अल बिदा आबे सान ! आबेले कल्पना गरेका मुद्दा पुनर्जिवित गराउने प्रधानमन्त्री किशिदाको प्रतिबद्धता

- हत्याका पछाडि धार्मिक संस्थालाई संदिग्धकी आमाले चन्दा दिएर कंगाल बनाएको आरोप

-


     खगराज गौतम    
     असार २८ गते २०७९


मंगलबार पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि गरिएको छ । गत हप्ता भएको हत्याले राष्ट्रसहित विश्वलाई नै स्तब्ध बनाएको छ र जापानको रक्षा संयन्त्रलाई माझबुत बनाउने जस्ता आफ्ना प्रमुख नीतिहरूमा नयाँ शिराबाट सोच्न बाध्य पारेको छ ।

कुशल राजनीतिज्ञ जसले २०२० मा समाप्त भएको आफ्नो लामो कार्यकालको कीर्तिमानीले देशको अर्थतन्त्र र यसको कूटनीतिक स्वरूपलाई आकार दिएका थिए ।

किशिदाले सोमबार एक पत्रकार सम्मेलनमा भने- “पूर्व प्रधानमन्त्री आबेले जुन विषयलाई लिएर भावुक थिए, त्यसलाई कार्यान्वयन गर्न सकेनन्, म ती मुद्दाहरू उठाउनेछु।” त्यसमा जापानको शान्तिवादी संविधानलाई आफ्नो सेनाको वैधानिकता स्पष्ट पार्ने प्रयास पनि समावेश छ।
हत्याका पछाडि धार्मिक संस्थालाई संदिग्धकी आमाले चन्दा दिएर कंगाल बनाएको आरोप
प्रहरीका अनुसार संदिग्ध बन्दुकधारी नाराका ४१ वर्षे बेरोजगार व्यक्ति तेत्सुया यामागामी जो एक पटक जापानी नौसेनामा सेवा गरेका थिए । आफ्नी आमा धार्मिक संस्थाको सदस्य बनेर सम्पूर्ण सम्पत्ति हस्तान्तरण गरेपछि आफ्नो परिवारको आर्थिक समस्या सृजना भएकोले एक अनिर्दिष्ट धार्मिक समूहलाई दोष दिदै आएका छन ।

आबेको हत्या गर्नुको मुख्य कारण आमालाई आर्थिक रुपमा लुट्ने धार्मिक संस्थालाई आबेको समर्थन र सहयोग हुनुमा उनको आपत्ति देखिएको छ । आफू कुनै राजनीतिक प्रेरणाबाट प्रेरित भएको भन्ने कुरालाई अस्वीकार गरेको एनएचके र अन्य मिडियाले पुलिसलाई उद्धृत गर्दै जनाएका छन ।

अमेरिकी समाचार संस्था एपीको समाचारअनुसार सन् २००२ बाट यामागामीकी आमा आर्थिक रुपमा कंगाल भएकी थिइन् । कंगाल हुनुमा चर्चलाई दिइएको चन्दा मुख्य कारण हो । कोरियाली मूलका पादरीले सन १९५४ मा खोलेको युनिफिकेसन चर्चमा जापानमा मात्रै ६ लाख बढी अनुयायीहरु रहेको बताईएको छ ।

युनिफिकेसन चर्च जापानका प्रमुख तोमिहिरो तानाकाले चर्चलाई आबेले समर्थन गरेको उल्लेख गरेका छन् । २०२१ को सेप्टेम्बरमा युनिफिकेसन चर्चको एक कार्यक्रममा आबेले सम्बोधन गरेका थिए ।

विश्व शान्ति र एकीकरणका लागि पारिवारिक महासंघको जापानीसँग सम्बद्ध संस्था जसलाई पहिले एकीकरण चर्च भनेर चिनिन्थ्यो, संदिग्धकी आमा त्यस चर्चकी सदस्य थिइन भन्ने पुष्टि गरेको छ। संदिग्धको स्थायी मुद्दा चलाउनु अघि उसको मानसिक स्वास्थ्यको परीक्षण गरिने बताईएको छ ।
विश्वको बन्दुक नियन्त्रणको कडा बन्देज भएको देशमा आबेको हत्या घरेलु बन्दुकबाटै भएपछि विश्वभर चासो र चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?