार र ब्याट्री रहेको भेटाएको थियो र यो विद्युतीय प्रवाहको साथ बारूदलाई प्रज्वलित गर्ने गरि डिजाइन गरिएको थियो।

यामागामीले गत वर्षको वसन्तदेखि यस वर्षको फेब्रुअरीसम्ममा कम्तीमा ६ वटा हातले बन्दुक बनाएको पाइएको थियो ।२०२१ को मार्चदेखि २०२२ को फेब्रुअरीसम्म उनले आफू बसेको ठाउँबाहेक एउटा अपार्टमेन्ट र शटरसहितको ग्यारेज भाडामा लिएका थिए । उनले भाडामा लिएको ठाउँलाई कृषि मल र अन्य सामग्रीबाट बारूद उत्पादन गर्न आधारको रूपमा प्रयोग गरेका थिए।

यामागामीले नाराको पहाडी क्षेत्रको सामग्री यार्ड नजिकै बारम्बार बन्दुकहरूको परीक्षण गरे । प्रिफेक्चरल प्रहरीले उनीले राम्ररी फायर गर्न सक्छ कि सक्दैन त्यो हतियार घातक छन् कि भनेर जाँच गरेको पाइएको उल्लेख गरेको छ ।

गत जुलाई २४ मा नारा प्रिफेक्चरल प्रहरीले हत्याको आशंकामा नारा सहरमा रहेको यामागामीको घरमा छापा मारेको थियो। रसिदका साथै उनले हत्या गर्नुअघि लगाएको लुगा पनि बरामद गरेको थियो। ।

नारा जिल्ला सरकारी वकिलको कार्यालयले जुलाई २२ मा यामागामीको मनोवैज्ञानिक मूल्याङ्कनका लागि नारा जिल्ला अदालतलाई सोध्यो र उनलाई जुलाई २५ का दिन बिहान ओसाका शहरको ओसाका कारागारमा सारिएको थियो। अनुसन्धान अवधि करिब चार महिना अर्थात् नोभेम्वर २९ सम्म चल्नेछ।



