स्वर्गीय बिनोदको परिवारलाई घुम्टे युवा परिवार जापानले गर्यो १९ लाख जापानी येन सहयोग

- सुन्दर सपना सजाएर जापानको यात्रा तय गरेका बिनोदको दुर्घटनामा परि निधन

-


     जनहित न्युज    
     श्रावण ६ गते २०७९


जापान पुगेर राम्रो आम्दानी गरि परिवारको जीवनस्तर माथि पुर्याउनुका साथै सामाजिक संघसंस्थामा पनि सबैसँग हातेमालो गर्दै हिड़ने सुन्दर सपना सजाएर घरबाट जापानको यात्रा तय गरेका बिनोद थापाको परिवारलाई लागेको थिएन नै उनको १३औ दिनको पुण्यतिथिमा जापानबाट संकलित राहत रकम बुझ्नु पर्ला भनेर ।

भाग्यको खेल दैवको लीला बुझिसक्नु नहुने रहेछ २६ वर्षीय बिनोद चितवनको होलिभिजन स्कूलको बसको ठक्करबाट सवारी दुर्घटना परि जुन २१ तारिक सबैलाई रुवाउदै यस धर्तीबाट बिदा लिए । यो विदाईलाई अपांग बुवा रोगी आमा र साना ती दुई बहिनीहरूले चित्कार र आशुको भेललाई केहि भएपनि मलमपट्टी लगाउनका लागि लागिपर्यो घुम्टे युवा परिवार जापान र रकम संकलन गर्यो करिब १९ लाख जापानी येन ।

अपठ्यारामा परेका सहयोगको अपेक्षामा आखा डुलाएकाहरूलाई सक्दो सहयोग गर्दै आएको घुम्टे युवा परिवार जापानले यसपाली भने मनभरि पिडा र ती अशक्त बाबा आमा र सहाराको पर्खाइमा रहेका बहिनीलाई आखा वरिपरी राखदै पूर्व सहकर्मी स्वर्गीय बिनोदको परिवारको राहत रकम जम्मा गर्न गरेको आग्रहलाई मल्मबासीसहित विभिन्न ठाउका ३८३ जना नेपाली दाजुभाइ दिदीबहिनीको सहभागितामा सो रकम संकलन गरि थापाको तेह्रौं दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको अध्यक्ष दिनेश थापाले जानकारी दिए ।

सडक दुर्घटनामा परी ज्यान गुमाएका  बागलुङको गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापानसहित लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन् । घुम्टे युवा परिवार जापान शाखाको पहलमा संकलित १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त २ लाख रुपैयाँ
राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुवा द्रोणबहादुरलाई प्रदान गरेको घुयुप जापान शाखाका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिए ।
छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको अभियानको संयोजनकारी भूमिका निर्वाह गरेका उपाध्यक्ष दुर्गा थापा र युवा संयोजक प्रकाश केसीले बताए । ‘१ हप्तामै स्वस्फूर्त रूपमा रकम संकलन भयो, अभियानमा जापानमा रहनुभएका गलकोटे धेरै जोडिनुभएको छ,’ उनले भने, ‘दिवंगत विनोद थापाका बहिनीहरूको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौं ।’

राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए ।
वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरूले गर्ने सहयोग अतुलनीय रहने बताए । उनले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे ।
“जापान जान साईत गरेको हाम्रो छोराको अकल्पनीय घटनामा गुमाउदाको महाप्रलयसरी पिडाको ओखलमा खिचिएर थिलो परेको बेला हजुरहरुले दिएको सान्तवना,समबेदना र आर्थिक सहयोग कहिल्यै भुल्नै छैनौ” भाव विह्वोल अवस्थमा रकम बुझदै बुवा द्रोणले भने- घरको एक्लो सहारा छोरा गुमाउदाको पिर र पिडाले परिवारै मरेतुल्य भएका छौ । अझै समयसम्म होसमा फर्कन र सम्हालीन गाह्रो भईरहेको छ । तपाईहरूको साथ र सहयोगले केहि राहत मिलेको छ सम्हालिन बल मिलेछ ।
पिडाको आलो घाउ र परिवारको ऋण मुक्त गर्न घुम्टे युवा परिवार जापानको संयोजनमा संकलित सहयोग रकम पाउदा केहि राहत महसुश भएको आमा स्वर्गीय बिनोदकी आमा थुमा थापाले बताईन । उनले भनिन -यो अभियानमा जोडीएर सहयोग गर्नुहुने सबैको मनकारी मनहरू यो बज्रपातको दुखमा हाम्रो परिवारको अवस्था र घटनामा न्याय दिन चितवनसम्म पुगेर अहोरात्र खटनुहुने परिवारका सदस्यहरु आफन्तहरु गलकोट समाज चितवन परिवार, गलकोट समाज नवलपुर गैडाकोट परिवार,प्रहरी प्रशासन एव सबैलाई आमा थुमा थापाले धन्यबाद तथा आभार व्यक्त गर्दछु ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताए । गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उनको भनाइ छ ।

चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो । भिसा लागेर जापान जाने तयारीमा रहेका थापाले अल्पायुमै ज्यान गुमाएका थिए । उनका बुवाआमा र ३ बहिनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?