नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा चौथो खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने

-


     जनहित न्युज    
     कार्तिक १ गते २०८०


नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा चौथो खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवं सहकार्यको वातावरण सृजना गरी भलिबलको विश्वव्यापी मूल्य र मान्यता अनुसार संस्थाले स्थापना कालदेखि नै खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण आगामी नोभेम्बर २८ तारिकका दिन साईतानाकेनस्थित टोडा स्पोर्ट सेन्टरमा हुन लागेको शाखाका अध्यक्ष बुद्ध बस्नेतले बताए।

जापान शाखाले चौथो पटक आयोजना गर्न लागेको प्रतियोगिता सञ्चालनका लागि अध्यक्ष बुद्ध बस्नेतको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उप-समिति गठन गरिएका छन् भने
प्रतियोगितामा प्रथम हुने टिले ३ लाख २० हजार येनसहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने टिमले २ लाख २० हजार प्राप्त गर्ने छन भने सान्तवना स्वरुप दुई टिमलाई ५५ हजार येन प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विद्यामा पुरस्कृत गरिने व्यहोरा महासचिव प्रकाशचन्द जोशीले जानकारी दिए।

नेपालको राष्ट्रिय खेल भलिबलको माध्यमबाट जापानमा रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गराउँदै सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै खेल संयोजक भिक्टर ठाडा मगरले प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी, जापानमा रहेका विभिन्न संघ-संस्था र आर्थिक-भौथिक सहयोग गर्ने सम्पूर्णलाई आग्रह समेत गरेका छन्।

प्रतियोगितामा समावेश हुनका लागि संस्थाले निर्धारणले गरेको खाता र समयमा दर्ता शुल्क ४ मान येन डिपोजिट गरि अफिसियल २ जना र खेलाडी ८ जना गरि नाम समेत टिपाएर दर्ता गरिनेछ।

नेपालको रास्ट्रिय खेल भलिबल खेलको माध्यमबाट जापान भित्र रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउदै सदभाब र भाईचारा बिस्तार गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको छ प्रचार प्रसार संयोजक दिनेश थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?