वैदेशिक रोजगारीमा हुने हरेक नेपालीको कथा सहित कर्णालीको परिवेश समेटिएको “चिसो मान्छे” जापानमा प्रदर्शन हुदै

-


     जनहित न्युज    
     असार २७ गते २०७९


एक फरक किसिमको अनुभूति र रमाईलो संगै कर्णालीका बाढीपिडित भई बर्षौदेखी जंगलमा बास बसिरहेका पिडितका बालबलिकाहरुको उच्च शिक्षाका लागि छात्रवृत्ति अभियानको लागि चलचित्र ‘चिसो मान्छे’ जापानमा जुलाई १७ मा साँझ ६ बजे प्रदर्शन हुने भएको छ ।
KPS JAPAN TEAM को संयोजनमा जापानको नाकानो जेरो हलमा चलचित्र “चिसो मान्छे” को जापान प्रदर्शन गरिन लागेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए ।
चिसो मान्छे मुलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई प्रस्तुत गरिएको नेपालको यथार्थसंग हुबहु मेल खाने चलचित्र हो । नेपालको कर्णाली प्रदेशका जनजीवनलाई समेटने प्रयास गरेको “चिसो मान्छे” लाई जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको हो ।
“यो चलचित्र नेपाली जनजिवनलाई जस्ताको तस्तै देखाउने तथा कर्णाली क्षेत्रका नेपालीहरुको भोगाईलाई मौलिकरुपमा उतारिएकाले जापानमा हामीले प्रदर्शन गराउन लागेका हौँ “कर्णाली प्रदेश समाज जापानका अध्यक्ष शाहीले बताए ।
पशुपतिप्रसाद, आमाजस्ता प्रशंसित फिल्मका निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित पछिल्लो फिल्म चिसो मान्छेमार्फत कर्णालीको यथार्थता देखाउन खोजिएकोले सो चलचित्र प्रदर्शनबाट संकलित रकम पिडित बालवालिक़ाको निम्ति लगाइने भएकोले पनि जापानबासी नेपाली समुदायले साथ दिनेमा आफूलाई विश्वास लागेको शाहीको भनाइ छ ।
वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि नवयौवन भर्खर सुरु हुँदै गरेकी युवतीमा परेको मानसिक चोट र त्यसबाट सिर्जित विभिन्न परिस्थितीको मार्मिक तथा रोचक कथा बुनिएको फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाल प्रमुख भूमिकामा छन् ।
नयाँ पुस्ताले पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवात गर्ने प्रेरणा दिने भनिएको फिल्ममा निर्देशक खनालले काठमाडौंदेखि बाजुरासम्मको शवसँगको यात्रा देखाएका छन्। फिल्ममा स्वस्तिमा बाजुराकी ग्रामीण भेषमा मात्र देखिएकी छैनन्, त्यहीँको लवज र रहनसहनमा प्रस्तुत भएकी छन् । अर्पण र देशभक्तजस्ता कलाकारहरु पनि सोही प्रकारका भूमिकामा छन्।
मलाई धेरै पहिलेदेखि नेपाली माटोमा फिल्म बने हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो गन्ध चिसो मान्छेमा छ। यो कथा गाउँ गाउँमा घुमेको कथा हो। यसमा महिलाको पीडा मिठो ढंगले संवादमा व्यक्त भएको छु अभिनेता खनाल भने।

फिल्मका निर्देशक दीपेन्द्र के खनालले चिसो मान्छे आफूले आजसम्म बनाएका फिल्ममध्ये विशेष भएको बताएका छन्। कोभिडको समयमा हाम्रो समाज आफू मात्रै बाँच्ने प्रयास ग-यो। यस हिसाबले यसका सबै पात्र सबै चिसो छन्। यसमा निसासिएको क्यारेक्टर धेरै छु दीपेन्द्रले सुनाए दर्शकले यसमा आफ्नोपन, भाषा र कथा पाउनु हुनेछ। दर्शकको मन छुनेदेखि, सिकाउने, बुझाउनेलगायत धेरै कुरा समेटिएका छन्, जसले हरेक मानिसलाई छुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?