सात वर्षपछि पुन: तीन महिनाका लागि विद्युत् बचत गर्न जापान सरकारको अनुरोध

-


     जनहित न्युज    
     असार १९ गते २०७९


जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा बस्तीमा विद्यत् अभावबाट बच्नका लागि तीन महिना अवधिका लागि विद्युत् संरक्षणका लागि अनुरोध गरेको छ।

गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युत् खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत् खपतमा सावधानी अपनाउन आग्रह गरेको हो।

सरकारले सेप्टेम्बरदेखि विद्युत्को प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसहरूलाई उद्योग सञ्चालन तथा नागरिकको दैनिक जीवनमा बाधा सिर्जना नगरी  विद्युत् खपत स्तर कम गर्न आग्रह गरेको हो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार सातौँ दिनसम्म लगातार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको र यसबाट ‘अत्यधिक गर्मी’ भएको अधिकारीहरूले बताएका छन्। 

शुक्रबार टोकियोमा ३७.० डिग्री सेल्सियसमा पुगेको छ। विद्युत्को कमीबाट बच्न मानिसहरूले ऊर्जा संरक्षणका उपायहरू अपनाउनु विशेष गरी महत्वपूर्ण हुन भन्दै सरकारले साँझ ५ बजेदेखि ८ बजेसम्म कम विद्युत् खपतका लागि सूचना जारी गरेको हो। उक्त समय सौर्य ऊर्जा उत्पादन घट्दा विद्युत्को मागअनुसार आपूर्तिमा अभाव हुने देखिएको अधिकारीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?