तस्विर समाचार

जापानद्वारा २०२० जनवरीदेखि यता जारी गरेका सिओइको म्याद थप, जुलाई ३१ सम्म जारी गरिएको भने ६ महिना मात्र

कोभिड-१९ महामारीको प्रभावका कारण जापान प्रवेशमा ढिलाइ भएको विदेशी नागरिकलाई ध्यानमा राख्दै जापानको अध्यागमन सेवा एजेन्सीले अध्यागमनका लागि आवश्यक पर्ने योग्यता प्रमाणपत्र (सिओइको) को वैधता विस्तार गर्न विशेष उपायहरू अपनाएको छ।अध्यागमन सेवा एजेन्सीले दिएको जानकारी अनुसार २०२० जनवरी देखी यता जारी गरेका प्रमाणिकरण पत्र (सिओइको ) को म्याद थप गरेको हो ।एजेन्सीले दिएको जानकारी अनुसार २०२० जनवरी १ देखी २०२२ अप्रिल ३० सम्म जारी गरिएका सिओइ म्याद अक्टुवर ३० सम्म कायम गरिएको छ । त्यसगरी २०२२ मे १ देखी जुलाई… पुरा पढौ

कोरोना महामारीको समयमा घरमा धेरै मादक पदार्थ पिएर दुर्व्यसनी हुने सम्भावना १.२ गुणाले बढी रहेको छ- सर्वेक्षण

मदिरा सेवनका कारण कलेजो रोग वा प्यान्क्रियाटाइटिस सम्बन्धी रोगबाट अप्रिलदेखि जुन २०२२ मा अस्पताल भर्ना हुनेहरूको दर २०२० को कोरोना कोरोनाभाइरस महामारीको तुलनामा करिब १.२ गुणाले बढी रहेको एक सर्वेक्षणले देखाएको छ।क्योटो युनिभर्सिटीको अनुसन्धान समूहले गरेको सर्वेक्षणका अनुसार २०२० को जुन महिनामा यस्ता रोगका कारण अस्पतालमा भर्ना भएका महिलाहरूको दर सन् २०१९ को सोही महिनाको तुलनामा दोब्बर रहेको उल्लेख गरिएको छ।कोभिड-१९ को फैलावट रोक्नका लागि बार र रेस्टुरेन्टहरूको व्यावसायिक अवधि छोटो पारि लगाइएका प्रतिबन्धहरूले महामारीको समयमा घरमा मदिराको खपत बढेको… पुरा पढौ

नेपाली व्यवसायी संघ जापान (एनबिए)को दोस्रो अधिवेशनको तयारी, नागोयामा नरबहादुर थापाको संयोजकत्वमा क्षेत्रीय समिति विस्तार

जापानमा रहेका नेपाली व्यावसायीहरूलाई एकजुट गराइ व्यावसायिक हितमा कार्य गर्ने उद्देश्यले गठित नेपाली व्यवसायी संघ जापान (एनबिए)ले दोश्रो अधिबेशन लक्षित कार्यक्रम अन्तर्गत नागोयामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै नागोया क्षेत्रीय समिति गठन गरिएको छ। जापानमा रहेका नेपाली व्यावसायीहरूको हकहित, सहयोग तथा समन्वय गर्नका लागि छाता संस्थाको रूपमा कार्य गर्ने गरि सन २०१८ मा स्थापना भएको एनबिएले नेपाली व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै आफ़्नो दोस्रो अधिवेशनको तयारी थालेको हो ।सोहि अवसरमा नरबहादुर थापा संयोजक र अर्जुन केसी सह संयोजक रहने गरी क्षेत्रीय… पुरा पढौ

जापानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने बालक बागलुङ गलकोटका मामा भान्जा रहेको पुष्टि, आगामी बिहिबार अन्तिम दाहसस्कार गरिने( ठेगानासहित)

जापानको टोकियो हिनो सिटीस्थित तामागावा नदीमा पौड़ी खेल्ने क्रममा आइतबार पानीमा डुबेर मृत्यु हुने दुई जना बालकको परिचय खुलेको छ ।पौड़ी खेल्ने क्रममा मृत्यु हुनेमा बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ६ चारौदी जामुनडाडाका १३ वर्षीय क्रिस पाण्डे र गलकोट चारौदीमा मामाघर भै बाँके ज़िल्ला कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय देवेन पाण्डे रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।नाताले मामा भान्जा पर्ने ती बालक आइतबार बिदाको दिन पारेर बेलुका ४ बजेतिर पौड़ी खेल्न निस्केका र पौड़ी खेल्ने… पुरा पढौ

जापानबाट सिकेको ज्ञान, सीप र लगानीलाई आफ़्नो मातृभूमीको विकासमा लगाउन मोना आइसीसीका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको आग्रह

सपनाको देश जापानबाट धेरै कुरा सिकेर आफ़्नो व्यवहारिक जीवनमा लागु गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) का वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले जापानमा नव आगन्तुक नेपालीहरुलाई आग्रह गरेका छन । आईतबार नागोयाको दियालो रेष्टुरेण्टमा मोना क्षेत्रीय समिति नागोयाको आयोजनामा जापानमा नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष खड्काले अध्ययनका लागि आएका विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई दिन आग्रह गर्दै विकसित मुलुक जापानबाट हामी जस्तो बिकासोन्मुख देशका नागरिकलाई अबसरै अवसर रहेकोले त्यसलाई आत्मसात गरिनु पर्नेमा जोड दिए । गैर आवासीय… पुरा पढौ

योग दिवस र महिला स्वास्थ्य

गाउँघरका महिलाले योगका सबै आसन गरेको देखिन्छ । उनीहरू निहुरेर, टुक्रुक्क बसेर काम गर्छन् । घाँस, दाउरा गर्न कताकता जान्छन् । उनीहरूले भिन्नै व्यायाम गर्नु पर्दैन ।सहरका महिला त एक किलोमिटर पर पुग्न पनि मोटर चढ्न खोज्छन् । लुगा धुन मेसिनको प्रयोग गर्छन् । टुक्रुक्क त बस्नै पर्दैन । यस्ता महिलालाई चाहिँ व्यायाम र योगासन जरुरत पर्छ,’ योगको एक कार्यक्रममा जाँदा गुरुजीले भनेका थिए अहिले सहरका महिलाको जीवन धेरै सजिलो भएको छ । तर महिलाले आफ्नो स्वास्थ्य, व्यायाम, खानपिनमा ध्यान… पुरा पढौ

नेपालीलाई अर्कों दुःखद खबर: जापानमा पौडी खेल्ने क्रममा डुबेर दुईजना नेपाली बालकको मृत्यु

जापानको टोकियो हिनो सिटीस्थित तामा नदीमा पौड़ी खेल्ने क्रममा पानीमा डुबेर नेपाली दुईजना बालकको मृत्यु भएको छ ।आइतबार दिउसो पौड़ी खेलनका लागि सो खोलामा गएका करिब १३ र १४ वर्षीय ती बालक बेलुका ४: १० बजे पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घटनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जापानी समाचार माध्यम एनएचकेले जनाएको छ । दुवै जना आफन्त पारिवारिक भिषामा जापानमा बसदै आएको र सो समयमा के कति कारणले खोलामा पुगे भन्ने बारेमा… पुरा पढौ

२४ वर्षदेखि जापानमा बस्दै आएकी जिवित शान्ताको मृत्यु दर्ता गरि दलालले करिब ४ करोडमा जग्गा बेचिदिएपछि …

शान्तादेवी लोहनीको २४ वर्ष पहिलेदेखि जापानमै बसोबास छ। कीर्तिपुर नगरपालिका २ मा उनको ३६१.९५ वर्गमिटर जग्गा रहेको थियो । पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकी स्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणालीमार्फत अभिलेख राख्न खोज्दा उनको सो जग्गा कीर्ते गरेर १४ महिनाअघि नै बिक्री थाहा पाउदा उनी छागाबाट खसेजस्तै भइन । लोहनीले २०६१ माघ १३ गते सो जग्गा खरिद गरेकी थिइन् । शान्ता अझ अचम्म त यतिखेर परिन मालपोत कार्यालयको रेकर्ड अनुसार त झण्डै दुई वर्ष पहिले नै उनी बितिसकेको… पुरा पढौ

एक महिना १ सय साङ्लो घरमा राख्नुहोस, साढे दुई लाख रकम बुझ्नुहोस !

उत्तरी क्यारोलिनाको किट नियन्त्रण कम्पनीले घरधनीहरूलाई २००० डलर तिर्ने प्रस्ताव राखेको छ । तर यसका लागि घरधनीले आफ्नो घरमा सयवटा अमेरिकी साङ्लो छोड्न भने सहमत हुनुपर्छ । उक्त कम्पनीले आफ्नो नयाँ प्रविधिको परीक्षणका लागि यस्तो प्रस्ताव राखेको हो । यदि तपाईं महाद्वीपीय संयुक्त राज्य अमेरिकामा बस्नुहुन्छ र घरमै बसीबसी साढे दुई लाख कमाउन चाहनुहुन्छ भने  ‘द पेस्ट इन्फर्मर’ वेबसाइटमा जानुहोस् र उनीहरुको चलिरहेको प्रयोगात्मक कार्यक्रमको लागि साइन अप गर्नुहोस् । पेस्ट कन्ट्रोल कम्पनीले वास्तविक जीवनमा  साङ्लो विनाशको नयाँ प्रविधिको परीक्षण… पुरा पढौ

सपना जापानको : संघर्ष गर्न आत्मविश्वास चाहिन्छ, अपेक्षा धेरै नराखौ

जापानमा दुई साताको अवधिमा चार जनाको दुखद निधन भयो। दुईजनाले आफैँ मृत्यु रोजे भने अरू दुईजना बाँच्ने रहर हुँदाहुँदै पनि संसारबाट विदा भए। भाइ सुरेश गौतमको कति सपना थिए होलान्। फोटोग्राफीमा रूचि भएका भाइ सुरेशलाई बचाउन पाएको भए! परिवारले बचाउन र भाइ आफैँले पनि लाख प्रयास गर्दा उपाय लागेन। चारैजना नेपालीको आत्मालाई शान्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली! यो बेला मेरो जापान बसाइको २४ वर्षको अवधिमा मित्र, छिमेकी, अभिभावक सबै नेपाली सम्झिएँ जसले जापानमै प्राण त्यागे। आज सबैलाई सम्झँदै लेखिरहेको छु– यसको अर्थ… पुरा पढौ