
कानागावा नेपाली कम्युनिटिको आयोजनामा जापानमा नव आगन्तुक नेपाली विद्यार्थीहरुलाई लक्षित गरी स्वागत तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
जुलाई १७ तारिख आईतबार कानागावा प्रिफेक्चरको योकोहामामा आयोजित कार्यक्रममा नव आगन्तुक नेपाली विद्यार्थीहरु लक्षित गरी पार्टटाइम काम, भिषा, जापान बसाई तथा पढाइ सम्बन्धी विषयगत रूपमा आफ्नो अनुभव आदान प्रदान तथा ज्ञानहरु बाढ्दै जापानको दैनिकीमा आवश्यक सूचना र जानकारीको बारेमा परामर्श प्रदान गरिएको थियो ।

कानागावा नेपाली कम्युनिटीका उपाध्यक्ष तथा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका संरक्षक एवम् खानागावा सरकारका सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएनए जापानकी महिला उपाध्यक्ष संगिता अधिकारी सुवेदी, दिनेश महर्जन र नारायण कंडेल साथै जापानी नागरिक (जाईकाका कर्मचारी नेपालमा २ बर्ष जाईकाको प्रोजेक्टमा गएर आएका) नेपाल र नेपालीलाई मन पराउने मात्र नभई नेपाली भाषा राम्रोसंग लेख्न तथा बोल्न सक्ने तानाका कोउहेजी लगायत अतिथि तथा उपस्थित बुद्धिजीवी र विभिन्न पेशा तथा व्यापार व्यवसायिक क्षेत्रका व्यक्तित्वहरूले अनुभव र नयाँ विद्यार्थीहरूलाई सूचनामूलक विषय वस्तुहरू बारे जानकारी दिईएको थियो ।
कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष हरी सापकोटाको अध्यक्षता र यम कँडेलले संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठको स्वागत मन्तव्य र कम्यूनिटीका संरक्षक जिज्ञान कुमार थापा प्रमुख वक्ता रहेका थिए ।
औपचारिक कार्यक्रम सकेपछी नेपालबाट नव आगन्तुक विद्यार्थीहरुलाई पार्टटाइम काम, जापान बसाई तथा पढाइ सम्बन्धी विषयगत रूपमा आफ्नो अनुभव र जापानको दैनिकीमा आवश्यक परामर्श प्रदान गरिएको थियो ।






