१५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

-


     जनहित न्युज    
     मंसिर २८ गते २०७८


काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिको लागि विज्ञापन खुला गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेछ । चैत्र १५ परीक्षा सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।

त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तत्काल विज्ञापन खोल्न निर्देशन दिएका थिए ।

विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?