तस्विर समाचार

जापानमा बगैचाबाट नै एक हप्तामा १४,४०० आरु चोरी भए

जापानको यामानाशी प्रान्तको फुएफुकी शहरमा रहेको बगैचाबाट करिब १५ लाख बराबरको ५,००० वटा आरु चोरी भएको छ ।प्रहरीले जुन २१ मा दिउँसो करिब ३ बजे एक किसानले बगैचाबाट आरु चोरी भएको उजुरी फोनमार्फत पाएपछि करिब ५ हजार आरु हराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। चोरिएको आरु मिसाका हाकुहो नामक जातको हो। चोरी भएको फलको मूल्य १५ लाख येन अनुमान गरिएको छ।सूर्यको प्रतिबिम्बित किरणबाट बचाउन र आरुको रंगलाई जोगाइ राख्नको लागि रूखको मुनि राखिएका सेतो पानाहरूमा गाडीको टायर ट्र्याकहरू फेला परेको प्रहरीले… पुरा पढौ

सहिद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा ताराखोला गाउपालिकाले युद्द स्तम्भ बनाउने 

बागलुङको ताराखोला गाउपालिकाले युद्द स्तम्भ बनाउने भएको छ । सशष्त्र द्वन्द्वको समयमा ताराखोला सबैभन्दा बढी प्रभावित र जनयुद्वको आधारभूमिको रुपमा चिनिन्छ । उक्त समयको स्मृतिका लागि स्तम्भ बनाउने तयारी भएको गाउँपालिका अध्यक्ष धनबहादुर बिक ‘हिमाल’ले बताए । सहिद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा युद्व स्तम्भ बनाउने भएको हो । जनयुद्ध दिबशमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष बिकले बताए ।बिहिबार सार्वजनिक गरिएको बजेटमा पनि गाउँपालिकाले स्तम्भ निर्माणका लागि बजेट बिनियोजन… पुरा पढौ

गलकोट नगरपालिकाले ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक, विकास खर्चमा १ करोड ५ लाख

गलकोट नगरपालिकाले आगामी आर्थिक बर्षको कुल ६८ करोड ७५ लाख ३९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।  गलकोट नगरपालिकाको ११ औँ नगर सभाको अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले शुक्रबार बजेट सार्वजनिक गर्नुभएको हो ।  नगरपालिकाले आन्तरिक आयतर्फ कर शुल्क तथा दस्तुर र सेवा शुल्क गरी १ करोड ९५ लाख तथा विविध आय गत वर्षको वैंक मौज्दात रु १ करोड ९ लाख गरी जम्मा रु ३ करोड ४ लाख र नगद जनसहभागिता ५ लाख अनुमान गरिएको छ । … पुरा पढौ

एक महिनामा मात्र वैदेशिक रोजगारमा जान ६२ हजार ३४९ जनाले लिए श्रम स्वीकृति

गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् । २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।  श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । विभागका अनुसार ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको छ ।  जेठ महिनामा कतार जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो महिना… पुरा पढौ

जापानको अध्यागमनका कर्मचारीले थुनामा रहेका विदेशीलाई दुर्व्यवहार गरेको अदालतको ठहर, क्षतिपूर्ति दिन आदेश

जापानको एक अदालतले बिहीबार टोकियोको एक अध्यागमन सुविधामा २०१८ मा जबरजस्ती रोक लगाउने क्रममा घाइते भएका ब्राजिलियन व्यक्तिलाई १ लाख येन ($ 734) क्षतिपूर्ति तिर्न आदेश दिएको छ।टोकियो जिल्ला अदालतले बन्दीमाथि अध्यागमन अधिकारीहरूले प्रयोग गरेको शारीरिक संयम गैरकानूनी भएको फैसला सुनाएको छ।विभिन्न अध्यागमन सुविधामा सरुवाको विरोध गर्दा घाइते भएका आन्द्रे कुसुनोकीले यस्तो कारबाही अनावश्यक भएको भन्दै जापानी सरकारविरुद्ध मुद्दा हालेका थिए।फैसला सुनाउँदा प्रधानन्यायाधीश रयोटा शिमोजावाले यस्तो संयमले ल्याउन सक्ने खतरा वादीले महसुस गरेको डर र "मानिसको रूपमा सम्मान नगरेकोमा आफूले… पुरा पढौ

हनी ट्र्याप : सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद !

झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ । सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ । सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको… पुरा पढौ

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले रु। ५० लाख बजेट समेत विनियोजन गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि रु। ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि २४  नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट… पुरा पढौ

जो जापानको तामा नदीमा अस्ताए

बागलुङ – जापानमा छुट्टिको दिन थियो । राजधानी टोकियोको ताचिकावामा बस्ने १४ वर्षीय देवेन पाण्डे र १३ वर्षीय क्रिस पाण्डे फुटबल खेल्न आइतबार नजिकैको पार्कमा पुगे । अभिभावकको अनुमति लिएरै घरबाहिर निस्केका उनीहरु फुटबल खेलेपछि गर्मी छल्न तामा नदीमा गए । केहीछिन त्यहाँ पौडी खेलेर रमाए । दुर्भाग्य त्यहीबीच देवेन र क्रिस नदीको मझधारतिर हुत्तिए । गहिरोमा पुगेपछि पौडिन सकेनन् । तामा नदीले दुवैलाई बगायो । त्यो दृश्य उनीहरुसँगै पौडी खेल्न गएका अर्का ९ वर्षीय बालकले नदी किनारबाट हेरिरहेका थिए… पुरा पढौ

जापानको माथिल्लो सदनको जुलाई १० मा हुने निर्वाचनका लागि प्रचारप्रसार सुरु, मुद्रास्फीति, मूल्यवृद्धि र युक्रेनलाई गरिने सहयोग दलका मुख्य मुद्दा

जुलाई १० मा हुने हाउस अफ काउन्सिलरहरूको चुनावको लागि जापानमा बुधबार आधिकारिक प्रचार अभियान सुरु भएको छ ।सत्तारुढ र विपक्षी दलहरूले मुद्रास्फीतिको चिन्तालाई सम्बोधन गर्न र युक्रेनमाथि रूसको आक्रमणमा युक्रेनलाई थप रक्षा सम्बन्धी सहयोग आवश्यक छ कि छैन भन्ने विषयलाई मुख्य एजेण्डा बनाईएको छ ।२४८ सदस्यका लागि हुने माथिल्लो सदनमा ५४५ जनाले निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। स्पष्ट बहुमतका लागि १२५ सिटहरू आफ़नो क़ब्ज़ा जमाउनका लागि यहाँका राजनीतिक दल एकल तथा गठबन्धन बनाएर चुनावी मैदानमा ओर्लिएका छन ।सन १०१९ को… पुरा पढौ

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट ९२० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका अधिकारीले मुलुकमा गएको भूकम्पका कारण ९२० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा ९२० जनाको मृत्यु भएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ । तालिबानका नेता हैबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौँ घरहरु ध्वस्त भएको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् । तालिबान सरकारका विपद् व्यवस्थापन मन्त्री सरफुद्दिन मुस्लिमले पत्रकार सम्मेलनमार्फत् भूकम्पमा ९२०… पुरा पढौ