जापान विशेष

हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको दृष्य सामाजिक सञ्जालमार्फत राखेंमा आफ़्नो एकाउण्ट समेत बन्द हुने

सामाजिक संजाल मेटा (फेसबुक) टिकटक तथा ट्विटरले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याका देखाइएका दृश्य हटाएको छ । साथै कसैले त्यस्ता दृश्य राखेमा उसको खातासम्म निलम्बन गरिने जनाएको छ ।शुक्रबार आबेको हत्या पछि सामाजिक सञ्जालहरूमा हृदयविदारक देखिने गरि हत्याको भिडियो फ़ुटेज र तस्विर लगायतका सामग्रीहरु राखी जनमानसलाई अत्याएको कारण त्यस्ता दृश्य हटाईएको बताएका छन ।नारा सिटी बस्ने ४१ वर्षीय तेत्सुया यामागामीले घरमा बनाईएको बन्दुकको प्रयोग गरि पूर्वप्रधानमन्त्री आबेलाई पछाडीबाट आक्रमण गरेका धेरै भिडियोहरू सामाजिक सञ्जालमा प्रसारित भएका थिए। केहीले आक्रमण… पुरा पढौ

शिन्जो आबे: जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कट्टर राष्ट्रवादी नेता 

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी भएको हमलामा मृत्यु भएको छ। उनी ६७ वर्षका थिए। एउटा निर्वाचन अभियानमा सहभागी भएका बेला उनीमाथि गोली प्रहार भएको थियो।  जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका शिन्जो आबे आफ्नो कट्टर नीति तथा 'आबेनोमिक्स' सङ्ज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहे। सन् २०२० मा उनले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए।  यसअघि पहिलो कार्यकालमा आन्द्रासँग सम्बन्धित रोग देखिएपछि राजीनामा दिएका उनले सन् २०२० मा आफूलाई अल्सरको गम्भीर समस्या देखिएको बताएका थिए।… पुरा पढौ

विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे? 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनको हत्याप्रति विश्वले निन्दा गरेको छ। पूर्वप्रधानमन्त्री आबेमाथि चुनावी प्रचारमा सहभागी हुँदै गर्दा गोली प्रहार भएको थियो। जापान जहाँ 'गन भायलेन्स' र 'पोलिटिकल भ्यालेन्स'का घटना दुर्लभ जस्तै हुन्छन्, त्यहाँ पूर्वप्रधानमन्त्रीको नै गोली प्रहार गरी हत्या भएको छ। विश्वका नेताहरुको यस्तो प्रतिक्रिया जापानी प्रधानमन्त्री फुमियो किशिदाले घटनालाई निन्दनीय र बर्बर कार्यको रुपमा टिप्पणी गरेका छन्। उनले घटनालाई प्रजातन्त्रमाथिकै आक्रमणको संज्ञा दिएका छन्। यता, ह्वाइट हाउसले घटनाको निन्दा गर्दै घटनालाई नजिकबाट नियालिरहेको र आबेका परिवार… पुरा पढौ

बन्दुकधारीको गोली आक्रमणमा परेका जापानका पूर्व प्रधानमन्त्री आबेको उपचारका क्रममा मृत्यु 

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका ६७ वर्षीय शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा स्टम्प भाषण गर्ने क्रममा एक बन्दुकधारीको गोली आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।एलडीपी स्रोतका अनुसार गोली प्रहारपछि नारा मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरि कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा थिए।‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा उपाचारारत रहेका पूर्व प्रधानमन्त्री आबेको केहि समय अघि निधन भएको हो ।आबे किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै जुलाई १० हुन लागेको उपल्लो सदनको चुनावमा उम्मेदवारको लागि भाषण दिइरहेका बेला उनीमाथि बिहान ११:२५… पुरा पढौ

जापानी प्रधानमन्त्रीसहित एसियाली नेताहरूले आबे माथि भएको आक्रमणको कड़ा शब्दमा निन्दासहित स्वास्थ्यलाभको लागि गरे प्रार्थना

प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको सडकमा स्टम्प भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।जापानी जनता र विश्व नेताहरूले हत्याको प्रयासमा शोक व्यक्त गर्दै जापानमा भएको एक अत्यन्त दुर्लभ आक्रमण जसको राजनीतिक दलहरूले निन्दा गरेका छन ।जनतालाइ आफ़्नो भावनालाई नियन्त्रणमा राख्न आग्रह गर्दै किशिदाले ६७ वर्षीय आबे गम्भीर अवस्थामा रहेको बताए । आइतवारको माथिल्लो सदन चुनावको प्रचारका क्रममा उनीमाथि भएको आक्रमणलाई जापानको लोकतन्त्रका लागि अस्वीकार्य आक्रमण… पुरा पढौ

चुनावी अभियानको क्रममा बन्दुकधारीको आक्रमणमा परेका जापानका पूर्व प्रधानमन्त्री आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा,

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका शिन्जो आबेमाथि शुक्रबार संसदीय चुनावको प्रचारका क्रममा गोली प्रहारपछि ‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा रहेका छन । आज बिहान करिब ११ः३० बजे नारा शहरको यामातो–सैदाइजी स्टेसननजिकै भाषण दिइरहेका पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट एक व्यक्तिले गोली हानेर उपचारका लागि उनको हेलिकोप्टरबाट काशिहरा सिटीस्थित मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ । फायर डिपार्टमेन्टका अनुसार पूर्व प्रधानमन्त्री आबेको घाँटीको दाहिने छेउको घाउबाट र बायाँ छातीमा सबकुटेनियस भै रगत बगेको छ र उनी अहिले कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेका छन ।… पुरा पढौ

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, आक्रमणकारी पक्राउ

पूर्व प्रधानमन्त्री शिन्जो आबे शुक्रबार बिहान पश्चिमी जापानको सडकमा भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले आक्रमण गरेपछि बेहोस भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।आइतबार हुने निर्वाचनको प्रचारप्रसारका क्रममा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको चुनावी अभियानको लागि बिहान ११:३० बजे भाषण दिने क्रममा पूर्व जापानी प्रधानमन्त्री आबे पश्चिमी सहर नाराको शहरको यामातोसैदाइजी स्टेशन नजिकैको सडकमा पछाडिबाट गोली प्रहार भएको हो । गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको नारा प्रान्त प्रहरीले जनाएको छ ।आबे स्टेशनको उत्तर पट्टीबाट उभिएर… पुरा पढौ

घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधि गलकोट समाज जापानले चुम्यो

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधि गलकोट समाज जापानले चुमेको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । जापानमा हुने खुला पुरुष भलिबल प्रतियोगिता मध्यमा अत्यन्त शान्त र विवादरहित ढंगले सम्पन्न भएको उक्त प्रतियोगितामा उपाधी जित्ने गलकोट समाज जापानले नगद ३ लाख १० हजार रनिङ… पुरा पढौ

रेल्वे ट्र्याकमा फसेका वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भएका तीन नेपाली विद्यार्थीलाई जापान प्रहरीद्वारा सम्मानित

जापानको हिरोशिमा प्रान्तमा जापानी भाषा अध्ययन गर्न आएका तीन जना नेपाली विद्यार्थीले रेल ट्र्याकमा फसेका एक वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भन्दै त्यहाको स्थानीय प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।गत मे ९ मा हिरोसिमा प्रान्तको काइता शहरमा रहेको व्यावसायिक विद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीहरू २३ वर्षीय सचिन, सुमन र निराजले ७० दशकका वृद्धालाई पार्क नजिकैको रेल्वे ट्र्याकमा फ़सेका उनीहरूलाई बोकेर ट्र्याक पार गराइ बचाउन सफल रहि प्रशंसनीय कार्य गरेकोले सम्मानित गरिएको प्रहरीले जनाएको आरसीसी न्यूजले जनाएको छ… पुरा पढौ

पातलो हुने नाममा खानपान परिवर्तनको कारण युवतीहरुको तौल र उचाइ कम हुन थालेपछि जापान सरकारले सर्वेक्षण गर्ने

जापान सरकारले कम तौलका युवा वयस्क महिलाहरूको उच्च अनुपातलाई कम गर्ने प्रयासको रूपमा शरीरको छवि मनोवृत्ति, आहार, जीवनशैली, बानी, व्यवहार लगायतका विषयमा अनुसन्धानसहितको अध्ययन गर्न अनुसन्धान समूह गठन गरेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार भन्यो।अत्यधिक र असंतुलित खानपानले गर्दा कम तौलले व्यक्तिको स्वास्थ्यलाई पार्ने जोखिम, नवजात बच्चाहरूलाई हुनसक्ने खतराहरूसहितको अध्ययन र अनुसन्धान गर्न, यसको जोखिमहरू बारे सचेतना फैलाएर सामान्य तौल कायम राख्नुको महत्त्वको बुझाइमा सुधार गर्न स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सो समूह गठन गरेको बताएको छ ।चालु आर्थिक वर्षदेखि मार्चसम्म… पुरा पढौ