
जापान जापानमा रहेका तामाङ समुदायहरूको साझा संस्था नेपाल तामाङ समाज जापानको आठैा अधिबेशनबाट कर्साङ तामाङ अध्यक्षमा निर्वाचित भएका छन ।
जुलाई ३ तारिक आईतवार राजधानी टोकियोमा भएको अधिबेशनलेबाट तामाङको अध्यक्षतामा २७ सदसयीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक हवलचन्द्र लामाले जानकारी दिए ।
समाजको महासचिवमा तेज थिङ निर्वाचित भएका छन भने बरिष्ठ उपाध्यक्षमा अनु थोकर उपाध्यक्षमा बलराम थिङ, गिर बहादुर घिसिङ, स्मृति मोक्तान, कृष्ण घिसिङ कोषाध्यक्षमा सुस्मा लामा वाइबा सह कोषाध्यक्षमा अष्टमाया लामा र सचिवमा ललिता तामाङ, जनक थोकर चन्द्र दोङ तामाङ सर्वसम्मत रूपमा निर्वाचित भएको संयोजक लामाले बताए ।
सम्पन्न अधिवेशनबाट सदस्यहरुमा सत्यराम लामा, प्रकाश तामाङ, लक्ष्मी वाइवा तामाङ, मनिता मोक्तान, एलिना मोक्तान, रोतिस तामाङ, बुद्दिराज तामाङ, अमृत लामा, छोक्पा पाख्रिन तामाङ निर्वाचित भएका हुन । २७ सदस्यीय मध्य ५ जना सदस्यहरु आगामी बैठकले चयन गरिने बताईएको छ।
अधिबेशनमा समाजले गरेका कार्यहरु प्रगति प्रतिबेदनको महासचिव बलराम थिङले र आर्थिक प्रतिबेदन गिर बहादुर घिसिङले प्रस्तुत गरेका थिए।
नेपाल तामाङ समाज जापानका अध्यक्ष रुबिना तामाङको सभापतित्वमा सम्पन्न सो अधिबेशनको प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्न्वय परिषदका उप महासचिव ओम गुरुङ बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राइ गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक उप-संयोजक ददिवल खड्का रहेका थिए ।
अधिबेशनकै अवसर पारेर निर्माण भएको तामाङ् जागरण गीत प्रमुख अतिथि ओम गुरुङद्वारा बिमोचन गरिएको थियो ।



