तस्विर समाचार

सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर कति हुनुपर्छ ?

हाल सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्ष हुनुपर्ने कानुनी मान्यता रहेको छ। यद्यपि पछिल्लो समय सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्षभन्दा कम हुनुपर्ने र १६ वर्षसम्म राखिनुपर्ने विषयमा बहसहरु भइरहेका छन्। भारतमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालिग मानिँदैन।भारतको इण्डियन मेजोरिटी एक्ट-१८७५ का अनुसार १८ वर्ष पुगेको व्यक्तिलाई बालिग मानिएको छ। भारतको संविधानको ६१ औं संशोधनले पनि १८ वर्ष पुगेपछि मतदानको अधिकार र ड्राइभिङ लाइसेन्स बनाउन पाउने अधिकार दिइएको छ। त्यसैगरी बाल विवाह निषेधसम्बन्धी नियम २००७… पुरा पढौ

रामकुमारी झाँक्रीको त्यो अभिव्यक्ति र एनआरएनएको ‘नेपाली पारा’

११ औँ महाधिवेशनबाट विभाजित भएसँगै यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए)बारे विभिन्न टिप्पणी भइरहेका छन् । विभाजनअघि नै एनआरएनएको गलत प्रवृत्तिबारे रामकुमारी झाँक्रीको अभिव्यक्ति चर्चित बनेको थियो । गत बुधबार ११ औं महाधिवेशनमा नागरिकता तथा मताधिकार सेसन अन्तर्गत अतिथिको रुपमा बोलाइएका थिए–नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, पूर्व उपसभामुख चित्रलेखा यादव, पूर्व सांसद सूर्य पाठक, नागरिकता टास्क फोर्सका दुर्गा पाठक लगायत । सो क्रममा गैरआवासीय नेपालीहरुलाई राजनीतिक र मताधिकारबाहेकको नेपाली नागरिकता दिने निर्णयविरुद्ध बेलायतका केही एनआरएनएहरुले अभिव्यक्ति दिए । उनीहरुले वंशजको… पुरा पढौ

दशैंभर मौसम सफा रहने

दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने छ ।मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि दशैंभर मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । मौसमविद्… पुरा पढौ

विजया दशमीको टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।  विजयादशमी आफैँमा शुभ दिन भएकाले आज… पुरा पढौ

रानीमहल नजिकै जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

पाल्पाको तानसेन रानीमहल सडक खण्डमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज साँझ ५ बजे जीप दुर्घटना भएको हो । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् । दुर्घटना अप्ठ्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ… पुरा पढौ

कालीगण्डकी किनारमाबालुवा चाल्ने मजदुरलाई आएन दशैँ !

गाउँ–शहरमा दशैँ छाइसकेको छ । धेरैलाई दशैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभाष छैन । दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपाली दशैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भने, ‘पैसा नभइ दशैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने… पुरा पढौ

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई जानकारी दिए । भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ । बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त… पुरा पढौ

गैर आवासीय नेपाली संघ (एनआरएनए)  ‘फेरि विभाजन’

गैर आवासीय नेपाली संघ (एनआरएनए)  फेरि विभाजन भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणा गरेपछि औपचारिक रूपमै विभाजित भएको हो । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि विवाद सुरु भयो । अरु पनि त्रुटि देखिएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने बताए । केसीसहित अध्यक्षहरु… पुरा पढौ

राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो । २० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति कान्साइको अधिवेशन अक्टोबर ३० मा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको अध्यक्ष गैरेले बताए । उनका अनुसार अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप… पुरा पढौ