
“हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो छैठौ अधिवेशनको जुलाई २६ तारिक हुने भएको छ ।
जुलाई २६ को लागि तय भएको कान्तो क्षेत्रीय समितिको अधिवेशन टोकियोको शिन ओकुबोमा रहेको सोलमारीको मुरा हलमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रमेश कुमार खत्रीले जानकारी दिए ।
केन्द्रीय समितिबाट कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष रत्नसिंह बस्नेतले जुलाई २६ तारिक हुने गल्कोट समाज कान्तोको छैठौ अधिवेशनमा टोकियोबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका लागि अनुरोध समेत गरेका छन ।
कार्यक्रम हुने स्थानको नाभीको लागि 169-0073 Tokyo Shinjuku City Hyakunincho 2-20-23
रहेको बताईएको छ ।
समाजको क्षेत्रीय समितिमा रहेर काम गर्ने ईच्छुक गलकोटे व्यक्तिहरूले निर्वाचन कमिटिमा सम्पर्क गर्नका लागि समेत सार्वजनिक रूपमै आह्वान गरिएको छ ।
सन २००६ मा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आई गलकोटेहरूका बिचमा भ्रातृत्वको विकास गरि जन्मभूमिप्रति सत्भाव व्यक्त गर्दै सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको समाजको छेठौ अधिवेशनको लागि क्षेत्रीय समितिका अधिवेशनहरू गर्न लागिएको हो । समाजको केन्द्रीय समितिको अधिवेशन २०२२ सेप्टेम्बर महिनाको ७ तारिक भित्रमा गरिसक्नुपर्ने निर्णय समेत गरिएको छ ।



