
क्यान्सरसँग लड्दै जापानको कोची सहरमा अध्ययनरत नेपालका एक विद्यार्थीको यहि जुन महिनाको २४ तारिख उपचारकै क्रममा मृत्यु भएको छ ।
सन् २०१९ मा ‘फेसनसँग सम्बन्धित कम्पनी खोल्ने’ सपना बोकेर नेपालबाट आएका जापान आएका थिए केसाब खनाल । उनि जापानमा अन्तर्राष्ट्रिय फेसन डिजाइन कलेजमा अध्ययनरत थिएँ।तर जीन्दगी सोचे जस्तो कहाँ हुनेरहेछ र ! खनाल जापानमा बिरामी परे र उपचारको क्रममा थाह भयो कि उनलाई क्यान्सर रोग लागेको रहेछ नेपाल न्यूज पोष्टले आफ़्नो समाचारमा उल्लेख गरेको छ।
क्यान्सर लागेको थाह पाएपछि उनले भनेका थिए-
“म स्तब्ध भएँ किनभने मलाई मेरो जीवन वा भविष्यमा के हुन्छ थाहा छैन । मलाई नै क्यान्सर किन भयो?”रोगको पत्ता लागेपछि उनि अध्ययनरत स्कुलको पहलमा जापानमा विशेष उपचार गरिएको थियो ।उनमा रहेको आत्मविश्वास र उत्साहले उनले लगभग क्यान्सरलाई जितेका थिए । उपचारका अन्तिम चरणमा थिए । तर बिडम्बना अन्ततः उनले क्यानसरसंग हार्न पुगे ।
सन २०२० को डिसेम्बरमा उनको २४ औं जन्मदिनमा उनलाई “क्यान्सर” भएको पत्ता लाग्यो। यो “जर्म सेल ट्युमर” नामक दुर्लभ क्यान्सर थियो । जो एक वर्षभरमा पत्ता लागेका १ लाख क्यान्सर रोगीहरु मध्ये १/२ जना मानिसहरूमा मात्र यस्तो प्रकारको क्यानसर हुने गर्दछ ।केशव जसलाई एक डाक्टरले तुरुन्तै उपचार नगरे केही महिना मात्र बाँच्न सक्छ भनेर भनेका थिए ।
उनलाई त्यतिखेर विभिन्न व्यक्तिहरू( सहपाठीहरू, कम्पनीहरू, र विद्यालयका विद्यार्थीहरूले सरयोग उठाएर उपचार सुरुवात गरिएको थियो । पछि उनले उपचारको लागि अन्य विभिन्न सहयोगहरु प्राप्त गरि सघन उपाचार गराएका थिए । केशवको,जुलाई २०२१ मा, कोची शहरको एक अस्पतालमा शल्यक्रिया गरि ट्युमर सफलतापूर्वक हटाइएको थियो । तर पछि फेरि २०२१ को अक्टोबरमा क्यान्सरको केहि अवशेष भेटिए र उनी नेपाल फर्किए ।यद्यपी उनको अवस्था अव खतरामुक्त मानिएको थियो ।
जापानबाट फर्केपछि केशबले सन् २०२१ को डिसेम्बरमा विवाह गरे । त्यस पश्चात भारतको दिल्लीको एक विशेष अस्पतालमा क्यान्सरको उपचारलाई निरन्तरका दिए ।ट्युमरहरुको संख्या पनि घट्दै गएको थियो । तर यहि जुन २४ तारिख,र बिहान उनले टाउको दुखेको बताए गरे र अस्पताल गए। त्यसपछि उनको अवस्था एक्कासी परिवर्तन भयो र त्यहि कारण उनको मृत्यु भयो ।
खनालको मृत्युपश्चात,जापानी संचार माध्यममा प्रकाशित एक खबरमा उनको भाई जिबराजको भनाईलाई राख्दै लेखिएको छ – केशब सधैं भन्थे, “म मेरी श्रीमतीसँग जापान जान चाहन्छु।” म सबैलाई धन्यवाद दिन चाहन्छु जसले उहाँ एक्लै (परिवारबाट टाढा) हुँदा मलाई परिवारको रूपमा हेरचाह र सहयोग गरे । जापानमा बस्ने सम्पुर्ण “परिवार” लाई धन्यवाद । तपाईहरुले आफ्नै परिवारले भन्दा धेरै सहयोग गर्नुभयो।”
स्रोतः कोची टेलिभिजन



