तस्विर समाचार

‘जि एण्ड के कम्पनी’ले मासिक ३०० ‘जिबि हाईस्पिड ईन्टरनेट’ सहितको वाईफाइ ‘डिभाइस’ मासिक ३५०० येनमा दिने

मोबाईलमा युट्युव, टिकटक वा फेसबुकमै पनि भिडियो धेरै हेर्ने व्यक्तिलाई मोबाईलमा उपलब्ध औषत २० 'जिबि डाटा' अपर्याप्त हुन्छ । तोकिएको 'डाटा' सकिएपछि थप चलाउँदा चर्को शुल्क पर्न जाँदा जापानमा मासिक १ 'मान' वा त्यो भन्दा बढि रकम तिर्ने धेरै नेपाली हुनुहुन्छ । यदि तपाईंपनि यस्तै समस्यामा हुनुहुन्छ भने एकसाथ ७ जनासम्मले चलाउन मिल्ने 'पकेट वाईफाई' कर बाहेक मासिक ३,५०० येनमा उपलब्ध भएको छ । मध्य टोकियोको शिनओकुबोमा रहेको 'जि एण्ड के कम्पनी'ले मासिक ३०० 'जिबि हाईस्पिड ईन्टरनेट' सहितको 'डिभाइस' उपलब्ध… पुरा पढौ

नेपाल भलिबल संघ जापानको आयोजनामा भएको खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचाल्यो ।

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा स्पोर्टस हलमा भएको जापानव्यापी तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले हात पारेको छ । गलकोट समाज जापान गलकोट स्पोर्टस क्लब टोकियोका बिचमा भएको फाइनल खेलमा गलकोट समाज जापानले २५-२३ र २५-१६ को सोझो सेटमा स्पोर्टस क्लब टोकियोलाई हराउदै तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा खेल भएपनि समाजका खेलाडीको उत्कृष्ट खेल प्रदर्शनबाट स्पोर्टसलाई १६ मा नै रोकेर… पुरा पढौ

जापानमा बुधबार थप १५ जनामा ओमिक्रोन संक्रमित रहेको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

यस महिनाको ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस "ओमिक्रोन स्ट्रेन" को संक्रमण पुष्टि भएसंगै अब ओमिक्रोन स्ट्रेनबाट संक्रमितको संख्या जापानमा ३२ पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुष आगन्तुकमा ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएको एनएचकेको समाचारमा जनाएको छ । जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइन… पुरा पढौ

देउवालाई बधाई दिँदै पौडेलले भने- एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्न सुझाव दिएका छन् । बुधबार विज्ञप्ति जारी गरी पौडेलले सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो रहेको बताए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ । उनले ६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही… पुरा पढौ

कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्। दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ । यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई… पुरा पढौ

१५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिको लागि विज्ञापन खुला गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो । आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेछ । चैत्र १५ परीक्षा सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ… पुरा पढौ

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार हुने तेस्रो रनिङ कप भलिबल प्रतियोगिताको टाइसिट सार्वजनिक

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यताका साथ नेपाल भलिबल संघ जापानको आयोजनामा भोलि अर्थात् बुधबार साइतामाको तोड़ा स्पोर्टस सेण्टरमा हुने तेस्रो रनिङ कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन टोकियोमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेलको टाइसिट सावर्जानिक समेत गरिएको छ । सार्वजनिक गरिएको टाईसीट अनुसार नौ समूहको सहभागिता रहने मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी गराए । प्रतियोगितामा गलकोट स्पोर्ट क्लब र एनबिए जापान, सुजिओका स्पोर्ट क्लब र… पुरा पढौ

काँग्रेस सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ। आज (मंगलबार) दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ । मतदानका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन्। राष्ट्रिय सभागृह बाहिर प्रदर्शनीमार्गमा काँग्रेस नेता कार्यकर्ताको ठुलो भीड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएको छ। पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो। दोस्रो चरणमा… पुरा पढौ

नेपाली कांग्रेस महाधिवेशन: शेरबहादुर देउवा शीर्ष स्थानमा रहे पनि जितका लागि आवश्यक मत पाएनन्

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बीबीसीसँग भने: "निर्वाचन दोस्रो चरणमा गयो। अब निर्वाचन समितिको बैठक बसेर दोस्रो चरण कहिले गर्ने निर्णय गर्छौँ।" मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार पाँच जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका… पुरा पढौ

जापानमा फेरि चार जनामा ओमिक्रोन संक्रमित भेटियो, हालसम्म १७ जना पुगे

यसै महिनाको ६ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिका र अन्य देशबाट जापान प्रवेश गरेका चारजना पुरुष र महिलामा नयाँ कोरोना भाईरसको म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ बाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन स्ट्रेनबाट संक्रमण पुष्टि भएको होयहि महिनाको ६ तारिखमा नाइजेरियामबाट नारिता एयरपोर्ट हुदै जापान आएका ४० वर्षीय पुरुष सहित ८ तारिक कान्साइ एयरपोर्टमा आएका २० वर्षीय अमेरिकी नागरिक, सोहि दिन नारिता एयरपोर्टमा केन्याका ३० वर्षीय अर्कों नागरिक त्यस्तै संयुक्त राज्य अमेरिकाबाट… पुरा पढौ