
जापानले जुलाई २७ तारिकबाट नेपालबाट आउने ब्यक्तिको तेस्रो डोज खोप नलगाएता पनि एयरपोर्टमा कोरोना परिक्षण गर्न नपर्ने भएको छ ।
जापान सम्बन्धी जानकार जिज्ञान थापाका अनुसार अब जापान प्रवेश गर्ने नेपालीले होम क्वारेन्टिन पनि बस्नु नपर्ने गरि निर्णय गरेको छ।
यस अघि नेपाललाई पहेलो क्याटेगोरीमा राखेको जापानले जुलाई २७ तारिक बाट निलो क्याटेगोरिमा राख्ने भएको छ।
हाल नेपालमा ७२ घण्टा भित्रको PCR नेगेटिभ रिपोर्ट चाहिने बारेमा भने परिवर्तन भएको भन्ने सूचना नआएकोले अनिवार्य रुपमा गरेर आउन समेत भनिएको छ ।



