जापानबाट नेपाली चेली मिस प्रिटिनमा भाग लिन अमेरिका जादै, एनआरएनएले गर्यो सम्मान

-


     कविकिरण न्यौपाने     
     असार २७ गते २०७९


जापानमा दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउँदैं नेपाली चेली युमे अधिकारी मिस प्रिटिन प्रतियोगितामा भाग लिन अमेरिका जाने अन्तिम तयारीमा रहेकी छिन् ।

उनको उत्साहलाई थप प्रोत्साहित गर्नका लागि जापानकी गुडिया समेत भनेर चिनिने युमे अधिकारीलाई एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाले शनिबार विषेश कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

कार्यक्रममा एनआरएनए जापान, नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले युमे अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोविन्द श्रेष्ठ गोविन्द, आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि पोख्रेल, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम शितल , कार्यसमिति सदस्य रामकाजी थापा , तोकाई बाटिका ईन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारी ,गल्कोट समाज जापानका अध्यक्ष यम खत्री लगाएतले युमे अधिकारीलाई शुभकामना व्यक्त गरेका थिए।

नेपाली चेली अधिकारी जापानमा सम्पन्न सौंदर्न्य प्रतियोगितामा प्रथम भै अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको हो । जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा उनी आफ़्नो परिवारसंगै बस्दैं आएकी छिन्।

वाह्र वर्षीया युमे अधिकारीले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा टिन अन्तर्राष्ट्रिय- २०२२ सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी हुन्। सो प्रतियोगिता ४० वर्ष देखि लगातार आयोजना हुँदै आएको बताईएको छ।

उक्त प्रतियोगिता मिसेस फ्याबुलस अन्तर्गतको यौट्टा बाण्ड भएको र यसले अन्तर्राष्ट्रियकरण एवं सामाजिक योगदानका गतिविधिका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको युमेको अभिभावक तथा मामा कुशल धिताल बताउँछन् । आफ्नी छोरीलाई आर्शिवाद प्रदान गर्नु हुने र छोरीलाई हौसला प्रदान गर्ने सबैलाई युमेकी वुवा सन्जिब अधिकारीले धन्यवाद व्यक्त गरेका छन्।

उक्त प्रतिष्ठित प्रतियोगिता अमेरिकामा आगामी जुलाई २५देखी २७ तारिक आयोजना हुने बताइएको छ। आफुले स्कूलको पढाई संगै यस प्रतियोगितामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने युमे आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहासम्म आईपुग्न सजिलो भएको बताउछिन् ।

पढाई संगै उनी नेपाली, अंग्रेजी, जापानीज र कोरियन नृत्य तथा अंग्रेजी र जापानीज गीत गाउन समेत पोख्त छिन्। आफ्नी छोरीको कारण नेपाल र नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवसर पाएकोमा धेरै खुःसी छु , युमेकी आमा अन्जना धिताल (अधिकारी) ले बताईन । प्रतिस्पर्धाका लागि जुलाई २२ मा युमे परिवारसंग अमेरिका जादैं छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?