तस्विर समाचार

नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा

नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा भएको ‘आतङ्कवादी आक्रमण’को आलोचनासहित नेपाल सरकार इजरायलको साथमा रहेको जनाएको छ ।  ‘नेपाल सरकार आज इजरायलमा भएको आतङ्कवादी आक्रमणको कडा निन्दा गर्दछ, जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै छौँ, वक्तव्यमा भनिएको छ ।  मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण… पुरा पढौ

दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’, नेपाली घरफिर्तीको लागि सरकारले कूटनीतिज्ञ पहल सुरु

काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए । उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीले बताए । उनका अनुसार ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।… पुरा पढौ

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन ।एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले नेपालको लागि पर्यटन प्रवर्द्धन गर्दै

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बार्सिलोनामा ‘नमस्ते बार्सिलोना- २०२३’ कार्यक्रम हुने भएको छ । २२ अक्टुबर आइतबारका दिन बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली साँस्कृतिक कार्यक्रम नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले गर्न लागेको हो । नेपालीहरुका ठूला पर्व दशैं, तिहार तथा छटको अवसरमा बार्सिलोना नगरपालिका, साँस्कृतिक विभागसंग सहकार्य गर्दै नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हुन् लागेको हो । आयोजक नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले दशैं तिहार तथा छटको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन होस् भनेर… पुरा पढौ

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो । विसं… पुरा पढौ

रुपान्तरण सहितको साझा एनआरएनए बनाउन एसिया प्यासिफिकको संयोजकमा जापानबाट डिपी कंडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता दण्डपाणी कंडेल (डिपी)ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने योजनासहित कँडेलले रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् ।तहगत रुपमा आफ्नो क्षमता,समय र परिस्थिति अनुकुल पदहरुमा रहँदै एनआरएनए तथा… पुरा पढौ

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत हुने विश्व बैङ्कको अनुमान

विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।  विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।  यस वर्ष न्यून आर्थिक वृद्धिदर ९१।९ प्रतिशत०, बढ्दो… पुरा पढौ

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले गरिन् उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।  एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। काठमाडौँमा यही अक्टोबर १७ देखि २० सम्म हुन गैरहेको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा  एसिया प्यासिफिक महिला संयोजक पदमा आफुलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्। उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन… पुरा पढौ

विदेशीहरु शान्तिको साथ बस्न सक्ने देश जापान

जापान प्राय सुरक्षित देशको रुपमा चिनिन्छ । जुन २०२० मा जारी गरिएको विश्व शान्ति सूचकांक जापान नवौ स्थानमा छ र प्रमुख विकसित देशहरु मध्धे क्यानाडा पछि दोस्रो उच्च स्थानमा रहेको छ । जापानमा बन्दुक, तरवार जस्ता हातहतियारहरुको नियन्त्रण गर्नको लागि कडा कानून भएकोले कसैले पनि बन्दुक वा तरवार जस्ता हतियार बोकेर हिड्दैनन (अवश्य पनि, कम्मरमा तरवार बोकेका सामुराई पनि हुँदैनन्) । हामीले, जापानमा काम गरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्न पत्र र अन्तरवार्ताबाट जापानको जीवनको सन्दर्भमा सोधेका छौं। जापानमा रातीको… पुरा पढौ

बल्ल देखिन थाल्यो गोठभित्रै मोबाइलको टावर

गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुरले खुशी हुँदै बाहिर निस्केर आकाशतिर हेरे। ‘फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिएझैं लागेको छ,’ सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्तीमगरले भने। यसअघि निसेलढोरमा बस्दा कहिल्यै पनि सहज रूपमा फोन गर्न नपाएका उनलाई आफन्तसँग फोन गर्न परे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो। आइतबार दिउँसो एक्कासि गोठमै बसेका बेलामा मोबाइलमा म्यासेज आयो। म्यासेज आएको केही बेरमा बेंसीबाट… पुरा पढौ