जापान विशेष

के जापानमा ह्याण्ड क्यास !! काम गर्दा कतैपनि देखिदैन त ? वास्तविकता यस्तो छ ।

आजकाल सामाजिक संजाल या ब्यक्तिगत रुपमा पनि ह्याण्ड क्यास काम अर्थात काम गरेको तलब बैंक खातामा नभई हातमै दिने कामको खोजी गर्नेहरुको संख्या अत्याधिक देखिन्छ । बिशेष गरी बिद्यार्थी र डिपेन्डेन्ट भिसामा रही हप्ताको २८ घण्टा भन्दा बढि काम गर्न नमिल्ने ब्यक्तिहरुबाट यस खालको अनुरोध भएको पाइन्छ ।जापानका अधिकांश कम्पनीहरुले आफ़्ना कर्मचारीहरुलाई बैंक मार्फ़त नै तलब भुक्तानी गर्छन । तर कम्पनीको अनुकुलता तथा कर्मचारीको अनुकुलता हेरेर ह्याण्ड क्यास मा तलब दिने कम्पनीहरु पनि हुन्छन् । बिशेष गरेर आरुबाइतो वा पार्ट… पुरा पढौ

नेपाल तामाङ समाज जापानको अध्यक्षमा कर्साङ तामाङ र महासचिवमा तेज थिङ निर्वाचित

जापान जापानमा रहेका तामाङ समुदायहरूको साझा संस्था नेपाल तामाङ समाज जापानको आठैा अधिबेशनबाट कर्साङ तामाङ अध्यक्षमा निर्वाचित भएका छन ।जुलाई ३ तारिक आईतवार राजधानी टोकियोमा भएको अधिबेशनलेबाट तामाङको अध्यक्षतामा २७ सदसयीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक हवलचन्द्र लामाले जानकारी दिए ।समाजको महासचिवमा तेज थिङ निर्वाचित भएका छन भने बरिष्ठ उपाध्यक्षमा अनु थोकर उपाध्यक्षमा बलराम थिङ, गिर बहादुर घिसिङ, स्मृति मोक्तान, कृष्ण घिसिङ कोषाध्यक्षमा सुस्मा लामा वाइबा सह कोषाध्यक्षमा अष्टमाया लामा र सचिवमा ललिता तामाङ, जनक थोकर चन्द्र दोङ तामाङ… पुरा पढौ

जापानी येनको गिरावटसंगै आईफोन र आईप्याडको २५ प्रतिशतसम्म जापानमा मूल्य वृद्धि

जापानी येनको मूल्यमा तीव्र गिरावट आइ असामान्य अवस्था आएको जनाउदै एप्पल कम्पनीद्वारा उत्पादित आफ्ना आईफोन र आईप्याडहरूको जापानमा मूल्य बढाएको छ।जापानको कमजोर स्थानीय मुद्राले गर्दा एप्पलले असाही समूह होल्डिङ्सदेखि लसनसम्मको खुद्रा ब्रान्डहरूको बढ्दो सूचीमा सामेल गरि बढ्दो उत्पादन लागतको सामना गर्न इलेक्ट्रोनिक्सका अन्य निर्माताहरूबाट मूल्य वृद्धिको सामना गर्न एप्पलले यो कदम चालेको बताएको छ ।क्युपर्टिनो क्यालिफोर्नियामा आधारित टेक दिग्गजले आफ्नो देशमा रहेका मोबाइल ग्याजेटहरूको मूल्यमा २५ प्रतिशतसम्म मूल्य वृद्धि गर्दा आइफ़ोन-१३ को प्रारम्भिक मूल्य ¥ १ लाख १७ हजार ८… पुरा पढौ

सात वर्षपछि पुन: तीन महिनाका लागि विद्युत् बचत गर्न जापान सरकारको अनुरोध

जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा बस्तीमा विद्यत् अभावबाट बच्नका लागि तीन महिना अवधिका लागि विद्युत् संरक्षणका लागि अनुरोध गरेको छ। गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युत् खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत् खपतमा सावधानी अपनाउन आग्रह गरेको हो। सरकारले सेप्टेम्बरदेखि विद्युत्को प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसहरूलाई उद्योग सञ्चालन तथा नागरिकको दैनिक जीवनमा बाधा सिर्जना नगरी  विद्युत् खपत स्तर कम गर्न आग्रह गरेको हो।  स्थानीय सञ्चारमाध्यमका अनुसार सातौँ दिनसम्म लगातार ३५ डिग्री… पुरा पढौ

पहिलो दिन नै जापानको काइदाबाट प्रभावित भएँ

नेपालमै राम्रो गर्न सक्ने मान्छे किन विदेशिने निर्णय गरेको? तिमी त यहीँ राम्रो गर्न सक्छौ, किन अर्काको देशमा जानुपर्यो? नेपालमै त्यस्तो राम्रो काम गर्ने मान्छे के देखेर जापान आएको होला? यात्रा तय गर्दा होस् या गन्तव्यमा पुगिसकेपछि, यस्ता कयौँ प्रश्न ममाथि वर्षिरहे। मेरो चाहना नबुझी सोधिएका यस्ता प्रश्नको जवाफ दिइरहन आवश्यक लागेन। कयौँलाई मुस्कुराउँदै टारेँ। लाखौँ खर्च गरेर परदेश पलायन हुनु अरु नेपालीलाई जस्तै मलाई पनि रहर त पक्कै होइन। तर तपाईंहरुले सोचेको जस्तो नेपालमा निराश भएर म विदेशिएको पनि होइन।… पुरा पढौ

जापानमाको कोचीमा अध्ययनको क्रममा दुर्लभ क्यान्सर पत्ता लागेका नेपाली युवा केशव खनालको निधन

क्यान्सरसँग लड्दै जापानको कोची सहरमा अध्ययनरत नेपालका एक विद्यार्थीको यहि जुन महिनाको २४ तारिख उपचारकै क्रममा मृत्यु भएको छ । सन् २०१९ मा ‘फेसनसँग सम्बन्धित कम्पनी खोल्ने’ सपना बोकेर नेपालबाट आएका जापान आएका थिए केसाब खनाल । उनि जापानमा अन्तर्राष्ट्रिय फेसन डिजाइन कलेजमा अध्ययनरत थिएँ।तर जीन्दगी सोचे जस्तो कहाँ हुनेरहेछ र ! खनाल जापानमा बिरामी परे र उपचारको क्रममा थाह भयो कि उनलाई क्यान्सर रोग लागेको रहेछ नेपाल न्यूज पोष्टले आफ़्नो समाचारमा उल्लेख गरेको छ। क्यान्सर लागेको थाह पाएपछि उनले… पुरा पढौ

गैरे सेवा समाज जापानको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भुमप्रसाद गैरे निर्वाचित

गैरे वन्धुहरूलाई एकताबद्ध बनाउदै सामाजिक कार्य गर्ने पवित्र उदेश्य २०११ मा स्थापना भएको गैरे सेवा समाज जापानको पाचौं अधिवेशनबाट भुमप्रसाद गैरे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।एनआरएनए आईसिसि सह-कोषाध्यक्ष टंक गैरे संरक्षक द्धय नेत्रप्रसाद गैरे(राजु) र झम्पलाल गैरेको प्रमुख आतित्थ्यता सोमबार जापानको ओसाकामा सम्पन्न अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि २१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद गैरे उपाध्यक्षमा गौरीशंकर गैरे, चेतराम गैरे, खिमप्रसाद गैरे र भवनाथ गैरे निर्वाचित भएको उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिए ।कार्यसमितिको महासचिवमा श्यामलाल गैरे, सचिव… पुरा पढौ

जापानमा उच्च तापक्रम,”विद्युत आपूर्ति र मागको कडा चेतावनी” मंगलबारको लागि पनि जारी

जापान सरकारले टोकियो र यसआसपासका क्षेत्रमा बस्ने नागरिकलाई मंगलबार पनि अनावश्यक रुपमा बत्ती नबाल्न आग्रह गरेको छ। सरकारले ‘विद्युत आपूर्ति र मागमा कडा चेतावनी’ जारी गर्दै ‘टेप्कोको कार्यक्षेत्रमा जारी अत्याधिक गर्मीका कारण जुन २८ तारिक विद्युत् आपूर्ति र मागमा गम्भीर असर पर्न सक्ने भएकोले वातानुकूलित उपकरणहरू सही रूपमा प्रयोग गर्दा सकेसम्म अनावश्यक रुपमा बत्ती नबाल्नको लागि आग्रह गरेको हो।गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक विद्युत् प्रयोग नगर्नको लागि आग्रह गरेको हो ।कान्तो क्षेत्रमा… पुरा पढौ

जापानको ओसाकामा म्याग्दीका अर्जुन रोकाको निधन

जापानको ओसाकामा एक नेपालीको निधन भएको छ ।नेपालको म्याग्दी ज़िल्ला मंगला गाउपालिका ४ बरंजा घर भै हाल ओसाकामा कार्यरत अर्जुन रोका मगरलाई आफ़नो कोठामा आफनो मृत अवस्थामा फेला पारिएको बताईएको छ । सात वर्षदेखि जापानमा आएका रोका विद्यार्थी भिसामा जापान आइ अध्ययन पश्चात् एक कम्पनीमा कार्यरत रहेका थिए । केहि दिनदेखि काममा नगएपछि उनी कार्यरत कम्पनीले खोजी गर्दा निजको कोठामा मृत अवस्थामा भेंटिएको बताईएको छ ।कपड़ा धुने मेशिनमा प्रयोग हुने तारले घाटीमा बेरिएको अवस्थामा शव फेला पारेकोले उनी आफैले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।… पुरा पढौ

जापानको पर्यटन व्यवसाय छाडेर अंगुर खेतीलाई उद्योगसम्म फैलाएका कुमार

उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौं’ भन्ने भावना त्यसबेला नै पलाएको थियो। निरन्तरको स्वअध्ययन, परीक्षण, मेहनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ। जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल भएका छन्।  नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरूप व्यावसायिकरूपमा अंगुर खेती तथा प्राकृतिक (अर्ग्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यात… पुरा पढौ