आरके शर्माको पक्षमा समर्थन बढ्दै, खुलेर लाग्न थाले अभियन्ताहरु

-


     जनहित न्युज    
     असाेज ३० गते २०८०


काठमाडौँ । एनआरएनएको निर्वाचनमा उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी पर्दा मध्यपूर्वबाट उम्मेदवार बनेका आरके शर्माको पक्षमा माहोल तातिन थालेको छ । पहिलो पटक मध्यपूर्वबाट नेतृत्वका अवसर आएको भन्दै मध्यपूर्वका डेलिगेट्सहरु एकमत देखिएका छन् भने आरकेलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप, अमेरिकालगायका क्षेत्रका डेलिगेट्स पनि उत्तिकै सक्रिय देखिन्छ । जसका कारण चुनावमा आरकेको पल्ला भारी देखिएको अभियन्ताहरु बताउँछन् ।
उसो त आरकेको टिम समावेशी देखिएको छ भने उनलाई कांग्रेसदेखि कम्युनिस्टसम्मका अभियन्ताहरुले साथ दिएका छन् ।

यसैबीच कतारका एक अभियन्ताले आरके शर्मा दोहाको नेपाली समाजमा दोस्रो पुस्ताका सामाजिक ब्याक्तित्व भएको भन्दै आफू फरक राजनीतिक विचारधाराको भएपनि दिलदेखि साथ दिएको बताएका छन् । आफूमात्रै नभएर सबै एनआरएनए साथमा रहेको भन्दै उनल केही बर्ष देखि आफूले शर्माको सामाजिक गतिविधिलाई धेरै नजिकबाट नियालेको बताए ।
‘उहाँ समाजलाइ माया गर्ने मान्छे मात्र हैनन् आफैमा एक अनुशासित र असल मानिस हुन्, दुख पछिको सुख भोग्दै गर्दा समाजलार्इ आफ्नो सुख बाड्न कहिल्यै पनि पछि नपर्ने मान्छे हुन्, जसरी उहाँको ब्यापारीक पाटोले आकाश छुदैछ त्यसरिनै यता समाजमा सामाजिक जिम्मेवारी निभाउन पनि अग्रसर हुनुहुन्छ, कोहि पनि आफैमा पुर्ण हुदैनन् तर शर्माज्यु भने पुर्ण समाजको अहोरात चिन्तिन मनन गर्ने गरेको पाएको छ’, उनले भने ।

एनआरएनएको इतिहासमा कतारको नाम सदै उच्च रहदै आएको भन्दै त्यसका लागि अभियान्ताहरुको नै त्याग र मिहिनेतलाई सम्मान साथ स्वीकार गर्नुपर्ने बताए । खाडीमा कार्यरत सम्पुर्ण नेपालीहरुको मुद्दा  र तिनका आवाज बनेर बोल्ने ब्याक्तिले चुनाव जित्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘मैले यो पटक आस्थालार्इ आच आउन नदिई एनआरएनए भन्ने साझा सामाजिक सस्थालाइ भावनात्मक र साङठानिक रुपमा बलियो बनाउन आरके शर्माज्यु जस्तो जमिनबाट उठेको र माटो चिनेको ब्याक्ति अनि उहाको टिमलाई भोट दिने निधो गरेँ र तपाइहरुलाइ पनि एक पटक आरकेको बारेमा सोच्नुहुन अनुरोध गर्दछु।’
विभिन्न देशका अभियन्ताहरु र सिंगो एनसीसी पनि उनको पक्षमा खुलेर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?