
जापानको ओसाकामा एक नेपालीको निधन भएको छ ।
नेपालको म्याग्दी ज़िल्ला मंगला गाउपालिका ४ बरंजा घर भै हाल ओसाकामा कार्यरत अर्जुन रोका मगरलाई आफ़नो कोठामा आफनो मृत अवस्थामा फेला पारिएको बताईएको छ ।
सात वर्षदेखि जापानमा आएका रोका विद्यार्थी भिसामा जापान आइ अध्ययन पश्चात् एक कम्पनीमा कार्यरत रहेका थिए । केहि दिनदेखि काममा नगएपछि उनी कार्यरत कम्पनीले खोजी गर्दा निजको कोठामा मृत अवस्थामा भेंटिएको बताईएको छ ।
कपड़ा धुने मेशिनमा प्रयोग हुने तारले घाटीमा बेरिएको अवस्थामा शव फेला पारेकोले उनी आफैले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
सात बर्ष अघि बिवाह गरेर जापान आएका रोका मगर
एक पटक पनि नेपाल नगएको पारिवारिक स्रोतले बताएको छ ।कम्पनीमा कार्यरत उनले श्रीमतिलाई जापान बोलाउने तयारीमा रहेको समेत बताईएको छ ।
मृतकको शवलाई प्रहरीले नियंत्रणमा लिइ पोष्टमार्टम गर्न लागेको र उनको अन्तिम संस्कार कहाँ कसरी गर्ने भन्ने बारेमा नेपालमा रहेको घरपरिवारसँग आवश्यक छलफल भैरहेको एनआरएन आईसिसि सदस्य दिपक कार्कीले बताए ।
यस महिनामा जापानमा विभिन्न कारणबाट ७ नेपालीहरुको मृत्यु भएको छ मृत्यु भएको छ ।



