तस्विर समाचार

नेपालको मौलिकताका आधारमा विकासको मोडल तयार पार्नु पर्नेमा सभासद् शेरचनको जोड

नेपालको मौलिकताका आधारमा विकासको मोडल तयार पारेर देशलाई समृद्ध पार्नुपर्नेमा गण्डकी प्रदेशका सभासद तथा नेपाली कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनले बताएका छन ।  जापान भ्रमणमा रहेका सभासद् शेरचनले शनिबार जापानको टोकियोमा बिपी चिन्तक तथा गणेशमान श्रेष्ठ फ़ाउण्डेसनद्वारा आयोजित समृद्ध नेपाल र नेपालीको अभियानमा गैर आवासीय नेपालीहरुको कर्तव्य र नेपालले उनीहरूलाई दिने अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त विचार व्यक्त गरेका हुन ।  विकास भनेको निरन्तर चलिरहने प्रक्रिया रहेकोले नेपालको विकास मोडेल मोडेल तयार गर्दा अन्यबाट देशबाट प्रभावित नभई नेपाली समाज,… पुरा पढौ

मध्यपूर्वका एनआरएनएसंग उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले भने-सिपयुक्त श्रमिक उत्पादनका लागि एनआरएनएले सरकारसंग सहकार्य गर्न तयार छ

एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले एनआरएनएले श्रमिकका मुद्दामा काम गर्न नेपाललाई श्रम बजारको रूपमा विकसित गराउन पहल गर्नु पर्ने बताएका छन ।मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन देश दौड़ाहामा रहेका उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले शनिबार एनआरएनए एनसीसी दुबईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।वैदेशिक रोजगारीकलाई सुरक्षित बनाउन सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग एनआरएनएले सहकार्य गर्दै विश्व… पुरा पढौ

एनआरएनएको गरिमा र विरासतलाई आगामी नेतृत्वले फर्काउन सकोस, हार्दिक शुभकामना

गैरआवासीय नेपाली संघको आसन्न अधिबेशनमा उमेद्वारको लर्को सबैका लागि अचम्म लाग्दो तर आकर्षक देखिन्छ । यो संस्थाको इतिहासमै सबैभन्दा धेरै उमेद्वार मैदानमा भिड्दैछन । यसो हुनुको कारण यसअघि रोपिएको विऊ उम्रिएको भन्दा सायद फरक नपर्ला । वर्तमान कार्य समितिमा तीन-तीन जना अध्यक्ष सहित दर्जनौ पदाधिकारी छन् । आफू कुन पदको योग्य छु भन्ने हेक्का नराखिकन वा आफू पदमै बस्नुपर्छ भन्ने धारणा राख्दा यो संस्थाले केही बदनामी खेप्नुपर्‍यो। कतिपयले आफ्नो क्षमताभन्दा माथिको पदमा आँखा लगाउँदा यस किसिमको अवस्था आएको पनि महसुस… पुरा पढौ

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।  नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । “मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,”शर्माले भने,“मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ,यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ… पुरा पढौ

रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेकोनकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा… पुरा पढौ

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ टिम बलियो बनाउँदै, उपाध्यक्ष र महासचिवका उम्मेदवार सहित चुनावी अभियानमा

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहका बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको… पुरा पढौ

खोलाले बगाउँदा जीप सहित जीपमा सवार तीन जना यात्रु बेपत्ता

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझ बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रु वाहक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए । खोलामा आएको बाढीले बगाउँदा जीप सहित तीन जना यात्रु बेपत्ता भएको श्याम बोहोराले पनि बताए । भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी… पुरा पढौ

बाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम सार्की

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन् । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । वीरभानले खुसी व्यक्ति गर्दै… पुरा पढौ

गीतबाट फिल्ममा हाम्फालेका प्रकाश सपुतको परीक्षाः फिल्म ‘परदेशी २’

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।  फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनले जानकारी दिए ।  फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गरायाे । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि… पुरा पढौ

अभिनेता अनमोल केसी हिरासतमा, आपराधिक विश्वासघातविरुद्धको मुद्दा

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । अनमोलविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।  उनले भने–‘आपराधिक विश्वासघात गरेर ठगेको कसुरमा उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका हौँ ।’ चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको… पुरा पढौ